
विराटनगरमा उल्लासपूर्ण होली (फोटो फिचर)
विराटनगर । विराटनगरलगायत तराईमा आज भव्य रुपमा होली पर्व मनाइएको छ । हर्षौल्लासका साथ होली पर्व मनाइएको हो । सोही क्रममा आज विराटनगर पनि होलिमय भएको छ ।सर्वसाधारणले भव्य रुपमा होली पर्व मनाइरहेका छन् ।...
विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि – २० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको वाइआरसिसी क्रिकेट क्लबले जितेको छ ।
विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरको होराइजन क्रिकेट क्बललाई २०० रनको फराकिलो अन्तरले हराउँदै वाइआरसिसीले उपाधि जितेको हो ।
जितसँगै वाइआरसीसीले १ लाख ५१ हजार र ट्रफि हात पारेको छ । उपबिजेता बनेको होराइजनले ७५ हजार रुपैयाँमा चिक्त बुझायो ।
वाइआरसीसीले निर्धारित २० ओभरमा ९ विकेट गुमाइ २४६ रन बनाएको हो । जितको लागि वाइआरसीसीका देव खनालले आक्रमक ब्याटिङ गर्दै सतक कटाए । उनले ३४ बलमा ११२ रन बनाए । खनालले १२ छक्का र ८ चौका हिर्काए । उनले यसअघि पनि २९ बलमा सतक कटाएका थिए ।
नारायण जोशीले १६ बलमा ४९ रन बनाए । उनले ५ छक्का र ४ चौका हिर्काए । अभिषेक पाठकले १८ बलमा ३३ रन पारी खेल्दा विपिन खत्रीले १४ रन बनाए । वाइआरसीसीका अन्य ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् ।
होराइजनका बलर इमरान शेखले ३ विकेट लिए । दिपेश कन्डेल, श्रवर्ण किस्कुले समान २–२ विकेट लिए ।
वाइआरसीसीले दिएको २७६ रनको विशाल लक्ष्य पछ्याएको होराइजनले ७.१ ओभरमा सबै विकेट गुमाइ ४६ रन मात्रै बनाए । सुजन थपलियाले १२ रन, दिपेश कन्डेलले १० रन बनाए । होराइजनका अन्य ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् ।
उपाधि हात पार्न वाइआरसीसीका हेमन्त धामीले आक्रमक बलिङ गरे । उनले एक्लै ३.१ ओभरमा १६ रन खर्चेर ७ विकेट लिए । उनी खेलको प्लेर अफ द म्याच घोषित भए । त्यसैगरी बिपिन खत्रीले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए ।
प्रतियोगिताको बेस्ट बलर होराइजन क्रिकेटका श्रवर्ण किस्कु, बेस्ट ब्याटर वाइआरसिसिका देव खनाल र म्यान अफ द श्रीरिज वाइआरसिसिको अभिषेक पाठक घोषित भए । प्लेर अफ द म्याच वाइआरसिसिका हेमन्त धामी भए ।
बिजेता हुने टिमलाई कोशी प्रदेशको सामाजिक विकास मन्त्री पाँचकर्ण राई, राज्यमन्त्री सृजना राई, खेलकुद विकास बोर्डका सदस्य सचिब पर्शुराम बस्नेत, मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीका अध्यक्ष मुररी चौधरीले बितरण गरेका थिए ।
मिल्स क्रिकेट क्लब एण्ड एकेडेमी र नेपाल खेलकुल महासंघको आयोजनामा वैशाख २८ गतेबाट सुरु भएको प्रतियोगितामा नेपालको १० र भारतको ६ टिम गरी १६ टिमको सहभागि रहेको अध्यक्ष चौधरीले जानकारी दिए ।
विराटनगर । विराटनगरलगायत तराईमा आज भव्य रुपमा होली पर्व मनाइएको छ । हर्षौल्लासका साथ होली पर्व मनाइएको हो । सोही क्रममा आज विराटनगर पनि होलिमय भएको छ ।सर्वसाधारणले भव्य रुपमा होली पर्व मनाइरहेका छन् ।...
काठमाडौं, २५ भदौ-नेपाल राष्ट्र बैंकले जारी गरेको चालू आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा यातायात क्षेत्रलाई कोरोनाका कारण भएको लकडाउनलगायतका कारण अति प्रभावितको वर्गमा राखे पनि कार्यविधिमा भने मध्यम प्रभावित भनिएपछि यातायात व्यवसायीले त्यसको विरोध...
काठमाडौं, २५ वैशाख-निर्माण व्यवसायीहरुले काम प्रभावित हुँदा करिब साढे ३ खर्ब ऋणको किस्ता तिर्न समस्या रहेको बताएका छन् । बिहीबार संसदको अर्थसमितिमा भएको छलफलमा नेपाल निमार्ण व्यवसायी महासंघका अध्यक्ष रवि संहले बैंकबाट लिएको ३ खर्ब...
काठमाडाैं, २८ जेठ-मन्त्रिपरिषदको बैठकमा लकडाउनको मोडालिटीबारे निर्णय हुने भएको छ । प्रधानमन्त्री ओलीले संसदमा बोल्दै लकडाउनको मोडालिटी परिवर्तन हुने बताएका छन् । प्रधानमन्त्रीले बुधबार संसदमा लकडाउनको मोडालिटी आजै परिवर्तन हुने बताएका छन् । उनले भनेका...
'कमेडी च्याम्पियन सिजन २' को फिजिकल अडिसन सुरु भएको छ । बुधबारदेखि निर्माण टिमले फिजिकल अडिसनको छायांकन सुरु गरेको हो । फिजिकल अडिसनको छायांकन चार दिनसम्म गरिनेछ । कमेडी च्याम्पियनको दोस्रो सिजनका लागि निर्माण टिमले...
पाँचथरमा पहिरामा परी २१ जनाको मृत्यु भएको छ । हिजोदेखि जारी वर्षाका कारण पाँचथरको चार स्थानीय तहमा २१ जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता छन् । यस्तै ६ जना घाइते भएका छन् । प्रमुख...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विश्व ‘सेरेब्रल पाल्सी’ दिवसको को अवसरमा सचेतनामूलक कार्यक्रम गरेको छ । अक्टोबर ६ मा विश्व ‘सेरेब्रल पाल्सी’ को दिन क्लबले एक सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो । विराटनगरस्थित...
काठमाडाैं, ११ वैशाख-सरकारले छिमेकी मुलुकहरूमा कोरोना भाइरसको जोखिमको अवस्था हेरेर लकडाउन खोल्ने विषयमा निर्णय हुने बताएको छ । कोरोना संक्रमणको जोखिम नेपालमा पनि यथावत् रहेकाले लकडाउन खोल्ने निर्णय एकपक्षीय रूपमा गर्न नसकिने सरकारले बताएको हो...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.