कान्तिपुर कलेजमा विद्यार्थीको आकर्षण, ८५० कोटामा १३ सय ३७ विद्यार्थीले दिए इन्ट्रान्स
बुधबार, १९ असार, २०८१,
न्यूज विराट
विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले छुट्टै पहिचान बनाउन सफल भएको विराटनगर – १० मा अवस्थित कान्तिपुर कलेजमा भर्ना हुन विद्यार्थीको भिड लागेको छ ।
सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण आफ्ना छोराछोरी पढाउन धेरै अभिभावकको रोजाइमा कान्तिपुर परेको छ । त्यसको आज विहान कलेजले लिएको प्रवेश परीक्षाले पनि पुष्टि गरिदिएको छ । कक्षा ११ मा ८ सय ५० जनाको कोटाको लागि लिएको प्रवेश परीक्षामा १ हजार ३३७ जनाले परीक्षा दिएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए ।
कक्षा ११ को विज्ञान संकायमा कान्तिपुरमा ३५० जनाको कोटामा ६०३ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । त्यसैगरी ३५० जना व्यवस्थापन संकायको लागि लिएको परीक्षामा ४९७ जना र होटल व्यवस्थापनको १५० जनाको कोटाको लागि लिएको परीक्षामा २३७ जना विद्यार्थीले परीक्षा दिएको प्रिन्सिपल नेपालले बताए । प्रवेश परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई कलेजले भर्ना लिनेछ । प्रवेश परीक्षाको नतिजा पनि बुधबार साझमै प्रकाशित हुनेछ । ‘छिटो र क्षरितो तरिकाले हामीले लोकसेवाको लिने जसरी कम्प्यूटरको माध्यमबाट प्रवेश परीक्षा लिएका छौं,’ प्रिन्सिपल नेपालले भने, ‘आज छुटेका विद्यार्थीको लागि पनि हामीले अर्को दिनमा प्रवेश परीक्षा लिने तयारी गरिएको छ ।’
गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले अभिभावक र विद्यार्थीको पहिलो रोजाइ कान्तिपुर कलेज पर्ने गरेको छ । यस कलेज पढने विद्यार्थीहरुले प्रत्येक वर्ष मेडिकल र इन्जिनियरिङको क्षेत्रमा पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल हुँदै आएका छन् । त्यसै कारणले पनि विद्यार्थीको रोजाइमा कान्तिपुर पर्ने गरेको हो ।
विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, र कम्प्युटर विज्ञान पठाइ हुने उक्त कलेजमा २०७२ सादेखि नयाँ व्यवस्थापन आएर कलेज संचालनमा ल्याएपछि सर्वोउत्कृष्ट नतिजा ल्याउन सफल छ । यस कलेजदेखि उत्तिर्ण भएका मध्ये इन्जिनियरिङमा १ सयभन्दा बढी, मेडिकल क्षेत्रमा ७५, सिए, बिबिए र अन्य विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूले नाम निकाल्नुको साथै पूर्ण छात्रवृत्ति पनि पाएको कलेजले जनाएको छ । कलेजमा भर्ना हुने विद्यार्थीहरूको लागि निःशुल्क कोचिङ कक्षाको पनि व्यवस्था गरेको छ । ‘भर्ना हुने जति पनि विद्यार्थीहरूलाई हामीले दक्ष प्राध्यापक र शिक्षकहरूले पठन–पाठनको व्यवस्था गरेका छौं,’ प्रिन्सिपल नेपालले भने, ‘मेडिकल, इन्जिनियरिङ, सिम्याट, क्षेत्रमा नाम निकाल्न सहज होस भनेर हामीले तयारी कक्षाहरु संचालनमा ल्याएका छौं । त्यसको लागि अनुभवी प्राध्यापकहरू रहेका छन् ।’ विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न योग्य बनाउने र देशको लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले अगाडी बढेको छ ।
कलेजले विद्यार्थीलाई नियमित मूल्याङ्कन गरी वर्षै भरी विशेष कोचिङको व्यवस्था गर्ने कलेजमा शतप्रतिशतसम्म छात्रवृत्तीको पनि व्यवस्था छ । पूर्व मेचीदेखि जनकपुर, सिराहा, सप्तरीलगायत कोशी प्रदेशका पहाडी जिल्लाका विद्यार्थीहरूको पहिलो रोजाईमा कान्तिपुर परेकोे उनले बताए । विद्यार्थीको सहजको लागि कलेजले यातायातको व्यवस्था गर्नुको साथै इ–लाइब्रेरी र छुटा छुट्टै छात्र–छात्राको लागि होस्टलको व्यवस्था पनि रहेको छ ।
काठमाडौं, फागुन २३-तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवादको मुख्य केन्द्रविन्दु रहेको सुर्य चिन्ह अन्तत केपी शर्मा ओलीले प्राप्त गर्नुभएको छ । सर्वोच्च अदालतले नेकपा नामको पार्टी ऋषि कट्टेललाई प्रदान गर्दै तत्कालीन नेकपा एमाले र नेकपा...
स्याङ्जा, ९ असोज-पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो । नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता...
विराटनगर, २३ कात्तिक । विराटनगर हाटखोलास्थित मोरङ कारागारमा कदैदीबन्दीबिच झडप भएको छ । कारागारभित्र रहेका कैदीबन्दीको दुई समुहबिच आज विहान समुहबिच झप भएको हो । झडपमा आधा दर्जन कैदीबन्दी घाइते भएका छन् । विराटनगर कारागारका...
काठमाडौं, मंसिर १५ । नेपाली कांग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८ गते हुन लागेको प्रदेश अधिवेशनका लागि देशभरका ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न...
काठमाडौं, माघ २९-दिनभरीको ‘हाइ ड्रामा’ पछाडी लिखित बयान दिएलगत्तै प्रचण्ड–नेपाल समुहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् । पाँच घण्टाभन्दा केही बढि महानगरीय प्रहरी अपराध महाशाखामा रहेकी झाँक्रीले लिखित बयान दिएपछि रिहा भएकी हुन् ।...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुसँग बाल दिवस मनाएको छ । क्लबले सिपी सेन्टरमा बालबालिकाहरुसँग एक कार्यक्रमको आयोजना गर्दै दिवस मनाएको हो । कार्यक्रममा मधु काबराले केक र व्यवस्था गरेकी थिइन् । त्यसैगरी...
काठमाडौं, २० जेठ-सरकारले कोभिड-१९ को विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल-भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार इलाम-पशुपतिनगर, झापा-काँकडभिट्टा,...
विराटनगर, २९ पुस । एमाले मोरङको नौ जिल्ला अधिवेशनबाट छनौट भएका जिल्ला सदस्यहरुको नामवाली बुधबार सार्वजानिक गरिएको छ । अधिवेशनको हलबाट पदाधिकारी सर्वसम्मत भएपनि बाँकी जिल्ला सदस्यहरुको नाम टुङ्गो लाग्न सकेको थिएन । तर मनोनय...