विराटनगरको सिद्धार्थ स्कुलमा सिद्धार्थ प्रिमियर लिग, यल्लो र ब्लु हाउस विजयी
सोमबार, २१ जेठ, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित सिद्धार्थ स्कुलमा सिद्धार्थ प्रिमियर लिग क्रिकेट प्रतियोगिता आयोजना गरेको छ । स्कुलमा परिसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितमा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुले भाग लिएका छन् । लिगको आधारमा प्रतियोगिता भएको म्याच अपिसर नितिसा कर्णले जानकारी दिइन् । प्रतियोगिताको पहिलो खेलमा यल्लो हाउस टिम ए विरुद्ध ब्लु हाउस टिम ए बिच भएको छ । दोस्रो खेल रेड हाउस टिम बी विरुद्ध ब्लु हाउस टिम बी बिच खेल भएको म्यास अपिसर कर्णले बताइन् । पहिलो खेलमा ब्लु हाउस टिम ए ५ विकेटले विजयी भएको छ । दोस्रो खेलमा ब्लु हाउस टिम बी १५ रनले विजय भएको छ । क्रिकेट खेलको विकास गर्ने र स्कुल तहबाट क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको स्कुलले जनाएको छ । प्रत्येक शुक्रबार प्रतियोगिता स्कुल परिसरमा हुने गरेको छ ।
विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा विराटनगरको एनबीएससी क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ ।विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार भएको पहिलो क्वाटरफाइनल खेलमा जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले हराउँदै विराटनगर सेमिफाइनलमा...
कांग्रेसले दर्ता गराएको राजधानीको नाम मध्य मधेश राख्नुपर्ने प्रस्तावपनि बहुमतले अस्वीकृत भएको छ । कांग्रेस सांसद रावजेश्वर प्रसाद शाहले दर्ता गराएको प्रस्ताव बहुमतले अस्वीकार गरेको हो । सो प्रस्तावको पक्षमा ४२ मत परेको छ भने विपक्षमा...
सिरहा, १९ भदौ-आन्तरिक विवाद र जनप्रतिनिधिबीचको असमझदारीका कारण सिरहाका ७ स्थानीय तहले चालु आर्थिक वर्षको बजेट अझै प्रस्तुत गर्न नसक्दा अन्योल बढेको छ । सङ्घीय सरकारले प्रत्येक स्थानीय तहलाई पत्राचार गरी १० असाभित्रै बजेट ल्याइसक्न...
काठमाडौं । सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ । डिजेल र पेट्रोलमा लिटरमा १० /१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरिएको अर्थमन्त्रालय स्रोतले बतायो । ‘हामीले १०-१० रुपैयाले घटाएर उद्योग...
विराटनगर । स्वर्गीय शंकरलाल राठी अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता २०८१ सम्पन्न भएको छ। प्रतियोगिताको अन्तिम दिन जुनियर, सब जुनियर र क्याडेट तर्फका विभिन्न विधाका खेलहरु सम्पन्न भएको हो । जुनियर ब्वाइज सिङल्सतर्फ बुढानिलकण्ठ स्कुलका...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिने घोषणा गरेका छन्। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज बसेको प्रदेशसभा बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन्। शनिबार विश्वासको मत...
विराटनगर । कटहरी गाउँपालिकाले ४० जना बेरोजगार युवायुवतीलाई लक्षित गरेर सिपमुलक तालिम संचालन गर्ने भएको छ । सरोकारवाला निकायसंगको समन्वयमा संचालन गरिने तालिमको बिषयमा गाउँपालिकाले सुझाव समेत संकलन गरेको छ । युवाहरुलाई दिने १० महिने...
विराटनगर, १७ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण भएको छ । ५ सय जनाको पीसीआर परीक्षण गर्दा ३७ र १२० जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक...