ह्युमनिटी फाउन्डेसन मोरङमा गठन, अध्यक्षमा दिपेन राय

 न्यूज विराट
ह्युमनिटी फाउन्डेसन मोरङमा गठन, अध्यक्षमा दिपेन राय

विराटरनगर । लामो समय देखि आर्थिक अवस्था नाजुक रहेको परिवारको हकहितका काम गर्दे सिमानकृत समुदायलाई राजनीति मुलधारमा ल्याउन सक्रिय रहेको ह्युमनिटि फाउन्डेनको नँया जिल्ला कार्यसमिति गठन गरेको छ ।
फाउन्डेशनको संस्थापक अध्यक्ष सलिम अन्सारीको प्रमुख आतिथ्यमा सम्पन भएको जिल्ला अधिवेशनले दिपेन रायको अध्यक्षतामा ५२ सदस्य मोरङ जिल्ला समिति चयन भएको हो ।

विपन्नको राजनीतिक अधिकार स्थापित गर्नुको साथै हरेक समस्यामा सहयोग गर्दे आएको सो फाउन्डेशनको उपाध्यक्षमा स्वेता मण्डल , रोशन मण्डल रहेका छन् । सचिवमा अनिल यादव, सहसचिवमा सुरेश किश्कु र कोषाध्यक्षमा दिपक राय चयन भएका छन् । त्यस्तै सदस्यहरुमा दिवस गुरुङ्ग, रोहित मण्डल , मौ अब्जल, राज मण्डल , अमित ठाकुर , संजिव शर्मा , पारस मण्डल , योगेज रजक , मुकेश यादव , सिद्धान्त यादव, ओम माझी , महिनारायण मण्डल , आकाश पासवान ,लक्की महतो लगायतका रहेका छन् ।

सो अवसरमा फाउन्डेशनको संस्थापक एवंम मोरङ क्षेत्रनम्बर ५का युवा नेता सलिम अन्सारीले युवापुस्तालाई समेटेर गठनको भएको नयाँ कार्यसमिति सदैव मानव कल्यानको काममा लाग्ने बताए । समाजमा असाय र गरिवको हरेक समस्यामा सहयोगी बन्नु पर्ने नै उदेश्य रहेको उनले बताए । अवाज विहिनको अवाज बनेर समाजका हरेक वर्ग र तहका जनतालाई राजनीतिक मुलधारमा ल्याउनु र सहयोग गर्नु नै संस्थाको प्रमुख उदेश्य भएको अन्सारीको भनाइरहेको थियो ।

सम्बन्धित समाचार

१ साताअघि भारतबाट आएका थिए आज कोरोना पुष्टि भएका कपिलवस्तुका ३ किशाेर

बुटवल, २७ वैशाख-आज कोरोना भाइरस संक्रमण पुष्टि भएका कपिलवस्तुका तिनै जना यसअघि संक्रमित भएकाहरूसँगै १ साताअघि भारतबाट आएको खुलेको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले यसअघि कोरोना संक्रमण देखिएका मायादेवी गाउँपालिकाका युवासँगै उनीहरू...

२० बुँदे मागसहित मुक्ति समाज प्रदेश १ ले मुख्यमन्त्री राईलाई बुझायो ज्ञापनपत्र

विराटनगर, ७ माघ । नेकपा (एमाले) को जनबर्गीय संगठन नेपाल उत्पीडित जायीय मुक्ति समाज प्रदेश १ ले विभिन्न २० बुँदे मागसहित मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र बुझाएको छ । मुक्ति समाज प्रदेश १ ले शुक्रबार प्रदेश...

यस कारण कोरोना भाइरस सङ्क्रमण सरकारले लुकाउन सक्दैन

चीनबाट फर्किएका एक विद्यार्थी बाहेक नेपालमा अन्यलाई हालसम्म कोरोना भाइरस (कोभिड–१९) देखिएको छैन ।तर सामाजिक सञ्जालमा शिक्षण अस्पताल, नर्भिक अस्पताल , टेकु लगायतका अस्पतालमा कोरोना भाइरस देखिएको तर सरकारले लुकाएको भन्दै अर्नगल प्रचार प्रसार भइरहेको...

कोभिड-१९ का नाममा भएका खर्चको अलग्गै लेखा परीक्षण हुने

काठमाडौं, १६ असार-महालेखापरीक्षकको कार्यालयले कोभिड—१९ मा भएको खर्च, आम्दानी र कारोबारको अलग्गै लेखा परीक्षण गर्ने भएको छ । कोरोना महामारी नियन्त्रणका लागि भएको खर्च, जुटेको सहयोग लगायतका विषयमा कार्यालयले अलग्गै लेखा परीक्षण गर्ने भएको हो...

काँग्रेसका युवा नेता गिरीद्धारा सामुदायिक विद्यालयलाई पंखा वितरण

विराटनगर । नेपाली काँग्रेसका युवा नेता अभिषेक गिरीले सामुदायिक विद्यालयलाई पंखा वितरण गरेका छन् । केही दिनयतादेखि अत्याधिक गर्मी बढेपछि पंखा नभएको सामुदायिक विद्यालयमा गिरीले पंखा वितरण गरेका हुन् । गिरीले विराटनगर १८ स्थित श्री...

आज ३५५६ संक्रमित थपिए, १५०३ जना डिस्चार्ज

काठमाडौं, २७ असोज-गत २४ घण्टामा नेपालमा ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार ५ सय ७७ को पीसीआर गर्दा आज ३ हजार ५ सय ५६ जनामा कोरोना पुष्टि...

कोशी अस्पतालमा कोरोना संक्रमणका कारण एक व्यक्तिको मृत्यु

विराटनगर, साउन २९–विराटनगरस्थित कोशी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा सिराहको विष्णुपुर गाउँपालिका १ का ४० वर्षिय पुरूषको राती ८ बजे मृत्यु भएको हो । निमोनिया भइ स्वासप्रश्वासमा समस्या रहेका...

कान्तिपुर कलेजमा विद्यार्थीको भिड, प्रवेश परीक्षामा १ हजार ४३५ विद्यार्थीले दिए परीक्षा

विराटनगर । विराटनगरस्थित कान्तिपुर कलेजमा कक्षा ११ मा भर्ना हुनको लागि प्रवेश परीक्षा लिएको छ । कक्षा ११ मा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन अध्ययन गर्नको लागि कान्तिपुर कलेजमा विद्याथीहरुको बुधबार प्रवेश परीक्षा लिएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्