मोरङ उद्योग व्यापार संघका अध्यक्षमा राठी, महासचिबमा सञ्जय श्रेष्ठ

 न्यूज विराट
मोरङ उद्योग व्यापार संघका अध्यक्षमा राठी, महासचिबमा सञ्जय श्रेष्ठ

विराटनगर । मोरङ उद्योग व्यापार संघको अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्ष अनुपम राठी निर्विरोध निर्वाचित भएका छन् ।
संघको ३४ औं कार्यकारिणी समितिको अध्यक्ष पदका लागि निर्वाचित कार्यकारिणी सदस्यहरूले सर्वसम्मत रुपमा राठीलाई अध्यक्ष निर्वाचित गरेका हुन् ।
संघमा अनुपम राठीका बुवा नन्दकिशोर राठी र हजुरबुवा आशकरण राठीले अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।
संघका पूर्वअध्यक्ष नन्दकिशोर राठीले सोमबार नवनिर्वाचित अध्यक्षको रुपमा आफ्ना छोरा अनुपम राठीलाई स्वागत गरे । संघमा यसअघि महासचिव रहेका अनिल साहले वरिष्ठ उपाध्यक्ष पदको जिम्मेवारी पाएका छन् । यस्तै विकाशकुमार बेगवानी र अनिल सारडाले उपाध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।

संघको महासचिवमा सञ्जय श्रेष्ठ, सचिवमा अमित सारडा, कोषाध्यक्षमा राजेश बगडिया (अग्रवाल) र प्रवक्तामा दिपेश सुवेदी चुनिएका छन् । कार्यकारीणी सदस्यहरुमा सुशिल सुराना, विवेक अग्रवाल, मनिषकुमार मारु, देवाशिस गोल्छा, विनित सिंघानीया, अमित राठी, आशिष जाजु, पवन राठी, गोपाल अग्रवाल, ओमप्रकाश शर्मा, कृष्णप्रसाद रिजाल, बन्दना जैन, धिरज मोहता, विनोद बोहरा, डा.दिपेन्द्र नौलखा, पंकज गोयल र संजिव श्रेष्ठ चुनिएका छन् ।

यस्तै युवा उद्यम समितिका संयोजक अमित अग्रवाल र महिला उद्यम समितिका संयोजक श्रुती शर्मा संघमा पदेन सदस्य रहेको संघले जनाएको छ ।

सम्बन्धित समाचार

हिसान कोशी प्रदेश अन्तर क्रिकेटको उपाधि विराटनगरको अरनिको कलेजलाई

विराटनगर । हिसान कोशीको आयोजना तथा हिसान मोरङको सम्योजकमा विराटनगरमा भएको प्रथम कोशी प्रदेश स्तरिय अन्तर क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको अरनिको कलेजले जितेको छ । उसले बुधबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरकै ग्रिनल्याण्ड कलेजलाई ६४...

सबै न्यायाधीशको इजलासमा नियमित मुद्दाको पेशी

 करीव २ सातादेखिको न्यायिक अराजकता अन्त्य गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आजदेखि सबै न्यायाधीशलाई नियमित मुद्दाको पेशी तोकेर इजलास गठन गरेका छन् । यसअघि बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेशीमा चढाइएकोमा आजबाट सबै न्यायाधीशलाई नियमित मुद्दा हेर्न...

विराटनगरमा पर्यटन सूचना केन्द्रको स्थापना

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को सचिवालयमा पर्यटन सूचना केन्द्रको स्थापना गरिएको छ ।पर्यटन दिवसको अवसरमा मंगबलार विराटनगरस्थित नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सचिवालयमा पर्यटन सुचना केन्द्र स्थापना गरिएको...

विराट मेडिकल कलेज प्रशासकिय अधिकृतसहित दुई जना पक्राउ

विराटनगर, १३ माघ । फर्जी कर्मचारी देखाएर मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको लाखौं रुपैयाँ अपचलन गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित दुई जना पक्राउ परेका छन् । विराट मेडिकल कलेजका प्रमुख प्रशासकीय...

जन्ती बोकेको भारतीय जिप रौतहटमा दुर्घटना : पाँच जनाको मृत्यु

रौतहट । रौतहटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५पीए ६९५३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील...

सीमावर्ती ६ स्थानीयतहमा भदौ १७ गतेसम्म लकडानलाई निरन्तरता

विराटनगर, १० भदौ–समुदायस्तरमा कोरोना भाईरसको संक्रमण फैलिन नदिन दक्षिणपूर्वी मोरङकास्थानीयतहले एकरुपता कायम गर्दै आगामी भदौ १७ गतेसम्मका लागि बन्दाबन्दीलाई निरन्तरता दिने भएका छन् । मोरङको रंगेली नगरपालिकामा बसेको दक्षिणी हुलार्की राजमार्ग अन्तर्गतका सवै ६ वटै...

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक निरज बहादुर शाही

काठमाडौं, १४ वैशाख-प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाहीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ । यसअघिका प्रवक्ता शैलेश थापा क्षेत्री एआइजीमा बढुवा भएपछि आइतबार प्रवक्ताको जिम्मेवारी शाहिलाई दिएको प्रहरी...

‘ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा मेरो प्राथमिकता’

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणलाई आफ्नो कार्यकालमा प्राथमिकता दिने बताएका छन् । एक हप्ता अगाडि सरुवा भएर आएका मोरङ ट्राफिक प्रहरी प्रमुख...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्