विराटनगरको लाइफगार्डमा स्वास्थ्य बीमा कार्यक्रम बन्द
शनिबार, ०१ असार, २०८१,
न्यूज विराट
काठमाण्डौं । स्वास्थ्य बीमा बोर्डले विराटनगरस्थित लाइफगार्ड अस्पतालको ‘स्वास्थ्य बीमा कार्यक्रम’ स्थगन गरेको छ । ३२ जेठ शुक्रबारदेखि लागू हुने गरी तीन महिनासम्मको लागि स्वास्थ्य बीमा कार्यक्रम सेवा स्थगन गरेको हो ।
लाइफगार्ड अस्पतालका चिकित्सकले विरामीसँग दोहोरो रकम लिएको पाइएपछि स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रम शुक्रबार राती १२ बजेदेखि लागू हुने गरी तीन महिनाको लागि स्थगन गरेको स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले जानकारी दिए ।
चिकित्सकले अप्रेसनको नाममा विरामीसँग दोहोरो रकम लिएको समचार प्रशाति भएपछि स्वास्थ्य बीमा बोर्डले चार सदस्यीय छानविन समिति गठन गरेको थियो । गठित समिति विराटनगरमा आएर छानविन समेर बिहीबार काठमाण्डौ फर्किएको थियो । उक्त समितिले बुझाएको प्रतिवेदनको आधारमा बीमा कार्यक्रममा कैफियत देखिएपछि तत्काल लाइफगार्डमा स्वास्थ्य बीमा कार्यक्रम स्थगन गरिएको उनले बताए ।
‘स्वास्थ्य वीमामा आवद्ध नागरिकको उपचार गर्दा बिरामीसँग छुट्टै रकम असुल गरेको लगायतका अन्य विषयहरूमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार, हेलो सरकारबाट गुनासो, व्यक्तिगतरूपमा गुनासो र सोही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट समेत पत्रका सम्बन्धमा तहाँ अस्पतालमा अनुगमन तथा छानविन गर्न गठित समितिले स्थलगत अध्ययनकै क्रममा इमेल मार्फत पठाएको प्रारम्भिक प्रतिवेदनमा शंकास्पद विवरण पेश गरी भुक्तानी लिएको देखिएकोले स्वास्थ्य बीमा नियमावली, २०७५ को नियम १९ (ख) बमोजिमको कसुर हुने कार्य गरेको पाईएको हुनाले मिति २०८१।०२।३२ गते देखि लागु हुने गरी सोही नियमावलीको नियम १९(३) बमोजिम हाललाई तीन महिना स्वास्थ्य बीमा कार्यक्रम सेवा स्थगन गरिएको छ,’ स्वास्थ्य बीमा बोर्डले काटेको पत्रमा उल्लेखछ ।
शुक्रबारसम्म भर्ना भएका विरामीको हकमा बोर्डबाट निर्णय गरी भुक्तानीमा सहजिकरण गरिने भएको छ । लाइफगार्डमा तीन वर्ष अगाडीदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो । यस अस्पताललमा दैनिक १ सय जनाले स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा लिने गरेका छन् । एक सय जनाले स्वास्थ्य बीमा मार्फत उपचार गर्दा २ देखि पाँच जनाको दैनिक शल्यक्रिया हुने गरेको अस्पतालको अभिलेखमा देखिन्छ । यसअघि अस्पतालका अध्यक्ष एकबाल अहमदले प्रेस विज्ञाप्ती जारी गर्दै हस्पिटलले स्वास्थ्य बीमाको नीति, नियमअनुसार नै गुणस्तरीय उपचार सेवा बिरामीलाई प्रदान गर्दै आएको दाबी गरेको छ ।
विराटनगर । नेपाल रिपब्लिक मिडियाले उपत्यका बाहिर विराटनगरबाट क्रियटिभ क्याम्पेन सुरू गरेको छ । विराटनगरस्थित शिक्षादीप कलेजमा आइतबार एक कार्यक्रमको आयोजना गरी बाट क्रियटिभ क्याम्पेन सुरू गरेको हो । युवाहरूबाट देश बनाउने आइडिया लिने उद्देश्यले...
सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितलाई आवश्यक पर्ने भेन्टिलेर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आज उक्त आदेश जारी गर्दै कोरोना भाइरसको संक्रमण भएको व्यक्ति उपचार...
विराटनगर, साउन २७–विराटनगरस्थिथ मेघा बैंकका एक कर्मचारीमा कोरोना पुष्टि भएको छ । विराटनगर जलजला चौक पूर्व रहेको बैंकको शाखामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको बैैंकले जनाएको छ । बैंकका अनुसार संक्रमित विराटनगर–११ निवासी हुन् ।
भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले रोष्ट्रमबाटै माफी माग्नुपर्ने माग गर्दै नेकपा माओवादी केन्द्रले आइतबार पनि प्रदेश १ संसद् बैठक पनि अवरुद्ध पारेको छ । विनियोजन विधेयकमाथि मन्त्रालयबारे सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङले माओवादी...
विराटनगर । मोरङ क्षेत्र नम्बर २ का संघीय सांसद ऋषिकेश पोखरेलले सुनवर्षी महाराजथान अस्थाको धरोहर भएकाले यसको चौतर्फी विकासमा लागि पर्ने बताएका छन् । रतुवामाई–५ स्थित सुनवर्षी महाराजथान पोखरी परिसरमा सोमबारदेखि सुरु भएको श्रीमद् भागवत...
काठमाडौं, ३१ साउन-प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार दिउँसो फोनवार्ता भएको छ । ७४औं स्वतन्त्रता दिवसको अवसरमा २ देशका प्रधानमन्त्रीबीच टेलिफोन सम्वाद भएको हो । परराष्ट्रमन्त्रालयले विज्ञप्ति जारी गरेर फोनवार्ताका क्रममा...
काठमाडौं, २० जेठ । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई चार वर्षका लागि काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो । पत्रकार महासंघका...
काठमाडौं, ११ मंसिर-भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगलाको सुरक्षाको लागि चार वटै सुरक्षा निकाय परिचालन गरिएकाे छ । चार्टर्ड विमानबाट नेपाल आएका उनी दरबारमार्गस्थित होटल याक एण्ड यतीमा बसेका छन् । काठमाडौं प्रहरीका अनुसार होटल क्षेत्रलाई...