भारतबाट १० औँ सन्तान जन्माउन मकालु एभरेष्ट हस्पिटलमा, सफल भयो उपचार
सोमबार, १० असार, २०८१,
न्यूज विराट
विराटनगर । भारत अररिया जिल्ला डुमरियाकी ३६ वर्षीया नुजाहा खातुन दशौं सन्तानकी आमा बनेर फर्केकी छिन् । उनी भारतबाट विराटनगरमा प्रसुती गराउन जेठ ३२ गते आएकी थिइन् । विराटनगर–७ रंगेली रोडमा रहेको मकालु एभरेष्ट हस्पिटलमा भर्ना भएकी उनी दशौं सन्तान लिएर १५ दिनपछि घर फर्केकी हुन् ।
भारतमा राम्रो उपचार नहुने लागेपछि खातुन विराटनगरको मकालु एभरेष्ट हस्पिट आएकी थिइन् । उनले कलिलै उमेरमा नौजना सन्तानलाई जन्म दिईसकेकी थिइन् । स्वास्थ्य एकदम कमजोर भएपछि विराटनगरमा उपचार गराउने निर्णयमा पुगेकी थिइन् । गत जेठ ३२ गते रगेली रोडमा रहेको मकालु एभरेष्टमा भर्ना भएकी खातुनलाई आईसीयूमा राखेर हेरचाह गर्नुपर्ने थियो । उपचारमा संलग्न चिकित्सक विभा मण्डलका अनुसार आमाको स्वास्थ्य कमजोर भएका कारण समस्या थियो । खातुनको सफल प्रसूती गराएको उनले बताइन् । ‘धेरै मेहनत गरेर सफल उपचार गरिएको छ,’ उनले भनिन्, ‘विरामी र नवजात शिशुको स्वास्थ्य अवस्था राम्रो भएपछि डिस्चार्ज भएको छ ।’
काठमाडौं, १३ साउन-प्रहरीले काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अवैध रूपमा भित्र्याइएको १५ किलो सुन बरामद गरेको हो । स्रोतका अनुसार बरामद सुन परीक्षणका लागि पठाइएको छ...
काठमाडौं, १० बैशाख-समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकीकरण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । दुवै पार्टीका शीर्ष नेताहरुबीचको लामो छलफलपछि बुधबार अबेर राति पार्टी एकीकरणको टुंगो लागेको हो । सरकारले पार्टी केन्द्रीय...
विराटनगर, ९ साउन–प्रदेश १ सरकारलाई स्वीस सरकारले दुईवटा अत्याधुनिक पीसीआर मेसिन हस्तान्तरण गरेको छ । प्रदेश १ का मुख्यमन्त्रस शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई करिव ९० लाख बराबरको...
विराटनगर, ६ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ र ५६७ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा...
विराटनगर, साउन १६–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सांसद शिवकुमार मण्डलले कार्यकारी अध्यक्षलाई काम गर्न नदिएकाले पार्टी भित्र विवाद निम्तीको बताएका छन् । प्रचण्ड पक्षिय नेतासमेत रहेका सांसद मण्डलले एक टेलिभिजनसँगको अन्तरवार्तामा प्रचण्डलाई...
मकवानपुर, ११ वैशाख-मकवानपुरबाट काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी सडकखण्डको विस्तार कार्यलाई मानवीय र सुरक्षाको संवेदनशीलतालाई अपनाई तीव्रता दिइएको छ । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले भीमफेदीबाट कुलेखानीसम्मको साढे १५ किलोमिटर सडकखण्डलाई बोलपत्र आह्वान गरी सडक विस्तार...
सुर्खेत, १८ वैशाख-कालिकोट पचालझरना गाउँपालिका –१ का वडा अध्यक्ष रत्नलाल न्यौपानेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । बुधबार दिउँसो स्थानीयको कुटपिटबाट गम्भीर घाइते भएका वडा अध्यक्ष न्यौपानेको कोहलपुर शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि बिहीबार...
विराटनगर, बैशाख ११–मोरङ क्षेत्र नं. ६ का संघिय सांसद शिवकुमार मण्डलको पहलमा लक डाउनका कारण काठमाडौंमा अलपत्र परेकालाई उद्धार गरिएको छ । सांसद मण्डलको पहलमा उनको निर्वाचन क्षेत्रका ३० जनालाई काठमाडौंबाट उद्धार गरि विराटनगर ल्याइएको...