पूसोम कलेजले गर्यो २१ औं ब्याचको विद्यार्थीलाई विदाई

 न्यूज विराट
पूसोम कलेजले गर्यो २१ औं ब्याचको विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगर – २ मा रहेको पूर्वाञ्चल विश्व विद्यालय स्कूल अफ मेनेजमेन्ट (पूसोम)ले विविए संकायका २१ औं ब्याचका विद्यार्थीहरुलाई आज एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।

कलेजमा अध्यनरत विविएको आठौ सेमेस्टरका १ सय जना विद्यार्थी सातौ सेमेस्टरका विद्यार्थीले कलेजमा कार्यक्रम गरि मायाको चिनो प्रदान गरी विदाई गरेको हो ।

कार्यक्रममा कलेजका निर्देशक प्रशान्तकुमार लाल, पूर्व क्याम्पस प्रमुख दिनेसराज सुवेदी, प्राडा.जिवन ढकाललगायतले मन्तव्य राख्दै पुसोम कलेजले अझै शैक्षिक गुणस्तर विस्तार गरेर जाने भन्दै विद्यार्थीलाई शुभकामना दिएर विदाई गरे । पूसोम कलेजले नेपालमा पहिलो पटक २०५४ सालमा विविएको अध्यापन गराएको कलेजले जनाएको छ ।

विदाई कार्यक्रमा सातौ सेमेस्टरका विद्यार्थी , विद्यार्थीद्वय प्रसन्सा कट्टेल र निर्मल सापकोटाले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमा सातौ सेमेस्टरका विद्यार्थीहरुले नृत्य तथा गित गाएर मनोरञ्जन प्रदान गरेका थिए ।

पूसोम कलेजमा विविएलगायत एमविए, एमफिल, पिएचडिलगायतको पढाई हुने कलेजले जनाएको छ ।

सम्बन्धित समाचार

शसस्त्र प्रहरीलाई गोताखोर तालिम सुरु

विराटनगर । कोशी प्रदेशमा शसस्त्र प्रहरीका लागि गोताखोर तालिम सुरु भएको छ । शसस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालय सुनसरीको आयोजनामा तालिम सुरु भएको हो । तालिमको उद्घाटन कोशी प्रदेशका प्रमुख सचिव...

आफूनिकट नेतासँग छलफलपछि शीतल निवासमा प्रधानमन्त्री

काठमाडौं, २९ कात्तिक-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति  विद्या भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका छन् । सत्तारुढ नेकपाभित्र चर्को विवाद भइरहेको बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल...

कक्षा १२ को नतिजा सार्वजनिक, विराटनगरको कुन विद्यालयको कस्तो नतिजा ?

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको कक्षा १२ को नतिजामा विराटनगरका निजी र सामुदायिक विद्यालयको उत्कृष्ट नतिजा ल्याएका छन् । यहाँका विद्यालयहरुले आ–आफ्नै दावी गरेका छन् । विराटनगर – ३ मा रहेको पोखरीया...

बस्ती जोखिममा हुने गरी अवैध उत्खनन्, धनपालथान गाउँपालिका र प्रशासन मुख दर्शक

विराटनगर । मोरङको धनपालथान गाउँपालिका ६ मा जथाभावी माटो उत्खननले कदमा र नोचा बस्ती जोखिममा परेको छ । धनपालथान ६ लोहन्द्रा खोला छेउको बस्ती वरपर अवैध रूपमा माटो उत्खनन भएको कारणले बस्ती जोखिममा परेको हो...

विराट शिक्षा कलेजको प्रिन्सिपलमा डा. आशिष गुप्ता नियुक्त

विराटनगर । विराटनगर – ३ मा रहेको विराट शिक्षा कलेजको प्रिन्सिपलमा डा. आशिष गुप्ता नियुक्त भएका छन् । डाक्टर गुप्तालाई कलेजको बोर्ड बैठकले प्रिन्सिपलमा नियुक्त गरेको हो । नवनियुक्त प्रिन्सिपल गुप्ताले गुणस्तरीय शिक्षा प्रदान गरी...

धरानबाट औषधी सहित १ जना पक्राउ

विराटनग, ९ असार । सुनसरी धरान ११ सयपत्री चौक स्थितबाट ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो राती ९ बजे प्रतिबन्धीत औषधी सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २३...

१८ वैशाखसम्म सबै सीमा नाका बन्द रहने

सरकारले १८ बैशाखसम्म नेपालका सबै सीमा नाका बन्द गर्ने निर्णय लिएको छ । बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख १८ गतेसम्म उत्तर दक्षिणका सबै सीमा बन्दलाई निरन्तरता दिने निर्णय गरेको हो । १० चैत २०७६...

मिल्स क्रिकेट प्रतियोगिता सुरु, होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा विराटनगरको होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा विराटनगर जुट मिल्सको खेलमैदानमा बुधबार भएको उद्घाटन खेलमा भारत जोगवनीको प्रशान्त क्रिकेट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्