भव्य भयो धौंखल वंशको १७ औं भेला, ७ जना सम्मानित (फोटो फिचर)

 न्यूज विराट
भव्य भयो धौंखल वंशको १७ औं भेला, ७ जना सम्मानित (फोटो फिचर)

विराटनगर । झापा, मोरङ, सुनसरी र ताप्लेजुङ्गमा बसोवार गर्ने श्रेष्ठ सामुदायको धौंखल वंशको १७ औं भेला विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ ।
मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँस्थित पदम कुमार श्रेष्ठको घरमा विविद्य कार्यक्रम आयोजना गरी वंश भेला सम्पन्न भएको हो ।
प्रत्येक वर्ष अक्षयतृतियाको अवसर पारेर धौंखल वंश सेवा समितिले कार्यक्रम आयोजना गरी मनाउने गरेको छ । सोही अवसरमा आयोजित कार्यक्रममा सात जनालाई सम्मान गरेको छ । धौंखल वंश सेवा समितिलाई जग्गा दान गर्ने र एक लाख भन्दा बढी आर्थिक सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरेको संस्थाका अध्यक्ष पदम कुमार श्रेष्ठले जानकारी दिए । धौंखल वंश सेवा समितिको नाममा मोरङको मिक्लाजुङ गाउँपालिकास्थित मधुमल्लामा एक कठ्ठा जग्गा उपलब्ध गराउने टेक बहादुर श्रेष्ठलाई सम्मान गरिएको छ । यसैगरी एक लाख भन्दा बढी धौंखल वंश सेवा समितिलाई सहयोग गर्नुहुने उर्लाबारी ५ का हरिराज श्रेष्ठ, गौरदह नगरपालिका १ का कृष्ण बहादुर श्रेष्ठ, गौरदह ४ का गणेश बहादुर श्रेष्ठ, बेलबारी १० डाँगीहाटका डम्बर बहादुर श्रेष्ठ र दमक नगरपालिका १० का इन्द्र बहादुर श्रेष्ठलाई सम्मान गरिएको छ । यसैगरी धौंखल वंश सेवा समितिका सल्लाहकार कालिदास श्रेष्ठलाई पनि सम्मान गरिएको छ । सम्मानित भएका व्यक्तिहरुलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरियो ।


सोही अवसरमा धौंखल वंशावली पुस्तक पनि बिमोचन गरिएको छ । उक्त पुस्तकमा धौंखल वंशको इतिहास समेटिएको पुस्तक रहेको छ ।
कार्यक्रममा बोल्दै धौंखल वंश सेवा समितिका निर्वतमान अध्यक्ष डम्बर बहादुर श्रेष्ठले धर्म, संस्कृतिको संरक्षण र जगर्नेमा सबै जानुपर्नेमा जोड दिए । कार्यक्रममा धौंखल वंश सेवा समितिका संस्थापक अध्यक्ष हरीराज श्रेष्ठ, वर्तमान अध्यक्ष पदम कुमार श्रेष्ठ, कोषाध्यक्ष शम्भू श्रेष्ठ, सल्लाहकारहरु कालिदास श्रेष्ठ, रमेश श्रेष्ठ, महोन श्रेष्ठ, अक्षयकोष निमार्ण समितिका संयोजक हरी श्रेष्ठ, पुस्तक निमार्ण समितिका सदस्य भिम श्रेष्ठलगायले बोलेका थिए । कार्यक्रममा झापा, मोरङ, सुनसरी र ताप्लेजुङ्गमा बसोवास गर्ने धौंखल वंशावलीका सदस्यहरुको उपस्थिती रहेको थियो । उक्त संस्थामा ६५ घरका पाँच सय बढी सदस्यहरु आवद्ध रहेका छन् । सोही अवसरमा आस्ना श्रेष्ठले सांस्कृतिक पहिरन लगाएर नृत्य प्रस्तुत गरी रमाइलो प्रदान गरिन् ।

सम्बन्धित समाचार

शिक्षादीप कलेजका विद्यार्थीद्धारा पूर्वाञ्चल आश्रममा शैक्षिक सामाग्री र फलफूल वितरण

विराटनगर । विराटनगर – ९ मा रहेको शिक्षादीप कलेजमा अध्ययनरत विद्यार्थीहरूको क्लब शिक्षादीप स्टुडेन्टस क्लबका विद्यार्थीहरुले राष्ट्रिय बालदिवसको अवसरमा शैक्षिक सामाग्री र फलफूल वितरण गरेका छन् । पूर्वाञ्चल वाल सेवा आश्रममा शैक्षिक सामाग्री एवंफलफूल वितरण...

नियामकलाई छल्न खोज्ने एनआईसी एसिया राष्ट्र बैंकको फन्दामा

काठमाडौं, १० माघ । एनआईसी एशिया बैंकको बोनस शेयर वितरणमा रोक लगाइएको छ । गत मंसिर पहिलो साता नै एनआईसी एशिया बैंकले वार्षिक साधरणसभा डाक्नुपहिले फाइल स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाएको थियो । तर, राष्ट्र...

‘नेपालको नयाँ नक्सा जारी गरौँ, सीमामा बाँध कसौँ’

काठमाडाैं, २९ वैशाख-दक्षिणी छिमकी भारतबाट पटक-पटक सीमा अतिक्रमण भइरहेको विषयमा गम्भीर कदम चाल्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । कतिपय सांसदले त भारतसँग जोडिएका सीमानामा पर्खाल लगाउने काम अघि बढाउनसमेत सरकारलाई सुझाएका छन् । सोमबार प्रतिनिधिसभाको...

मेची अस्पतालमा कोभिड-१९ को उपचार सुरु

झापा, २० साउन-मेची अस्पताल भद्रपुरमा कोभिड-१९ को नमुना परीक्षणसँगै सङ्क्रमितको उपचार सुरु गरिएको छ । प्रदेश १ सरकारको सहयोगमा अस्पतालमा २५ शय्याको आइसोलेसन र पीसीआर प्रयोगशाला स्थापना भइसकेको छ । प्रदेशले २ वटा भेन्टिलेटरसमेत उपलब्ध...

कार्यान्वयनमा आएन घरभाडा छुट

काठमाडौं, १५ वैशाख-शङ्खमूल बस्दै आएकी शर्मिला तामाङले घरबेटीले पटकपटक ताकेता गरेपछि गत साता घरभाडा तिरिन् । कहिले भारी बोक्ने त कहिले भाँडा माझ्ने गरी आफ्नो जीविकोपार्जन गर्दै आएकी उनलाई खानै धौधौ परेको थियो । काठमाडौंको...

प्रदेश २ मा पत्रकारसहित थप ४७ जनामा कोरोना संक्रमण

वीरगञ्ज, ३२ साउन-प्रदेश-२ मा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा पत्रकारसहित ४७ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा ३७ पुरुष र १० जना महिला...

इलाममा सवारी दुर्घटना एक जनाको मृत्यु

विराटनगर, १५ माघ । इलाम नगरपालिका–९ मा बुधवार दिउँसो भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । इलामबाट झापा तर्फ जाँदै गरेको को १८ प ६९७ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ जाँदै गरेको...

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय कटहरी गाउँपालिका कमिटी गठन

विराटनगर १ असोज । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तीब्र पारेको छ । मुक्ति समाजले मोरङका १७ वटै स्थानीय तहका सबै वडामा संगठन सुदृढीकरण अभियान तीब्र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्