कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरू, ‘प्रत्येक व्यक्ति सचेत भए मात्र दुर्घटना न्यूनिकरण’

 न्यूज विराट
कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरू, ‘प्रत्येक व्यक्ति सचेत भए मात्र दुर्घटना न्यूनिकरण’

विराटनगर । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरू भएको छ । १४ जिल्ला रहेको कोशी प्रदेशमा बिहीबार एक समारोहको बिच ट्राफिक सप्ताह सुरू भएको हो ।

उक्त सप्ताहको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरे । सप्ताहको उदघाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रत्येक व्यक्ति सचेत भए मात्र सवारी दुर्घटना न्यूनिकरण हुने भएकाले यस्ता अभियानलाई निरन्तार दिनुपर्ने बताए । सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु चढाउनाले दुर्घटना बढिरहेको उनले बताए । यसलाई नियन्त्रण गर्न यातायात व्यवसायीले पनि सचेत हुनुपर्ने उनको भनाइ छ ।

कार्कीले दुर्घटनाको अवस्था भयावह भएको उल्लेख गर्दै यसका लागि हामी सबैको सामुहिक प्रतिवद्धताको आवश्यकता रहेको आंैल्याए । उनले दुर्घटनाबाट सयौंको संख्यामा मानिसहरुको मृत्यु भइरहेको र घाइते हजारौ भएको उल्लेख गर्दै यसको न्यूनिकरणको लागि चालक, सहचालक र व्यक्ति स्वयम सचेत र चनाखो हुनुपर्ने बताए ।

प्रदेश सरकारले ट्राफिक प्रहरीलाई व्यवस्थापन गर्न आवश्यक स्रोत साधन सहयोग गर्ने नीति लिएको उल्लेख गर्दै उहाँले ट्राफिक प्रहरीको संख्या बढाउन पनि प्रहरी तयार हुनुपर्ने बिचार व्यक्त गरे । झापा, मोरङ र सुनसरीको कुनै निश्चित क्षेत्रमा नमूना ट्राफिक व्यवस्थापनमा नमूना सडक घोषणा गरेर कार्यक्रम गरेको खण्डमा सकात्मक प्रचार हुने र यसका लागि ट्राफिक प्रहरीले सरकारसँग समन्वय गरेर काम गर्न मुख्यमन्त्री कार्कीले निर्देशन दिए ।


ट्राफिक सप्ताहको समयलाई पुनः बिचार गरेर दशैं, तिहार जस्ता पर्व अघि अथवा वैशाखमा यो कार्यक्रम गर्न सुझाब दिदै मुख्यमन्त्री कार्कीले यसो गरेमा कार्यक्रम प्रभावकारी हुने बताए । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले ट्राफिक सचेतना घर घरमा पुर्याउनुपर्नेमा जोड दिए । उनले ट्राफिक प्रहरीलाई आधुनिकीकरण गरेर लैजान सरकार लागि परेको बताए ।
कार्यक्रममा कोशी प्रदेशका डिआइजी चन्द्रकुवेर खापुङले प्रदेशमा सवारी दुर्घटना भयावह बन्दै गएको बताए । सडकको अवस्था, भौगोलिक कारण, सवारीसाधनको अवस्था, ट्राफिक नियमको उल्लङ्घनलगायत कारणले दुर्घटना भयावह बन्दै गएको उनले बताए । भयावह अवस्थामा रहेको दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक सप्ताह सुरु गरिएको उनले बताए ।
प्रदेशमा आर्थिक बर्ष २०७५÷७६ मा ३७३ जनाले सवारी दर्घुटनामा परेर ज्यान गुमाएका छन् । २०७६÷७७ मा ३३२ जना २०७७÷७८ मा ४४४ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी सरोज पौडेलले जानकारी दिए । गत वर्षमात्रै यस प्रदेशमा ३ हजार ८२० दुर्घटनामापरी ५३१ जनाको मृत्यु भएको उनले बताए । जसमा १ हजार १ सय १४ जना गम्भीर घाइेत र ५ हजार ३३५ जना समान्य भाइते भएका छन् । उनका अनुसार वर्षेनी ८० प्रतिशत दुर्घटना वृद्धि भएको उनले बताए । अधिकांश सवारी दुर्घटनाहरुमा मानवीय क्रुटि प्रमुख कारणको रुपमा रहेको उनले बताए । चालक र सडक प्रयोगकर्ताहरुले ट्राफिक नियमको पूर्ण पालना गरेको खण्डमा दुर्घटनामा न्यूनीकरण हुने उनले बताए । ‘दुर्घटनाको मानवीय कारणहरुको विश्लेषण गर्दा ५३ प्रतिशत दुर्घटना तीव ग्रतिका कारण देखिएको छ । १६ प्रतिशत दुर्घटना चालकको लापरबाही, १० प्रतिशत दुर्घटना चालकले मादक पदार्थको सेवन गरी सवारी चलाउँ र ७ प्रतिशत दुर्घटना चालक अनुमति पत्र नलिएर दुर्घटना भएको देखिएको छ,’ उनले भने, ‘१२ प्रतिशत दुर्घटना सडक प्रयोगकर्ताहरुले असावधानीपूर्वक सडक प्रयोग गरेको कारणले दुर्घटना भएको देखिएको छ । ’ यसरी भएको दुर्घटनालार्य नजिकबाट नियाल्दा ५७ प्रतिशत दुर्घटनामा मोटरसाइकल, १६ प्रतिशत दुर्घटना सिटी, इ रिक्सा तथा टेम्पो र ११ प्रतिशत दुर्घटनामा साना सवारी साधानहरुको संलग्नता रहेको एसपी पौडेलले बताए । ‘सवारी साधनका चालकहरु र सडक प्रयोगकर्ताले ट्राफिक नियमकोपालना नगर्नु कानुनत ः दण्डनीय कसुर हो भनि आत्मसात गरी ट्राफिक नियमको पालनामा पूर्ण प्रतिवद्धता हुन सकेको खण्डमा मात्र दुर्घटना न्यूनिकरणतर्फ आशतीत सफलता प्राप्त गर्न सकिन्छ,’ उनले भने ।

सप्ताहको पहिलो दिन विराटनगर बसपार्कबाट सचेतनामूलक ¥याली निकालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको स्थानीय संयोजत्नमा भएको निक्लिएको ¥याली महेन्द्र चोक हुदै सिटी प्यालेसमा पुगेर भव्य कार्यक्रम भएको थियो ।
ट्राफिक सप्ताह अन्र्तगत दोस्रो दिन तीव्रगति नियन्त्रण तथा पार्किङ निषेध, तेस्रो दिन सडक अनुशासन कार्यान्वयन तथा कारवाही गर्ने, चौथो दिन प्रशिक्षण दिने ट्राफिक सचेतनासम्बन्धी पर्चा र पम्प्लेट वितरण गरिने कार्यक्रम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए ।
अभियानको चौथा दिन सवारीको यान्त्रिक चेकजाँच तथा मापसे र लापसे चेकजाँच अभियानलाई तिव्रता दिने, पाँचौ दिन अनुमगन तथा कारवाही र अभियानको अन्तिम दिन अन्र्तक्रिया कार्यक्रम गर्दै समापन गरिने ट्राफिक प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए ।

सम्बन्धित समाचार

अन्तःशुल्कको स्टिकरसहित व्यापारी पक्राउ प्रकरण, १९ लाख ८८ हजार धरौटिमा रिहा

विराटनगर । एक पटक प्रयोग भइसकेको अन्तःशुल्कको स्टिकर पुनप्र्रयोग गरेर राज्यलाई कर छली गरेको आरोपमा पक्राउ परेका व्यापारी मोरङको धनपालथान गाउँपालिका – ४ का ४८ वर्षीय सुनीलकुमार राजवंशी झण्डै २० लाख रुपैयाँ धरौटिमा रिहा भएका...

जन्म जयन्त्तीमा रक्तादन, ३० पिन्ट रगत संकलन

विराटनगर । पृथ्वीनारायण शाहको ३०२ औं जन्म जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर विराटनगरमा खुल्ला रक्तादन कार्यक्रम आयोजना गरेको छ । राप्रपा मोरङको आयोजनामा विराटनगरमा बिहीबार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।रक्तादन कार्यक्रममा ३०...

पूर्वबजेट छलफलमा करको दायरा बढाउन सुझाव

विराटनगर । विराटनगर महानगरपालिकाले पूर्वबजेट छलफल सुरु गरेको छ । विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बोलाएर महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका बारेमा छलफल सुरु गरेको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला...

बलात्कार आरोपी सिद्धबाबालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

काठमाडौं, पुस १४–बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । सिद्धबाबा भनिने...

हिमालय दर्शन कलजेमा दशैंमा सांगीतिक कार्यक्रम

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा दशैंको अवसर पारेर सांगीतिक कार्यक्रम हुने भएको छ ।कलेज परिसरमा विद्यार्थीहरुले मंगलबार सांगीतिक कार्यक्रम आयोजना गरेको हो । सांगीतिक कार्यक्रममा विद्यार्थीहरुले नृत्य र गायन प्रस्तुत गरी रमाइलो प्रदान गरेका...

ओलीले पार्टीको निर्णय मान्नु पर्ने अगेनो रेष्टुरेन्ट भेलाको निष्कर्ष

काठमाडौं, १७ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहको भेलाले ओलीलाई स्थायी कमिटीको बैठकले गरेको निर्णय मान्न निर्देशन दिने निष्कर्ष निकालेको छ । बुधबार दिउँसोबाट सुरु भएको ललितपुरको अगेनो रेष्टुरेन्टमा...

छायाँ प्रतिवेदन तयारीका लागि अपाङ्गता भएका महिला र किशोरिलाई कार्यशाला

विराटनगर । अपाङ्गता भएका महिला र किशोरिको सवाल विषयक छायाँ प्रतिवेदन तयारीका लागि प्रदेश स्तरिय कार्याशाला गोष्ठी सम्पन्न भएको छ । अपाङ्गता भएका महिला तथा किशोरीको सवालहरुको पहिचान गरी विविधताको सम्म्मान गरौँ भन्ने मूल नाराका...

मैथिली भाषा संरक्षणका लागि एकजुट हुनुपर्नेमा जोड

विराटनगर, ७ चैत । मैथिली भाषा संरक्षणका लागि थप एकजुटता आवश्यक रहेको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नवगठित मैथिल संचारकर्मी संघका पदाधिकारीलाई बधाई तथा शुभकामना ज्ञापन गर्न नेपाल पत्रकार महासंघ मोरङ शाखामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्