रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन सम्पन्न, मञ्जु अग्रवालले सम्हालिन जिम्मेवारी

 न्यूज विराट
रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन सम्पन्न, मञ्जु अग्रवालले सम्हालिन जिम्मेवारी

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन सम्पन्न भएको छ । विराटनगरमा आयोजित भव्य समारोहकाबिच वर्ष २०२४–२५ का पदाधिकारीहरुको पदस्थापन सम्पन्न भएको हो ।

सो अवसरमा वर्ष २०२३–२४ का पदाधिकारीहरुले वर्ष २०२४–२५ की प्रेसिडेन्ट मञ्जु अग्रवालसतिहका पदाधिकारीहरुको पदस्थापन गराएका थिए ।

पदस्थानसँगै औपारिक रुपमा अग्रवालको कार्यकाल सुरु भएको छ । उनले सो क्लबको एक वर्ष नेतृत्व गर्नेछिन् । प्रेसिडेन्ट अग्रवालले सो क्लबको विभिन्न जिम्मेवारी सफलतापूर्वक पूरा गरेकी थिइन् । 

क्लबले बुधबार पदस्थापन गराउँदै मञ्जु अग्रवाललाई स्वागत र निवर्तमान अध्यक्ष कुसुम अग्रवाललाई विदाई गरेको हो । 

पदस्थापन कार्यक्रमा रोटरी क्लबका डिस्ट्रीक्ट गभर्नर राजेन्द्रमान शेरचन, पूर्व गभर्नर बासुदेव गोल्यान, सन्तोष रिजाल, संजय गिरी, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजु थपलिया लगायत रोटरीयनहरुको बाक्लो उपस्थिती रहेको थियो । 

पदस्थापन कार्यक्रमा रोटरी क्लबका डिस्ट्रीक्ट गभर्नर राजेन्द्रमान शेरचनले रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी वर्ष २०२४–२५ की अध्यक्ष मञ्जु अग्रवाललाई शपथग्रहण गराएका थिए । 

सो अवसरमा क्लबकी अध्यक्ष अग्रवालले आफुहरुले यस वर्ष बालबालिको शिक्षा, स्वास्थ्य, वातावरण तथा महिला शसक्तिकरणमा विशेषरुपमा कार्य गर्ने प्रतिवद्धता जनाइन् । 

स्थापन कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिनुका साथै, प्रमुख अतिथी, विशिष्ट अतिथी र अतिथीहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो । 

सम्बन्धित समाचार

सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान हुन्छन् : प्रधानमन्त्री ओली

काठमाडौं, १ साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि आफ्नो सामथ्र्यले सकेसम्म सहयोग गरिने बताएका छन् । कोभिड-१९ को महामारीपछि यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन आज प्रधानमन्त्री निवास बालुवाटार गएको यातायात व्यवसायी र...

डुबेर २ जनाको मृत्यु

विराटनगर, चैत ११–सुनसरी र मोरङका दुई छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर १ नावालक सहित २ जनाको मृत्यु भएको छ । सुनसरीको हरिनगरा गाँउपालिका–३ का कृपानन्द मेहेताको २ बर्षीय छोरा शिवराज मेहेताको आफ्नै घर अगाडी रहेको...

अनिवार्य खोपकार्डविरुद्ध सर्वोच्चमा रिट दायर

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सार्वजनिक स्थानमा कोरोनाविरुद्धको खोप लगाएको खोपकार्ड अनिवार्य गरेको विरोधमा सर्वोच्च अदालतमा मंगलबार रिट दायर भएको छ । अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सबिन पोखरेलले नेपाल सरकार मन्त्रिपरिषद्...

मनसुन थप सक्रिय : धेरै ठाउँमा वर्षा, यो हप्ताभरि नै बाढी-पहिरोको जोखिम उच्च

काठमाडौँ, ७ भदौ । मनसुन थप सक्रिय भएकाले यो हप्ता देशका धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेको मौसमविद्ले बताएका छन् ।यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा भइसकेको छ । यसअघि नै धेरै ठाउँमा जमिन गल्ने गरि...

रुसमा संक्रमितको संख्या करिब साढे ४ लाख, विश्वमा ६७ लाख १४ हजार

मस्को, जेठ २३–रुसमा कोरोना संक्रमितको संख्या करिब साढे ४ लाख पुगेको छ । शुक्रबार दिउँसो सम्ममा रुसमा कोरोना संक्रमितको संख्या ४ लाख ४९ हजार ८ सय ३४ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा रुसमा...

एक वर्षमा क्षयरोगबाट प्रदेश १ मा ११३ जनाको मृत्यु

विराटनगर, १० चैत । एक वर्षको अवधिमा प्रदेश १ मा क्षयरोगबाट एक सय १३ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसको पूर्व सन्ध्यामा मंगलबार ग्लोबल फन्ड, नेपाल सरकारको सहयोग र सेभ द चिल्ड्रेनको आयोजनामा...

बिनाशले लामो समयसम्म आफैंलाई समस्यामा पार्छ : ओबामा

एजेन्सी, जेठ २०-संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकामा भइरहेको प्रदर्शनले हिसात्मक रुप लिएकोमा गम्भीर आलोचना गरेका छन् । उनले परिवर्तनको आकांक्षाअनुसार भएको प्रदर्शनमा हिंसाले स्थान पाएको भन्दै आलोचना गरेका हुन् । अफ्रिकी मूलका...

पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

विराटनगर, ६ फागुन । सुनसरी रामधुनी ३ बस्ने २२ बर्षीय सुरज चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । बुधबार राती पौने १० बजे रामधुनी राजमार्ग स्थितमा को २ च ३३१२ नम्बरको पिकअप भेनले को ३१प...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्