कृषिलाई प्राथमिता दिन मुख्यमन्त्री कार्कीको आग्रह

 न्यूज विराट
कृषिलाई प्राथमिता दिन मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषिलाई प्रथमिकता दिन प्रदेशवासीलाई आग्रह गरेका छन् । खाद्य सुरक्षाको लागि देशकै प्रमुख अन्नबालीका रुपमा रहेको धानको उत्पादन बृद्धि गर्नु पर्ने आवश्यक्ता रहेको भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले यथोचित सहयोग गर्ने बताए ।

२१ औंँ राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले कृषिलाई प्राथमिकतामा दिएर उत्पादन बढाउन आवश्यक रहेको बताए ।
कृषि क्षेत्रको सुधार नभएसम्म उद्योगहरुको अवस्थामा पनि सुधार नआउने भन्दै उहाँले कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले सिमिति श्रोत र साधनकाबीच पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताए । धानबालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी समृद्ध अर्थतन्त्र निर्माणमा केन्द्रित हुन उनले आग्रह समेत गर्नुभयो । पछिल्लो समयमा बसाईसराई र विदेश पलायनले कृषि क्षेत्र धरासायी बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले दीगो विकासका लागि आधुनिक कृषि कर्ममा युवाहरुले चासो देखाउनु पर्ने बताए ।

यस बर्ष जलवायुमैत्री कृषि धान उत्पादनमा बृद्धि भन्ने नाराका साथ २१ औ धान दिवस मनाइँदै छ । धान लागयतका कृषि उत्पादनको वृद्धिका लागि गुणस्तरीय विउको उत्पादन र कृषिमा यान्त्रिकरणमा प्रदेश सरकारले काम गरिरहेको उन बताए ।

कोशी प्रदेशमा पहिलो बालीका रुपमा धान खेति हुँदै आएको छ । २ लाख ७६ हजार ३८६ हेक्टर जमिनमा धान खेती हुन्छ हुने गरेको छ । जसमध्ये अहिलेसम्म १३.७१ प्रतिशत अर्थात ३ हजार ७८०।३५ हेक्टर क्षेत्रफलमा धान रोपाँइ भएको छ । उच्च पहाडी क्षेत्रमा १७.४८ प्रतिशत क्षेत्रफलमा धान रोपिएको छ भने मध्य पहाडी क्षेत्रमा २१।२१ प्रतिशत तथा तराई क्षेत्रमा १०.७८ प्रतिशत क्षेत्रफलमा धान रोपाँइ भएको छ ।

सम्बन्धित समाचार

आजदेखि संघीय संसद्को बजेट अधिवेशन

काठमाडौं, २६ वैशाख-संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक सुरू हुँदै छन् । कोरोना भाइरस (कोभिड–१९) को कहरबीच सुरू अधिवेशनको सुरक्षा लगायतका सम्पूर्ण तयारी...

कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

विराटनगर । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाले नियुक्त भएका छन्। सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार दोस्रो पटक मुख्यमन्त्री...

जहदाको जनता बाल आधारभूत विद्यालयमा बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर र सचेतना

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा जहदा गाउँपालिका–१ स्थित जनता बाल आधारभूत विद्यालयमा बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विगत ८ वर्षदेखि निरन्तर सहयोग गर्दै...

तस्करले सवारी चालक राईलाई फसाएको गुनासो, रिहाको लागि परिवारको हारगुहार

विराटनगर । भारतबाट क्यारिङ्गमार्फत कपडाको तस्करी गर्ने गिरोहको समूहले विराटनगरका एक जना सवारी चालकलाई फसाएको भन्दै न्यायको लागि परिवारले हारगुहार गरेका छन् ।  नक्कली बिलबिजक देखाएर सवारी चालक विराटनगर ७ का ४२ वर्षीय जय कुमार...

प्रदेश १ बाट दैनिक तीनसय बढीको स्वाव परीक्षण हुने

विराटनगर, बैशाख १९–प्रदेश १ बाट कोरोना भाईरस (कोभिड १९) का शंकास्पद तीनसय बढीको स्वाव परीक्षण हुने भएको छ । प्रदेश सरकारले कोरोना परीक्षणका लागि थप ल्याव सञ्चालन गरेसँगै दैनिक ३ सय बढीको परीक्षण गर्न सकिने...

विराटनगरमा फुड बैंक सञ्चाल

विराटनगर,२३ जेठ । निषेधाज्ञाको अवधिमा गरीव समुदायका व्यक्त्तिलाई आवश्यक खाद्यान्न उपलव्ध गराउन विभिन्न छ बटा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आजदेखि विराटनगर–५ मा फुट बंैक सञ्चालनमा ल्याएका छन् । नटराज एग्रो भेट,शिखर अर्गनाइजेशन, तुलसी मोटर पम्प,...

प्रदेश १ मा आत्महत्या विरुद्धको विशेष अभियान सुरु (फोटो फिचर)

विराटनगर । प्रदेश १ मा आत्महत्याले विकराल रूप लिएपछि आत्महत्या रोकथाम एवं नियन्त्रण गर्न विशेष अभियान सुरु भएको छ । १ नंं .प्रदेश प्रहरी कार्यालय विराटनगरले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा प्रदेश १ मा...

झापामा दुई सभापति निर्विरोध, आठ निर्वाचित

झापा, ४ मङ्सिर-नेपाली कांग्रेस झापा क्षेत्र नं १ को प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी र ‘ख’को सभापति पदमा सन्तोष न्यौपाने निर्वाचित हुनुभएको छ । झापामा प्रतिनिधिसभाको पाँच वटा र प्रदेश सभाको १० वटा निर्वाचन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्