पोखरीयामा ११ कक्षामा पढ्ने विद्यार्थीको पनि आकर्षण, ४९६ विद्यार्थीले दिए इन्ट्रान्स
शनिबार, २२ असार, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगर – ३ मा रहेको पोखरीया माध्यमिक विद्यालयमा कक्षा ११ मा पनि विद्यार्थीको आकर्षण बढेको छ । कक्षा ९ सम्म अध्ययन गर्न भिड लाग्ने गरेको पोखरीया स्कुलमा उच्च शिक्षा अध्ययन गर्नको लागि पनि विद्यार्थीको चाप रहेको छ ।
विद्यालयले शनिबार कक्षा ११ मा लिएको प्रवेश परीक्षामा ४९६ जना विद्यार्थी सहभागि भएको विद्यालयका प्रधानध्यापक खेमराज भट्टराईले जानकारी दिए । विज्ञान विषयको प्रवेश परीक्षामा २१२ र व्यवस्थापनमा २८४ गरी प्रथम चरणको प्रवेश परीक्षामा ४९६ विद्यार्थी सहभागि भएको उनले बताए । गत वर्ष यस विद्यालयको कक्षा ११ को विज्ञान विषयमा १२५ र व्यवस्थापन विषयमा २६२ विद्यार्थीहरु सहभागि भएका थिए ।
गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले पोखरीयामा निजी छाडेर स्वतः स्फूर्त भर्ना हुन आएका विद्यार्थीर्को भीड लाग्ने गरेको छ । पोखरीयाले निजी बोर्डिङ स्कूललाई शैक्षिक गुणस्तरमा चुनौति दिएका छन् । निजी स्कुलमा छोराछोरीलाई पढाइरहेका थुप्रै अभिभावकले आधारभूत तहपछि यिनी सामुदायिक विद्यालय रोज्न थालेका छन् । तर, त्यस्ता सामुदायिक विद्यालयमा भर्ना पाउन ठूलै पापड बेल्नुपर्छ । विद्यार्थीको चाप बढेपछि विद्यालयले नयाँ भर्ना हुने विद्यार्थी संख्याको सीमा तोकेर प्रवेश परीक्षा लिने गरेको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती शिक्षक शिक्षिकाहरुका कारण यो विद्यालयमा छोराछोरी पढाउने धेरै अभिभावक लालायित हुने गरेका छन् । अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि विद्यार्थीको चाप बढी भएपछि प्रवेश परीक्षा लिएर नाम निकाल्ने विद्यार्थीको मात्र भर्ना गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक भट्टराईले बताए । अंग्रेजी माध्यमबाट पढाइ गर्दै उत्कृष्ट नतिजा दिँदै आएको छ ।
विराटनगर । चर्चित गायक दुर्गेश थापा पहिलोपटक विराटनगरमा प्रत्यक्ष साँगीतिक प्रस्तुति दिन तयारीमा छन्। नयाँ वर्ष २०८२ को अवसरमा आगामी वैशाख २६ गते, विराटनगर–८ स्थित हाटखोला मैदानमा ‘दुर्गेश थापा लाइभ इन विराटनगर’ नामक भव्य साँगीतिक...
काठमाडौं, ७ असोज-कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । शेर्पाको टेकुस्थित घाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । हिमचितुवा उपनामले चिनिएका शेर्पाको ७२ वर्षको उमेरमा गत सोमबार जोरपाटीस्थित निजी निवासमा...
काठमाडौं, असोज ५ । नेपालमा कोभिड–१९ को महामारीसँग सुरु भएको बन्दाबन्दीले खाने तेलको मूल्य झन्डै दोब्बरले बढेको छ । नेपाल खुुद्रा व्यापार सङ्घका अनुसार २०७६ जेठको ३१ गतेदेखि २०७८ भदौ १० गतेसम्ममा खाने तेलको मूल्य दोब्बरले...
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीका साथीहरूको साथ र संख्या पुगेमा संसदीय दलको नेता...
काठमाडौँ, माघ १९–सत्तारुढ नेकपाका सांसद चक्रप्रसाद स्नेहीले डडेल्धुरा जिल्लास्थित नेकपाका आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्रप्रसाद जोशीलाई कुटपिट गरी घाइते बनाउनेमाथि सांघातिक आक्रमण गर्ने चेतावनी दिएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै सांसद स्नेहीले...
विराटनगर, ३२ साउन|शनिबार राति मृत्यु भएकी विराटनगर–३ की बृद्धाको शव नेपाली सेनाले उठाएको छ । वृद्धाको छोराबुहारी र नातिमा पनि कोरोना संक्रमण भएपछि उनको अन्तेष्टिमा आफन्त तथा छिमेकी संक्रमणको डरले नआएपछि समस्या भएको थियो ।...
डडेल्धुरा, ८ असार-सुदूरपश्चिममा थप ९६ जनामा कोरोना पुष्टि भएको छ । सोमबार काठमाडौंमा भएको परीक्षणमा थप ९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । आज थपिएका संक्रमित मध्ये...
काठमाडौं, १७ वैशाख-अहिले विश्व कोरोना भाइरस (कोभिड १९) महामारीको सन्त्रासमा छ । कोरोना भाइरसले विश्व लकडाउनमा छ । दैनिक यो भाइरसबाट मृत्यु हुनेहरूको संख्या २ लाखभन्दा बढी पुगि सकेको छ । यसैबीच बुधबार नेकपाका विदेश...