विराटनगर । मोरङको कटहरी गाउँपालिकाले पालिका भित्र कुपोषण रोकथाम र नियन्त्रणको लागि पोषण वितरण गर्दै आएको छ । पालिका भित्र बालवालिकाहरुमा कुपोषण देखिन थालेपछि पोषणमैत्री स्थानीय शासन अन्र्तगत पोषण विशेष कार्यक्रमको संचालन गरेर पोषण सामाग्री वितरण सुरु गरेको हो ।
गाउँपालिकाले पाँच वटा वडाका २२० घरपरिवारलाई पोषण सामाग्री वितरण गरेको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले जानकारी दिए । बालवालिकाहरुमा कुपोषण हुन नदिनको लागि गर्भपती र सुत्केरी महिलाहरुलाई पोषण वितरण गरिएको उनले बताए । पोषण सामाग्रीमा फिल्टर, डस्बिन, खाद्य सामाग्री र तरकारी वितरण गरिन्छ । खाद्य सामाग्रीहरुमा पाँच केजी चामल, आटा, भटमास, जुस, पाँच सय ग्राम घ्यूलगायतका समाग्रीहरु पर्दछन् । पोषणा झोला मात्रै २ हजार पाँच सय र समग्रमा ७ हजार ५ सय मूल्य बराबरको सामाग्री एक जनालाई वितरण गर्दै आएको गाउँपालिकाले जनाएको छ । शुक्रबार कटहरी गाउँपालिका २ कदमटोलिमा ३३ घर परिवारलाई पोषण सामाग्री वितरण गरिएको छ । ‘पालिका भित्रका बालवालिकाहरुमा कुपोषण हुन नदिन हामीले यो कार्यक्रम सुरू गरिएको हो,’ अहिले कटहरी गाउँपालिकाको पाँच वटा वडामा सुरु भएको छ । विस्तारै सबैतिर हुनेछ ।’ अहिलेसम्म दुई सय बढी घरपरिवारहरुलाई पोषण सामाग्री वितरण गरिएको उनले बताए ।
कटहरी गाउँपालिका भित्र गत आर्थिक वर्षमा ५२२ सय जना बालबालिकामा कुपोषण देखिएको थियो । अहिले घढेर ४०० सयमा आएको कटहरी गाउँपालिका स्वास्थ्य शाखाका पोषण संयोजक रक्की राजवंशीले जानकारी दिए । अहिले पोषण कार्यक्रम कटहरीको २, ३, ४, ५ र ६ नम्बर वडाभित्र सुरु भएको छ । पोषण कार्यक्रममा कटहरी गाउँपालिकाकी उपाध्यक्ष सिता देवी राजबंशी, कटहरी २ का वडाअध्यक्ष सुरेन्द्र प्रसाद राजबंशीलगायतको उपस्तिथी रहेको थियो ।
गाईघाट, २५ वैशाख-उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा बुधबार थप ३३५ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला विराटनगर र बिपी कोइराला मेमोरियल अस्पताल धरान पठाएको छ । भुल्केका कोरोना सङ्क्रमणस्थल ५५ घर मुस्लिम समुदायका...
विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही भदौ ४ गते लिएको विश्वासको मतमाथि संवैधानिक प्रश्न उठाएको छ। प्रदेशसभा बैठकमा अध्यक्षमण्डलका दुई दुईजना सदस्यहरुले अध्यक्षता गरेको भन्दै सर्वोच्चले रिट निवेदक नेकपा एमाले संसदीय...
काठमाडौं । नेपाल प्रहरीमा धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको गत आइतबारको निर्णयविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सिंहको नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले वारेसमार्फत लगेको रिट स्वीकार गर्दै सर्वोच्चले सुनुवाइका लागि आज...
विराटनगर, असार १३। किर्ते, आर्थिक अनियमितता, राजश्व छली, फर्जि साधारणसभा लगायतको आरोप लागेका उमेश विश्वकर्माका विषयमा अर्को सनसनीपूर्ण खुलासा भएको छ । बैधानिक रुपमा साधारणसभा नगरि फर्जि साधारणसभाबाट मानव अधिकारका लागि श्रोत विकास मञ्च(रिडेफ) नेपालको...
काठमाडौँ, १९ कात्तिक-राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल संवत् ११४२’ ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । ‘नेपाल संवत् ११४२’...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी बैठकमा नेता जनार्दन शर्माले छलफलका लागि विशेष प्रस्ताव पेस गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई सम्बाेधन गर्दै पेस गरेको विशेष प्रस्तावमा उनले सरकारले ‘संघीय लोकतान्त्रिक...
विराटनगर, ८ असोज । इलाम माइजोगमाइ गाऊपालिका ५ सोयाङ गणेश गोलाइ स्थितमा रोकी राखेको पिकअप गाडी सर्दा किचिरे सोही गाडीमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५७ बर्षीय खिर बहादुर...
काठमाडौं, ६ साउन । कोरोना महामारी रोकथामका लागि अष्ट्रेलियाको तीन शहरका एक करोड ३० लाख मानिस प्रभावित छन् । न्यू साउथ वेल्समा एक महिनादेखि, भिक्टोरियामा एक सातादेखि र साउथ अष्ट्रेलिया राज्यमा मंगलबारदेखि लकडाउन छ ।...