सुम्निमा स्कुलका २५ जना विद्यार्थी दिक्षित, दिनभरी मनोञ्जन कार्यक्रम

 न्यूज विराट
सुम्निमा स्कुलका २५ जना विद्यार्थी दिक्षित, दिनभरी मनोञ्जन कार्यक्रम

विराटनगर । विराटनगर – ११ मा रहेको सुम्निमा बोर्डिङ स्कुलमा अध्ययरत २५ जना विद्यार्थी दिक्षित भएका छन् ।
स्कुलले शनिबार एक भव्य कार्यक्रम आयोजना गरी प्रि–प्राइमरी तह उत्तीर्ण गरी प्राइमरी तहमा प्रवेश गरेका विद्यार्थीहरुलाई दिक्षित गरेको हो ।
दिक्षित भएका विद्यार्थीहरूलाई प्रमाणपत्र पनि विद्यालयले वितरण गरेको थियो ।
सोही अवसरमा विद्यार्थीहरूले साँस्कृतिक नृत्य र फेशन शो देखाएर सहभागि भएका अभिभावक, अतिथि र सहभागिहरुलाई भरपुर मनोरञ्जन प्रदान गरे । कार्यक्रमको प्रमुख अतिथि विराटनगर ११ का वडाअध्यक्ष तिथेन्द्र न्यौपाने रहेका थिए । कार्यक्रममा बोल्दै वडाअध्यक्ष न्यौपानेले गुणस्तरीय शिक्षासँगै सिपयुक्त शिक्षा प्रदान गरेर अगाडी बढनुपर्नेमा जोड दिए ।
कार्यक्रममा विद्यालयकी प्रिन्सिपल शितला सुब्बाले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिएर अगाडी बढेको बताइन् । उनले विद्यार्थीहरूको प्रतिभा उजागर गर्नको लागि विद्यालयले विभिन्न कार्यक्रमहरु गर्दै आएको बताइन् ।

कार्यक्रममा प्रेस यूनियन कोशी प्रदेशका अध्यक्ष मिनकुमार नवदित, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष माधव अधिकारी, अभिभावक संघ मोरङका अध्यक्ष खगेन्द्र भट्टराई, विद्यालयका निर्देशक जयन्ती प्रधानलगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

प्रदेश १ मा माओवादी केन्द्रले गर्यो औपचारिक रूपमा मुख्यमन्त्री दाबी, छलफलका लागि वार्ता समिति निर्माण

विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ ले औपचारिक रुपमा मुख्यमन्त्रीमा दाबी गरेको छ । सो पार्टीको प्रदेश १ पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले...

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन आजदेखि पाँचाैँ चरणको चार्टर्ड फ्लाइट

काठमाडाैं, १ भदौ-कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन आजदेखि पाँचाैँ चरणको चार्टर्ड फ्लाइट हुँदैछ । नेपालका २ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन १...

श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा राहत सामग्री वितरण

मुलुक कोरोनाका कारण संकटमा परेको बेला अति विपन्न परिवार, सडकमा रहेका जनावर पशुपक्षीहरूलाई राहत सामग्री वितरण गरिएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल र श्रीकृष्ण प्रणामी वाइजुराज महिला समितिले राहत...

नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार रकम चार अर्ब माथि

काठमाडौं, २५ कात्तिक-धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज झण्डै २६ अङ्कले उकालो लागेको हो । नेप्से २५.९८ बिन्दुले उकालो लागेर एक...

बोको हरामद्धारा १८ सर्वसाधारणको हत्या

काठमाडौं, १९ साउन -क्यामरुनको सुदुर उत्तरी क्षेत्रमा बोको हराम नामक सशस्त्र विद्रोही समूहले गरेको आक्रमणका क्रममा कम्तीमा पनि १८ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ ।  सो आक्रमणमा परी लिदु साहेल भन्ने क्षेत्रमा ती नागरिकको...

विराटनगरमा लाग्दै आएका हाटबजार बन्द, सुपर मार्केटहरुमा पनि छैन सतर्कता

विराटनगर, चैत ९ –कोरोनाको रोकथाम र नियन्त्रणका लागि भन्दै विराटनगर महानगरपालीकाले महानगर क्षेत्रमा लाग्दै आएको साप्ताहिक हाटबजार आजबाट हटाउने निर्णय गरेको छ । विराटनगर महानगरपालिका भवनसँगै जोडिएको सडकमा दशकौंदेखि लाग्दै आएको साप्ताहिक शनिबारे लगाउने तयारी...

जेटियुसीसीको सुनसरी – मोरङका औद्योगिक करिडोरमा निरीक्षण : अधिकांश प्रतिष्ठानमा कार्यान्वयन भएन न्यूनतम पारिश्रमिक

विराटनगर । सुनसरी – मोरङका औद्योगिक करिडोर भित्र रहेका उद्योग प्रतिष्ठानहरूले सरकारले तोकेको न्युनतम पारिश्रमिक र श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागू नगरिएको पाइएको छ ।संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) सुनसरी – मोरङका...

प्रदेश २:आइतबार १ सय ४४ जना थपिए

जनकपुरधाम, ३२ साउन-प्रदेश २ मा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ७ हजार नजिक पुगेको छ । आइतबार १ सय ४४ जना थपिएसँगै संक्रमितको संख्या ६ हजार ९ सय ६५ पुगेको समाजिक विकास मन्त्रालयले जनाएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्