कोशी प्रदेश टी– १० क्रिकेट : विराटनगर स्पोर्टिङको लागातार तीन जित

 न्यूज विराट
कोशी प्रदेश टी– १० क्रिकेट : विराटनगर स्पोर्टिङको लागातार तीन जित

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगर स्पोर्टिङ क्बलले लगातार तीन जित निकाल्दै ६ अंक जोडेको छ ।

विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा बिहीबार भएको एलिट क्रिकेट क्लबसँग ६३ रनले पराजत गर्दै विराटनगरले लगातार तीन जित हात पारेको हो ।

टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धातिर १० ओभरमा १ विकेट गुमाउँदै १५५ रन बनाएको हो । जितको लागि विराटनगर स्पोर्टिङका परवेज शेखले अर्धसतक कटाउँदै बिस्पोट ब्याटिङ गरेका छन् । परवेजले २६ बलमा ७९ रन रन बनाए । परवेजले अविजित ८ छक्का र ६ चौका प्रहार गरे । सर्वाधिक रन बनाउने परवेज खेलको प्लेर अफ द म्याच पनि घोषित भए । रवि रोयले पनि अक्रमक ब्याटिङ गर्दै २७ बलमा अविजित ५२ रन बनाए । उनले ३ छक्का र ७ चौका हिर्काए ।
एलिटका बलर अंकित गोस्वामीले १ विकेट लिए ।
विराटनगरले दिएको १५६ रनको लक्ष्य पछ्याएको एलिटले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै ९१ रन मात्रै बनायो । जसमा कलामुद्दीनले २४ बलमा ४२ रन बनाए । उनले १ छक्का र ६ चौका प्रहार गरे । अविसेख पालले ६ बलमा २ रन बनाउँदा अरु ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।
विराटनगरका बलर आसोतिक सिंहले ४ विकेट र भुपाल लुईटेलले १ विकेट लिए ।
यसअघि विराटनगरले पूर्वाञ्चल एकाडेमीलाई ७ विकेटले र विराटनगर प्यान्थर्सलाई ५ विकेटले हराएको थियो ।

बाँसको खम्बामा अस्थायी फ्लडलाइट जोडेर सुरु भएको दिवा–रात्रिकालीन प्रतियोगिता लिगका आधारमा भइरहेको छ । विराटनगर महानगरपालिका–६ को आयोजनामा सोमबार सुरु भएको प्रतियोगितामा विभिन्न ७ क्लबको सहभागिता छ र हरेक क्लबमा चार जना भारतीय खेलाडी अनुबन्धित छन् ।

सम्बन्धित समाचार

कार्यान्वयनमा आएन घरभाडा छुट

काठमाडौं, १५ वैशाख-शङ्खमूल बस्दै आएकी शर्मिला तामाङले घरबेटीले पटकपटक ताकेता गरेपछि गत साता घरभाडा तिरिन् । कहिले भारी बोक्ने त कहिले भाँडा माझ्ने गरी आफ्नो जीविकोपार्जन गर्दै आएकी उनलाई खानै धौधौ परेको थियो । काठमाडौंको...

आजदेखि संघीय संसद्को बजेट अधिवेशन

काठमाडौं, २६ वैशाख-संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक सुरू हुँदै छन् । कोरोना भाइरस (कोभिड–१९) को कहरबीच सुरू अधिवेशनको सुरक्षा लगायतका सम्पूर्ण तयारी...

प्रदेश १ मा ८८८ संक्रमित थपिए, २५७ जना संक्रमण मुक्त

विराटनगर, ८ जेठ । प्रदेश १ मा आज ८८८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २७४, मोरङमा २४३, सुनसरीमा १६१, संखुवासभामा ५६, खोटाङमा ४७, इलाममा ३०, धनकुटामा १८, सोलुखुम्वुमा १६, उदयपुरमा ६, ओखलढुङ्गा र...

शिक्षादीपमा साइबर सेक्युरिटी सम्बन्धी तीन दिने कार्यशाला सुरु

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा साइबर सेक्युरीटि दोस्रो कोड शिविर र एथिकल ह्याकिङ कार्यशाला सुरु भएको छ ।कक्षा ११ मा अध्ययनरत विज्ञान र व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुको लागि तीन दिने उक्त कार्यशाल आइतबारदेखि सुरु भएको...

कोरोना संक्रमणको जोखिम बढेपछि जनकपुरधाममा निषेधाज्ञा

जनकपुरधाम, १८ साउन-कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सोमबार रातिदेखि लागू हुने गरी जनकपुरधाम उपमहानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।  आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी जनकपुरधाममा १ सातासम्मका लागि निषेधाज्ञा...

गठबन्धन कार्यदलकाे पहिलाे बैठक आज

आगामी चुनावका लागि सिटको बाँडफाँट गर्न गठित सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दैछ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावमा तालमेल गरेर अगाडि बढ्ने सहमति पाँचदलीय सत्ता गठबन्धनले गरिसकेको छ...

प्रदूषण फैलाउने महालक्ष्मी केवल उद्योगलाई कारवाहीको माग

विराटनगर । विराटनगरका उद्योगी पारस लोनियाले मोरङको बुढीगंगा गाउँपालिका ३ मा संचालन गरेको महालक्ष्मी केवल उद्योगलाई कारवाहीको माग राख्दै स्थानीयले प्रशासनमा उजुरी दिएका छन् । उद्योगबाट रसायनयुक्त प्रदूषित पानी खेतीयोग्य जमिनमा पसेर कृषकको उब्जाउ जमिन...

एक वर्षमा क्षयरोगबाट प्रदेश १ मा ११३ जनाको मृत्यु

विराटनगर, १० चैत । एक वर्षको अवधिमा प्रदेश १ मा क्षयरोगबाट एक सय १३ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसको पूर्व सन्ध्यामा मंगलबार ग्लोबल फन्ड, नेपाल सरकारको सहयोग र सेभ द चिल्ड्रेनको आयोजनामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्