आर्शीले जितिन् इन्टरसिटी कविता प्रतियोगिताको उपाधि
मङ्गलबार, १५ जेठ, २०८१,
न्यूज विराट
विराटनगर । इन्टरसिटी कविता प्रतियोगिताको उपाधि विराटनगरस्थित सेन्ट मेरिज स्कुलकी आर्शी पोखरेलले जितेकी छिन् । विराट हेल्थकेयर इन्डस्ट्रिजले ‘विश्व महिनावरी स्वच्छता’ दिवसको अवसर पारेर मंगलबार आयोजना गरेको प्रतियोगितामा २९ जना विद्यार्थीहरुलाई पछि पार्दै आर्शीले कविता प्रतियोगिताको उपाधि जितेकी हुन् । उनले उपाधिसँगै नगद १५ हजार रुपैयाँको साथै वाइट मुन सेनेटरी प्याड र क्युरा हेल्थको तर्फबाट विभिन्न गिफ्ट ह्याम्पर जितेकी छिन् ।
यसैगरी प्रतियोगिताको द्धितीय इटहरीस्थित विश्व आर्दश स्कुलकी साइमा कार्की र तृतीय विश्व आदर्श विद्यालयका अदिती भट्टराई भइन् । उनीहरुले क्रमश : ९ हजार र ६ हजार जितिन् । प्रतियोगितामा ९ वटा विद्यालयका ३० जना विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगिताको निर्णायकहरुमा विराट टिचिङ अस्पतालका भाइस चियरमेन डेनिस कार्की, विराट हेल्थकेयर इन्डस्ट्रिज ब्राण्ड मेनेजर दिक्षा थापा, सशिकला तिवारी खड्कालगयात रहेका थिए ।
विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण अन्तरगत फुटबलतर्फको दुवै स्पर्धाको उपाधि विराटनगरको अर्किड कलेजले जितेको छ । विराटनगरको शहिद मैदानमा मंगलबार राती सम्पन्न भएको फुटबलतर्फको दुवै स्पर्धाको उपाधिे अर्किड कलेजले जितेको हो ।पहिलो...
बुटवल, २३ जेठ-बुटवल कोरोना विशेष अस्पतालबाट २७ जना कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । कोरोनाका लक्ष्ण नदेखिएपछि उनीहरूलाई आज डिस्चार्ज गरिएको हो । संक्रमित भएर १४ दिन आइसोलेसनमा बसेका उनीहरूमा कोरोनाको कुनै पनि...
विराटनगर, १७ फागुन । विराटनगरका उद्योगी व्यवसायीले खुल्ला सिमानाको फाइदा उठाउँदै भारतबाट नेपाल तर्फ हुने अबैध आयात नियन्त्रण गर्न माग गरेका छन् । सोमबार विराटनगरमा बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईलाई स्वागत गर्दै विराटनगरका...
काठमाडौं, १४ कात्तिक-नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औँ जन्मोत्सव आज मनाइँदै छ । ‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले र्याली निकाल्ने, मस्जिदहरूमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक...
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल जनता र राजाको सहमति अवज्ञा गरी निषेध र विभेदको राजनीति सुरु गरिएकाले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताएका छन् । ७१औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै उनले प्रजातन्त्र प्राप्तिको ७०...
काठमाडौं, २१ चैत । नेपालका दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि भिडन्तमा पपुआ न्युगिनीसँग खेल्नेक्रममा दीपेन्द्रले २१ रन जोडेपछि उनको...
विराटनगर । दाहाल प्रतिष्ठान केन्द्रीय समिति अन्तर्गत स्थापित विभिन्न कोषबाट तीन सञ्चारकर्मीसहित विभिन्न संस्था सम्मानित भएका छन् । दाहाल प्रतिष्ठान विराटनगरले शनिबार विशेष समारोहको आयोजना गरेर पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि सकृय रहेका उदघोष...
मोरङ,११ असार-विदेशमा बसोवास गरेपनि मातृभूमि तथा जन्मभूमिप्रति समर्पित रहदै गीतमार्फत विराटनगरको महिमा वर्णन गर्दै आज एक यहाँ एक नेपाली गीतको विश्व लोकर्पण गरिएको छ। वेल्जियममा वसोबास गर्ने नेपाली चलचित्रका नायक धीरज सापकोटा र अनमोल मुरारी(पौडेल)द्वारा...