विराटनगरको कोवास कलेजमा एसीसीए कोर्ष सुरु हुने, विद्यार्थीलाई दिइयो अभिमुखिकरण
शनिबार, १२ जेठ, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित कोवास कलेजमा युकेको एसीसीए कोर्ष पढाई हुने भएको छ । यही नयाँ शैक्षिक शत्रबाट उक्त कोर्ष कोवासमा सुरु गर्ने भएको हो । नयाँ कोर्ष कलेजमा संचालन गर्ने भएपछि शनिबार विद्यार्थीहरुलाई जानकारी दिनको लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको थियो । कोवासमा एसीसीए अध्ययनको लागि ५१ जना विद्यार्थी भर्ना भएको कलेजका प्रिन्सिपल सुनिल कुमार श्रेष्ठले जानकारी दिए । अभिमुखिकरण कार्यक्रममा ३५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । अभिमुखिकरण कार्यक्रमको सहजिकरण चाटर एकाउनटेन्ड अश्विनी ठाकुर, कोवास कलेजका एसीसीए डाइरेक्टर रंजीत साह, रवि साहले विद्यार्थीहरुलाई एसीसीएको बारेमा जानकारी गराएका थिए ।
उक्त कार्यक्रमको प्रमुख अतिथि पूर्वाञ्चल विश्व विद्यालयका प्रथम रजिष्ट्रार डा. भेषप्रसाद धमला रहेका थिए । विशिष्ट अतिथिमा नेपाल राष्ट्र बैंक कोशी प्रदेशका प्रमुख बुद्ध राज शर्मा रहेका थिए । त्यसैगरी प्रभु बैंक कोशी प्रदेशका प्रमुख बद्री कटुवाल, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरना, सिद्धार्थ बैंक कोशी प्रदेशका प्रमुख कमल बस्नेत, प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी लगायतको उपस्थिती रहेको थियो । सो कार्यक्रमको अध्यक्षता कोवास कलेजका प्रिन्सिपल सुनिल कुमार श्रेष्ठले गरेका थिए ।
काठमाडौं, ६ जेठकोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको रहेको समितिको बैठक आज बिहान १० बजे बस्न लागेको हो । बैठकमा क्वारेन्टाइनमा...
विराटनगर । मोरङको क्षेत्र नं. ६(१) मा माओवादी केन्द्रका जिवन आचार्य प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रीता न्यौपानेलाई १ हजार ८ सय ८३ मतले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका...
विराटनगर, जेठ २५–मोरङ सुन्दरहरैचाको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने सामाजिक विकास मन्त्री...
एजेन्सी, साउन १८-भारतका गृहमन्त्री तथा भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष अमित शाहमा कोरोना पोजिटिभ देखिएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी उपचारका लागि अस्पताल भर्ना भएका छन् । गृहमन्त्री शाहले ट्विट गर्दै आफूमा कोरोना...
विराटनगर । विराटनगर – ११ पाञ्चालीमा रहेको सगरमाथा सेकेण्डरी बोर्डिङ स्कूलले २८ औं विद्यार्थी अभिभावक दिवस तथा वार्षिकोत्सव कार्यक्रम विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्थापना कालदेखि नै विद्यार्थीहरुलाई अनुशासनसहित गुणस्तरीय र जीवन उपयोगी...
विराटनगर, ६ माघ । नेपाल चिकित्सक संघ कोशीको अध्यक्षमा डा. फरवार्ड सिलवाल निर्वाचित भएका छन् । सिलवालले ३ सय ६१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । सिलवालले प्रतिस्पर्धी डा. कैलाश श्रेष्ठलाई ९० मत अन्तरले...
विराटनगर, १६ असोज–मोरङका पत्रकारहरुलाई सुरक्षा सामाग्री वितरण गरिएको छ । निशानदेवी मिडिया प्रालिले कोरोना माहामारीकाबिच पनि अग्रपंक्तिमा रहेर खटिने जिल्लाका तीन दर्जन पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको हो । निशानदेवी मिडिया प्रालिले एक कार्यक्रमकाबिच...
काठमाडौं, ३० जेठ-नेपालमा शुक्रबार एकैदिन ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको कोभिड-१९ सम्बन्धी मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टाको अवधिमा ४४८ जना संक्रमित थपिएर जानकारी दिएका हुन्...