तेस्रो प्याब्सन कप : ग्यालेक्सी र मोर्डन एरा क्वाटरफाइनलमा
बुधबार, ३० जेठ, २०८१,
न्यूज विराट
विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका ग्यालेक्सी र मोर्डन एरा स्कुल क्वाटरफाइनलमा पुगेका छन् । विराटनगरको सहिद मैदानमा बुधबार भएको पहिलो खेलमा मदरल्याण्ड एकाडेमीलाई १–० गोलले हराउँदै ग्लोक्सी क्वाटरफाइनलमा पुगेको हो । जितको लागि निर्णायक गोल ग्यालेक्सीका एमडी मासुमले गरे । उनी खेलको प्लेर अफ द म्याच पनि घोषित भए । सोही दिन भएको दोस्रो खेलमा मोर्डन एरा स्कुलले दपर्ण स्कुललाई ३–० गोलले पराजित गर्यो । जितको लागि मोर्डन एराको तर्फबाट चिरिन्जवि भूजेल, रोसिक राई र अमन माझीले गोल गरे । खेलको प्लेर अफ द म्याच रोसिक राई घोषित भए ।
बिहिबार हुने पहिलो खेल एभरेष्ट र ग्रीनल्याण्ड, दोस्रो सनसाईन र पुर्वाञ्चल, तेस्रो सिद्धार्थ र सगरमाथा र चौथो खेल जेम्स र डिपिएस स्कुलबीच हुने खेल संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।
इलाम, २ असोज-इलामका युवाहरुले यन्त्र (रोबोट) निर्माण गरेका छन् । ५ जनाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी सो यन्त्रको निर्माण गरेका हुन् । निर्माण गरेको यन्त्रलाई इलाम अस्पतालमा प्रदर्शनसमेत गरिएको छ । कोरोनाका कारण बिरामीलाई औषधि...
काठमाडौं, १० जेठ-काठमाडौं मेडिकल कलेज (केएमसी) को आइसोलेसनमा उपचाररत १ वृद्धको मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार बुटवलका ति व्यक्तिको आज उपचारका क्रममा मृत्यु भएको हो। ३ दिनअघि अस्पताल भर्ना भएका करिब ६५/७० वर्षीय...
काठमाडाैं, १२ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी सदस्यहरूले भारतसँगको सीमा विवाद समाधानका लागि प्रभावकारी पहल गर्न पार्टी र सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सुरू स्थायी कमिटी बैठकमा सदस्यहरूले भारतले अतिक्रमण...
काठमाडाैं, २६ जेठ-भारतले ३० हजार व्यक्तिको जाँच क्षमताको कोभिड–१९ पीसीआर टेस्ट किट नेपाललाई सहयाेगस्वरूप उपलब्ध गराएकाे छ । भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई माइ ल्याबले उत्पादन गरेको प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ...
विराटनगर । प्रदेश १ का नवनिर्वाचित चार जना प्रदेश सांसदहरूले आफ्नो जातीय तथा परम्परागत पहिरनमा सझिएर पद तथा गोपनीयताको शपथ लिएका छन् । एमालेकी सांसद मीना श्रेष्ठ, माओवादी केन्द्रकी सम्झना तामाङ्ग, पर्यटन तथा संस्कृतिमन्त्री नेकपा...
नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाको जनतामाझ भण्डाफोर गर्ने निर्णय गरेको छ । शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले सर्वोच्चको फैसलाले निर्दलीय व्यवस्थालाई प्रोत्साहन गर्ने भएकाले त्यसविरुद्ध जनतामाझ जाने निर्णय भएको प्रमुख...
बझाङ, पुस ७–जयपृथ्वी नगरपालिकाको ७ नम्बर वडामा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् । आज दिउँसो १ बजेतिर जयपृथ्वी नगरपालिकाको कोइरालीखेतमा ४० वर्षकी सितादेवी रोकाया गम्भीर घाइते भएकी हुन् । उनको बझाङ जिल्ला अस्पतालमा...
रौतहट । रौतहटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५पीए ६९५३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील...