दोस्रो खेलमा वाइआरसीसीसँग एलिट पराजित : तीन खेलमा लगातर दुई जित, एक हार

 न्यूज विराट
दोस्रो खेलमा वाइआरसीसीसँग एलिट पराजित : तीन खेलमा लगातर दुई जित, एक हार

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा वाइआरसीसी विराट ब्लास्टर्सले तीन खेलमा लगातार २ जित हात पारेको छ ।

विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा बुधबार भएको दोस्रो खेलमा एलिट क्रिकेट क्बललाई १३० रनले हराउँदै वाइआरसीसीले लगातार दुई जित हात पारेको हो । जितसँगै वाइआरसीसीले ४ अंक जोडेको छ ।
वाइआरसीसीले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै १८० रन बनाएको हो । जितमा लोकेस बम र देव खनालले आक्रमक ब्याटिङ गरे । उनले २० बलमा अर्धसतक पूरा गर्दै ५६ रनको योगदान दिए । उनले ६ छक्का र ४ चौका प्रहार गरे । देब खनालले १९ बलमा अर्धसतक पूरा गर्दै ५२ रन बनाए । देवले ७ छक्का र १ चौका हिर्काए । विवेक यादवले अविजित ५ बलमा २० रन र राशिद खानले ५ बलमा अविजित १८ रनको योगदान दिए ।
एलिटका मोहितले २ विकेट र सलन कामतले १ विकेट लिए ।
वाइआरसीसीले दिएको १८१ रनको लक्ष्य पछ्याएको एलिटले ९.२ ओभरमा सबै विकेट गुमाई ५० रनमा सिमित भयो । वाइआरसीसीका बलर तारिक जमिलले गरेको घातक बलिङ सामु एलिटका कुनै पनि ब्याटरले दोहोरो अंक जोडन सकेनन् । अभिषेक पलले ८ बलमा ९ रन, दिपक बोहोराले ४ रन बनाए ।
वाइआरसीसीका घातक बलिङ गर्ने तारिक जमिलले २ ओभरमा १० रन खर्चेर ५ विकेट लिए । उनी खेलको प्लेर अफ द म्याच घोषित भए । त्यसैगरी बिपिन खत्री र इमरन नजिरले समान २–२ विकेट लिए ।
बाँसको खम्बामा अस्थायी फलड्लाईटको माध्यमबाट सुरु भएको दिवा रात्रीकालीन प्रतियोगिता लिकको आधरमा भइरहेको छ ।

सम्बन्धित समाचार

इन्डो–नेपाल क्रिकेट प्रतियोगिता, वाइआरसिसि सेमिफाइनलमा प्रवेश

विराटनगर । विराटनगरको वाइआरसिसि क्रिकेट क्लबले चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरको जुट मिल खेलमैदानमा भएको अन्तिम क्वार्टरफाइनल खेलमा सिराहा क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै...

प्रदेश १ मा थप पाँच संक्रमितको मृत्यु 

विराटनगर, २५ असोज-प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति तीन र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दुई जनाको मृत्यु भएको हो ।  बीपी...

तयारी मदिरा पैठारीको बन्देज हट्यो

काठमाडाैं, २५ असोज-सरकारले तयारी मदिराको पैठारीमा लगाएको पूर्ण बन्देज हटाएको छ । २२ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले तयारी मदिरा पैठारीमा लगाएको पूर्ण बन्देज हटाएको सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।  २४ चैत २०७६ मा...

पूर्वप्रधानन्यायाधीशको विज्ञप्ति अशोभनीय : रामहरि खतिवडा

काठमाडौं, २६ पुस-नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पूर्वप्रधानन्यायधीशले विज्ञप्ति निकाल्नु अशोभनीय भएको बताएका छन् । चितवनमा आज पत्रकारसँग कुरा गर्दै उनले अदालतमा विचाराधीन मुद्दालाई बाहिरबाट प्रभावित पार्ने गरी कसैले पनि काम गर्न नहुने बताए ।...

स्थानीय तहसँग समन्वय गर्न ७ प्रदेशमा सम्पर्क व्यक्ति

काठमाडौं, चैत ५–स्थानीय तहसँग समन्वय र सहजीकरण गर्न सम्पर्क व्यक्ति (फोकल पर्सन) तोेकेको छ । मन्त्रालयका स्थानीय तथा समन्वय शाखाका प्रमुख बाबुराम अधिकारीले कोरोना भाइरस (कोभिड–१९)को सजगता, रोकथाम र नियन्त्रण गर्न तथा स्थानीय तहका समस्या...

किम जोङ–उन कहाँ छन् अमेरिकालाई थाहा छैन : पोम्पेओ

एजेन्सी, बैशाख १८-उत्तर कोरियाली नेता किम जोङ उनको पछिल्लो अवस्थाबारे अमेरिकालाई जानकारी नरहेको विदेशमन्त्री माइक पोम्पेओले बताएका छन् ।  उनले किमलाई पछिल्ला केही दिनयता नदेखेको र उनको स्वास्थ्यका बारेमा आइरहेका खबरहरु र त्यसको वास्तविकताबारे नजिकबाट...

सर्वोच्चले भन्यो : पीसीआर परीक्षणको दायरा बढाउनू

काठमाडौं, १ जेठ-सर्वोच्च अदालतले कोरोना भाइरसको सङ्क्रमणबाट नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज उक्त भाइरसको महामारीबाट बच्न...

कोशी प्रदेशको सरकार गठन असंवैधानिक भन्दै एमालेले सर्वोच्चमा हाल्यो रिट

विराटनगर । कोशी प्रदेशमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा एमालेले शुक्रबार सर्वोच्च अदालतमा रिट हालेको छ । सरकार गठनमा गठबन्धनले सभामुख बाबुराम गौतमको प्रयोग गरेपछि त्यसविरुद्ध एमाले सर्वोच्च पुगेको हो । एमाले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्