विद्यार्थीको रोजाइमा मेरिल्याण्ड कलेज, प्रवेश परीक्षा दिनेको भिड
बिहिबार, २० असार, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगर – ७ स्थित एकमात्र व्यवस्थापन संकाय पढाइ हुने मेरिल्याण्ड कलेजमा विहिबार कक्षा –११ मा नयाँ सत्रमा भर्ना हुन चाहने विद्यार्थीहरुका लागि प्रवेश परीक्षा सम्पन्न भएको छ ।
विहान र दिवा सत्र गरि ७५० विद्यार्थीको कोटामा करिब १०१७ विद्यार्थीहरुको सहभागीता रहेको थियो । मेनेजमेन्ट मात्र पढाइ हुने एकमात्र कोशी प्रदेशको कलेज नेपालकै उत्कृष्ट कलेज भएकोले व्यवस्थापन पढ्ने विद्यार्थीहरुको पहिलो रोजाईमा पर्ने गरेको छ मेरिल्याड ।
कोशी र मधेश प्रदेशबाट विद्यार्थीहरु प्रवेश परीक्षा दिन आएको कुरा कलेजका प्रिन्सीपल लक्ष्मण ढकाल बताए । जनकपुरबाट आफ्नो छोरीको प्रबेश परीक्षा दिलाउन आउनुभएका एक अभिभावकले भने, ‘ पढेका विद्यार्थीहरुले मेरिल्याण्डले क्वालीटिमा कुनै कम्प्रोमाइज गर्दैन विद्यार्थीलाई पढाउन भन्ने सुन्नमा आएकोले त्यति टाढाबाट आएको हो ।’ मेरिल्याण्ड अब्बल शैक्षिक संस्था हुनमा वार्षिक क्यालेन्डर अनुसार पठन पाठन हुनु, विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप गराउन,ु विद्यार्थीलाई कडा अनुसासनमा राख्नु वर्षैभरि निशुल्क कोचिङको व्यवस्था हुनु, उत्कृष्ट फ्याकल्टी र राम्रो करियर डेभलोपमेन्ट अपरचुनिटि जस्ता विशेषताहरु पनि हुन्, एक शिक्षक इश्वर दाहाल बताए ।
मेरिल्याण्डकी छात्रा दीया अग्रवालले २०७८ सालको कक्षा –१२ को बार्ड परीक्षामा ३.९६ जिपिए ल्याई नेपाल प्रथम भएकी थिइन् । मेरिल्याण्डबाट यसैवर्ष कक्षा – १२ दिएर बसेकी छात्रा कृपा थापाले मेरिल्याण्डको कक्षाको पढ्ने वातावरण पनि अन्य कलेज भन्दा फरक पाएको बताइन् । स्मरण रहोस मेरिल्याण्डले यहि असार २८ गते रसियन कल्चरहाउस काठमाडौँमा शिक्षा मन्त्रालयले यस वर्षको उत्कृष्ट मावि पुरस्कार दिने घोषणा गरेको सुचना मन्त्रालयबाट प्राप्त भएको कुरा प्रिन्सीपल ढकाल बताउनुहुन्छ त्यस्तै आज प्रवेश परीक्षा दिन छुटेका विद्यार्थीहरुका लागि भर्ना अभियान जारि रहने कुरा प्रिन्सीपल ढकाल बताए । आजको विद्यार्थीको उल्लेख्य सहभागिताले मेरिल्याण्ड कलेजलाई अझ अघि बढ्ने हौसला मिलेको कुरा हिसानका केन्द्रिय उपाध्यक्ष तथा डाइरेक्टर भेषराज पोखरेल बताए ।
काठमाडाैं, १९ जेठ-३ वर्षीया बालिका र ६ वर्षीय बालकसहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार दोस्रो पटक थपिएका १३ संक्रमितमा पाल्पा निस्दी गाउँपालिकाका १७ र ३६ वर्षीय पुरुष, नवलपरासी सरावल गाउँपालिकाका...
विराटनगर, ५ कात्तिक–नेपाली काँग्रेस प्रदेश १ संसदिय दलका प्रमुख सचेतक केदार कार्कीले ऐन नियाम विपरीत दशै भत्ता लिने जनप्रतिनिधलाई कानुन बमोजिम कारवार्ही गर्न माग गरेका छन् । बुधबार विज्ञप्ती प्रकाशित गर्दै कोरोना कहरमा जनप्रतिनिधिहरु जनताप्रति...
विराटनगर । एचआईभीरएड्स सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि सचेतना सँगै बजेट पनि प्रयाप्त बिनायोजन गरिनुपर्नेमा एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् ।स्वास्थ्य निर्देशनालय कोशी प्रदेश धनकुटा र ए।एच।एफ नेपालको आयोजनामा विराटनगरमा बुधबार भएको विकेन्द्रीकृत बजेट विनियोजन...
जनकपुरधाम उपमहानगरपालिका-५ महावीर चौकको सडकमा पैसा फालेर भागेकी २ महिलालाई धनुषा प्रहरीले शनिबार पक्राउ गरेको छ । प्रहरीले सीसीटीभी फुटेजको आधारमा शनिबार जनकपुरधामको जानकी नगरबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका-७...
विराटनगर । नेकोस राष्ट्रिय आईटीए तेक्वान्दो संघ कोशी प्रदेशको अध्यक्षमा उद्योगी अरुण राठीलाई निर्विरोध निर्वाचित भएका छन् ।नाकोसको विराटनगरमा मंगलबार भएको प्रथम सम्मेलनले राठीको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा सन्तोषकुमार...
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व हस्तान्तरण गर्नु बताएका छन् । मंगलवार विराटनगर विमानस्थलमा संचारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले पुस्तान्तरणका लागि सभापतिले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका हुन् । यही...
काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) ले संसदमा दर्ता गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरेको छ । बिहीबार सो संगठनले राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । विधेयकमा भएका...
विराटनगर, ४ पुस-मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालय बनेपछि त्यसको त्यसले पार्ने वातावरणीय प्रभाव मुल्यांकन (ईआइए) का लागि छलफल सुरु भएको छ । विश्वविद्यालय निर्माण सम्पन्न हुँदा पर्ने सकारात्मक र नकारात्मक प्रभाव मुल्यांकनका विषयमा...