मोरङको धनपालथानबाट १ हजार ५ सय केजी गाँजा बरामद

 न्यूज विराट
मोरङको धनपालथानबाट १ हजार ५ सय केजी गाँजा बरामद

विराटनगर । मोरङको धनपालथानबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र इलका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका – ७ राजकुमार सिंहको ग्वालीबाट १ हजार ५ सय केजी गाँजा बरामद गरेको हो ।
आज दिउँसो विशेष सूचनाको आधारमा सिंहको घरको ग्वालीमा प्रहरी टोलीले छापा मारेर ४९ बोरा गाँजा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । बरामद गरेको गाँजासहित प्रहरीले सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । ठुलो परिमाणमा गाँजा बरामद गरेपछि मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की आफै घटना स्थल पुगेका छन् । एक महिना अगाडी सिंहको घरमा गाँजा भण्डारन गरेको बुझिएको छ । पहाडी जिल्ला धनकुटाबाट गाँजा ल्याएर राखेको हुनसक्ने भएकोल प्रहरीले कारोबारी समात्न लागि परेको छ । भारत तस्करी हुन लागेको गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार

खेलकुद क्षेत्रको विकासमा जोड

विराटनगर । खेलकुद क्षेत्रको विकासमा तीन तहको सरकारले लगानी गरिनुपर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् ।विराटनगरमा रहेको मिल्स गोल्डकप फुटबल ट्रस्टको शनिबार भएको तेस्रो साधारण सभामा सहभागिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख...

प्याब्सन स्पोर्टस मिट, बास्केटबलको उपाधि बिकेभिएमलाई

विराटनगर । प्याब्सन स्पोर्टस मिट अन्र्तगत बास्केटबल प्रतियोगिताको उपाधि विराटनगरको बिकेभिएम स्कुलले जितेको छ । विराटनगरस्थित एभरेष्ट स्कुलको खेलमैदानमा शनिबार सम्पन्न भएको बास्केट बलको फाइनलमा विराटनगरको सगरमाथा स्कुललाई ७५–१९ स्कारेले हराउँदै बिकेभिएम स्कुलले बास्केटबलको उपाधि...

कांग्रेसले डाक्यो प्रतिपक्षी दलहरूको बैठक

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदमा रहेका दलहरूमध्ये प्रतिपक्ष बेन्चमा रहेका दलहरूसहितको बैठक डाकेको छ । सरकारले हालै जारी गरेको राजनीतिक दल र संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी अध्यादेशको विषयमा छलफल गरी साझा धारणा बनाउनका लागि...

विराटनगरमा चैत २० गते सहकारीकर्मीको भेला हुने

विराटनगर । यस बर्षको राष्ट्रिय सहकारी दिवसको मूल कार्यक्रम बिराटनगर‌मा गर्ने तय भएको छ । चैत्र २० गते हुने उक्त कार्यक्रम कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा हुने भएको हो ।कार्यक्रमलाई भव्य बनाउन...

रञ्जु दर्शनासहित १ सय ३ जना गिरफ्तार

काठमाडौं, ३० वैशाख-भारत सरकारले नेपाली भूमि मिचेर चीनको मानसरोवरसम्म पुग्ने सडक बनाएपछि त्यसको विरोध भइरहेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार धार्चुला-लिपुलेक लिङ्क रोडको उद्घाटन गरेका थिए । भारतले विवाद जमिनमा सडक बनाएर उद्घाटन...

भूमी आयोगको काम द्रुत गतिमा अगाडी बढ्दै, १४ वटा पालिकामा अभिमुखिकरण

विराटनगर । भूमी समस्या समाधान आयोग मोरङका पदाधिकारीहरुले जिम्मेवारी सम्हालेसँगै काम द्रुत गतिमा अघि बढेको छ । आयोग मोरङका अध्यक्ष नविन पौडेल, सदस्यहरु विजय डाँगी र गणेश कुमार खड्का नियुक्त भएर आएसँगै काम तिब्र गतिमा...

कोरोनाबाट निको हुनेको संख्या ८ लाख नाघ्यो

काठमाडौं, १३ वैशाख-विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट निको हुनेको संख्या ८ लाख नाघेको छ । कोरोना संक्रमणबाट मुक्त हुनेमा सबैभन्दा बढी संयुक्तराज्य अमेरिकाका मानिस रहेका छन् । त्यहाँ ९ लाख २५ हजार...

सत्ता गठबन्धनको निर्णय : जेठभित्रै स्थानीय चुनाव

सत्ता गठबन्धनले जेठ महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको  छ । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले यो निर्णय गरेको सरकारका प्रवक्‍ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए । बालुवाटारमा शनिबार बसेको बैठकले संविधानअनुसार कानुन संशोधन गरेर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्