मोरङको सुन्दरहरैचामा श्रीमतिको हत्या आरोपमा श्रीमान पक्राउ

 न्यूज विराट
मोरङको सुन्दरहरैचामा श्रीमतिको हत्या आरोपमा श्रीमान पक्राउ

विराटनगर । आफ्नै पत्नी ४५ वर्षीया मनमाया तामाङको हत्या गरेको आरोपमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका–५ गोर्खाली टोलका ५० वर्षीय श्रीमान पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

सुन्दरहरैँचा–५ स्थित बूढी खोला किनारमा भाग्दै गरेका पदमबहादुरलाई इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले स्थानीयको सहयोग लिएर पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

पक्राउ परेका पदमबहादुरलाई बेलबारी प्रहरीको हिरासतमा राखेर घटनाको थप अनुसन्धान अघि बढाइएको जानकारी डीएसपी बस्नेतले दिए । उनका अनुसार पदमबहादुरविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी छ । उनले पत्नी मनमाया तामाङको बुधबार राति हत्या गरेको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन (मापसे) गरेर घर आएका पदमबहादुरले सामान्य पारिवारिक विवादमा बाँसले हिर्काएर पत्नी मनमायाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पत्नीलाई मारेपछि उनी फरार बनेका थिए । हत्या गरेर घरको कोठाभित्र छाडेको अवस्थामा बिहीबार बिहान शव फेला परेको थियो ।

सम्बन्धित समाचार

डडेल्धुरामा कोरोना संक्रमितको संख्या ३९ पुग्यो

डडेल्धुरा, ३१ जेठ-डडेल्धुरामा थप २४ जनामा कोरोना पुष्टि भएको छ । शनिबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै डडेल्धुरामा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ...

प्रदेश १ मा २८ कोरोना संक्रमित

मोरङ, ११ वैशाख-प्रदेश–१ मा कोरोना सङ्क्रमितको संख्या २८ पुगेको छ । पछिल्लो कोभिड–१९ परीक्षणमा २ महिलामा संक्रमण देखिएसँगै पोजिटिभको संख्या २८ पुगेको प्रदेश–१ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित सूचना डेस्कले जनाएको छ । पोजिटिभ पुष्टि भएकामध्ये...

यस्तो छ आजको मौसम

नेपालमा पश्चिमी वायुको प्रभाव बढ्ने भएको छ । मंगलबार बिहान मौसमी प्रभाव आंशिक रहे पनि बुधबारबाट सक्रिय हुने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान तथा मधेस...

प्रदेश १ मा मंगलबार संक्रमित थपिनेभन्दा डिस्चार्ज हुने बढी

विराटनगर, १३ असोज–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३ जनाको मृत्यु भएको छ । झापा, मोरङ र सुनसरीमा थप १÷१ जना पुरुषको मृत्यु भएको छ । योसँगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको...

प्रदेश १ मा कोरोना संक्रमण घट्यो, एकसातामा ४९ संक्रमित थपिए

विराटनगर, १० माघ । प्रदेश १ मा एक साताको अवधिमा ४९ जना कोरोना संक्रमित थपिएका छन् । माघ ४ गते आईतबार देखि माघ १० गते शनिबार सम्म ४९ जनामा संक्रमण देखिएको हो । एकसाताको अवधिमा...

सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक फागुन २ गतेसम्मका लागि स्थगित

काठमाडौं । बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक फागुन २ गतेसम्मका लागि स्थगित भएको जनाएको छ । सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष...

नोबेलमा २ कोरोना संक्रमितको मृत्यु

विराटनगर, २३ असोज–विराटनगरस्थित नोबेल शिक्षण अस्पतामा उपचाररत दुई जना कोरोना सन्क्रमितको मृत्यु भएको छ । मोरङको रंगेली र सुनसरीको धरान घर भएका कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । नोबेलका प्रबन्धक नारायण दाहालका अनुसार मोरङको...

अखिल नेपाल ट्रेड युनियन महासंघको उपमहासचिवमा राय

विराटनगर । अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय उपमहासचिवमा ओपेन्द्र कुमार राय निर्वाचित भएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघको ८औ राष्ट्रिय महाधिवेशनबाट कोशी प्रदेश बाट राय उपमहासचिबमा निर्वाचित भएका हुन् ।महासंघको उपाध्यक्षमा भुपाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्