विराटनगर । विराटनगर – ७ हस्पिटल चोकमा ‘द स्किन स्टुडियो’ संचालनमा आएको छ । वरिष्ठ छाला चर्म, यौन तथा कुष्ठरोग विशेषज्ञ डा. ज्योती कार्कीले उक्त स्टुडियो बिहीबार एक कार्यक्रम आयोजना गरी संचालनमा ल्याएकी हुन् । स्टुडियोको उद्घाटन विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीले गरिन् । कोशी अस्पतालमा समेत कार्यरत डा.कार्कीले विराटनगरमा पहिलो पटक अत्याधुनिक उपककरणहरु जडान गरि द स्किन स्टुडियो संचालनमा ल्याएकी छिन् । स्टुडियोमा डर्मा फिलर, माइक्रोनेडलिंग, कपालको पीआरपी, रासायनिक पिलिङ्ग, हाइड्रोफेसियल, कानको लोबको शल्यक्रिया, तिल, मुसा, मिलिया, दाग हटाउनेलगायतकासबै प्रकारका छाला रोगहरूको उपचार हुने उनले बताइन् । ओपीडि सेवा, इलेक्ट्रोकटरी, माइनजर ओटी, एक्सिजनलगायतका सेवाहरु संचालनमा रहेको छ ।
कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, विराटनगर ७ का वडाअध्यक्ष मधुबावु तिवारी, कोशी अस्पताल विकास समिति अध्यक्ष डा. फरर्वड सिलवाल, छालारोग विशेषज्ञ डा. अभिनारयण घिमिरे, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।
विराटनगर, फागुन ३०–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालका राजदुत भेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मुख्यमन्त्री राईसँग राजदूत कोडीले भेटवार्ता गरेकी हुन् ।...
विराटनगर, १० चैत । उदयपुरबाट लागुऔषध ब्राउनसुगर सहित छ जना पक्राउ परेका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ नमुना स्थितबाट लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी–५ का २३ बर्षीय...
काठमाडौं, ३१ जेठ-सुदूरपश्चिममा शनिबार एकै दिन थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीको कोरोना परीक्षण प्रयोगशालामा थप ६४ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।...
बनेपा, २८ असोज-व्यावसायिकरूपले कडकनाथ ९कालो कुखुरा० पालेर काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १० विष्टगाउँ निवासी मुक्ति विष्टले मनग्य आम्दानी गर्दै आउनुभएको छ । हिजोआज घर नजिकैको टहरामा कुखुराको खोरमा दाना दिने, स्याहार गर्ने र अण्डा...
विराटनगर, ३० माघ । संखुवासभाको खाँदवारी–किमांथान्का सडक खण्डमा आज विहान ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । टिपरको ठक्करबाट मकालु–३ हेदाङनाका मोटरसाइकल चालक ४२ वर्षीय खड्गबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लाको...
विराटनगर, जेठ १८–विराटनगरस्थित पोखरिया मावि र नीजि विद्यालयका विभिन्न संगठनहरुबीच विवाद बढीरहेका बेला नेपाल शिक्षक महासंघ र सामुदायिक विद्यालय अभिभावक संघ विराटनगर समितिले पनि मुख खोलेको छ । पोखरिया माध्यमिक विद्यालय विराटनगरको नाम जोडी सम्पूर्ण...
हेटौंडा, १९ जेठ-हेटौँडाका व्यवसायीहरूले देशमा जारी लकडाउन स्वीकार्दै बस्नुको औचित्य समाप्त भएको भन्दै सरकारलाई चेतावनी दिएका छन् । मकवानपुर उद्योग वाणिज्य संघले हेटौँडाका व्यवसायीहरूको चर्को दबाबमा २१ जेठदेखि बजार खुलाउने निर्णय लिएको छ । संघले...
विराटनगर । भनिन्छ अबको युग व्यवस्थापनको हो । व्यवस्थापन विज्ञान मात्रै होइन कला पनि हो भनेर वेत्ताहरुले भन्दै आएका छन् ।यही व्यवस्थापकीय विज्ञान र कला अनि यसका आधारभूत ज्ञान विद्यार्थीमा सञ्चारित गराउँदै आएको एक अब्बल...