पोलियोविरुद्धको खोप अभियान १३ जेठबाट, मोरङमा ५२ हजार बालवालिकालाई लगाउने

 न्यूज विराट
पोलियोविरुद्धको खोप अभियान १३ जेठबाट, मोरङमा ५२ हजार बालवालिकालाई लगाउने

विराटनगर । मोरङमा पोलियो विरुद्ध आईपीभी राष्ट्रिय खोप कार्यक्रम जेठ १३ बाट सुरू हुने भएको छ । जेठ २२ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खोप अभियानमा मोरङमा ५२ हजार ३५२ जना बालवालिकालाई खोप लगाउने तयारी गरिएको हो ।

६७२ वटा खोप केन्द्रबाट साढे पाँच वर्षदेखि ८ वर्ष उमेर समूहका ५२ हजार २५२ जना बालवालिकाहरुलाई मोरङमा खोप लगाउने तयारी रहेको स्वास्थ्य निर्देशानलय कोशी प्रदेशका खोप अधिकृत भरत भण्डारीले जानकारी दिए । मोरङमा १७ वटा स्थानीय तहभन्दा सबैभन्दा बढी बालवालिका विराटनगरमा छन् ।

विराटनगरमा ११६ वटा खोपकेन्द्रबाट १८ हजार ८६४ जना बालवालिकालाई खोप लगाउने तयारी छ । यसैगरी सुनवर्षीमा ३ हजार ६०१, रंगेलीमा २ हजार ९ सय ८, ग्रामथानमा १ हजार ७५७, बुढीगंगामा २ हजार ९०४, कटहरीमा २ हजार ५७८, धनपालथानमा ३ हजार ५३८, जहदामा ३ हजार १६६, लेटाङ्गमा २ हजार २७७, केराबारीमा १ हजार ६६८, सुन्दरहरैचामा ८ हजार ६०४, बेलबारीमा ४ हजार ३९२, कानेपोखरीमा २ हजार २७९, पथरीशनिश्चरेमा ४ हजार ३१२ र उर्लाबारीमा ४ हजार ८२२ जना बालवालिकालाई खोप लगाउने तयारी गरेको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।
राष्ट्रिय खोप कार्यक्रमको पूर्व तयारी तथा खोपमा संलग्न विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सोमबार स्वास्थ्य कार्यालय मोरङले जानकारी गराएको छ ।


खोप अभियान सफल पार्नको लागि स्थानीय तहका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, स्वंयसेविकाहरु, खोप कार्यकर्ताहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई खोपका बारेमा अभिमुखीकरण गराएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए ।
खोप कार्यक्रम सञ्चालनका लागि ७८३ जना स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ । १ हजार ७८ जना स्वयमसेविका परिचालन हुनेछ । देशव्यापी रुपमा सञ्चालन हुने यस अभियानको लागि निर्धारण गरिएको उमेर समूहका अधिकांश बालबालिकाहरु विद्यालयमा अध्ययन गर्ने भएकाले विद्यालयमा नै गएर खोप लगाइनेछ । यसको लागि १ हजार ६७ विद्यालयमा खोप केन्द्र सञ्चालन गरिनेछ । विद्यालय नजाने तथा बाँकी रहेका बालबालिकालाई पायक पर्ने स्थानमा बाह्य खोप केन्द्र सञ्चालन गरेर र अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट खोप प्रदान गरिने डा. मेहताले बताए ।

सम्बन्धित समाचार

लकडाउन लम्बिए उद्योगी व्यवसायीले श्रमिकको भुक्तानी स्थगित गर्ने

निजी क्षेत्रका छाता सङ्गठनहरूले आफ्ना श्रमिकहरूलाई लकडाउन अवधिमा हालमसम्मकाे ५० प्रतिशत बराबरको मात्र पारिश्रमिक उपलब्ध गराउने जनाएका छन् । साथै, थप लकडाउन भएमा भने दिन नसक्ने सङ्केत सरकारसँग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघकी...

भीरबाट लडेर एक युवतीको मृत्यु

काठमाडौं, ३० वैशाख-भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीया सुष्मा मल्ल रहेकीछिन् । स्याङजाको पुतलिबजार नगरपालिका–१२ पेल्काचौर बस्ने मल्लको सोमबार बिहान मृत्यु भएको छ । आफ्नै घरबाट अन्दाजी ३ किलोमिटर...

हुम्लामा आरडीटी सुरु

हुम्ला, चैत ३०-हुम्लाको सदरमुकाम सिमकोटमा रहेको रानीवन क्वारेन्टाइनका २२ र अन्य क्वारेन्टाइनका ३ जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरिएको छ । शनिबारदेखि सुरु भएको जाँचमा २५ जनाकै नेगेटिभ रिपोर्ट आएको रानीवन क्वारेन्टाइनका सूचना अधिकारी प्रजित...

महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी जलाए

धरान, २० मंसिर । सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् । क्याम्पसको जग्गा संरक्षण गर्न नसकेको भन्दै विद्यार्थीहरूले विद्यार्थी संगठनहरुको अगुवाईमा सोमबार क्याम्पस प्रमुख दामोदर भण्डारीको कुर्सी जलाएका हुन् ।...

साना किसान कृषि सहकारी संस्थाको व्यवस्थापन हस्तान्तरण

विराटनगर, माघ १५–मोरङको सुनवर्षी नगरपालिकाका २ साना किसान कृषि सहकारी संस्था लिमिटेडको व्यवस्थापन हस्तान्तरण गरिएको छ । सुनवर्षी नगरपालिकाको भेडुवा थान स्थित विपि सेवा केन्द्रमा आयोजित एक कार्यक्रमकाबीच सुनवर्षी–५ टकुवा र ९ नं. डायनियाँको साना...

युवालाई लोकसेवा तयारी कक्ष पढाउँदै कटहरी

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले यहाँका पाँच दजर्न बढी युवा युवतीहरुलाई लोकसेवाको तयारी कक्षा पठाउन सुरु गरेको छ ।प्लस २ (१२) कक्षा उत्तीर्ण भएका कटहरी गाउँपालिका भित्रका युवा युवतीहरुलाई सोमबारदेखि पालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन...

काँकरभिट्टा नाका लागु औषधको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै

विराटनगर, चैत ९–पछिल्लो समय पूर्वीनाका काँकरभिट्टा लागूऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । पूर्वमा लागूऔषध प्रयोग र कारोबार गर्नेको संख्या दैनिक बढ्दै गएपछि काँकडभिट्टानाका यतिखेर उनीहरुका लागि सुरक्षित यात्रास्थल जस्तै बनेको हो । केहीवर्ष अघिसम्म...

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज साँझ विश्वासको मत लिँदै

जनकपुर — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार साँझ विश्वासको मत लिने भएका छन् । एमाले सरकारबाट बाहिरिए पनि विश्वासको मत लिन आलटाल गरिरहेका मुख्यमन्त्री यादवले कानुनी अड्चनबाट बच्न मंगलबार साँझ विश्वासको मत दिन लागेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्