शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्नुहुँदैनः मेयर कोइराला

 न्यूज विराट
शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्नुहुँदैनः मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्न नहुनेमा जोड दिनुभयो ।
विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय टेस्टीटेस्टी हाजिरीजवाफ प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले व्यवहारिक, सीपमूलक र प्राविधिक शिक्षा दिएर उत्पादित जनशक्तिलाई सहजै रोजगारीका अवसर प्राप्त गर्ने वातावरण सिर्जना गर्नु आवश्यक रहेको औंल्याउनुभयो । उहाँले सैद्धान्तिक शिक्षालाई मात्रै जोड दिएका कारण बेरोजगारी समस्या बढ्दै गएको दाबी गर्नुभयो । ‘कलेजस्तरको पढाइ पूरा गरेपछि त्यो विद्यार्थीले रोजगारी पाउनुपर्छ । रोजगारी गर्न चाहँदैन भने आफैं स्वरोजगार हुने सीप र ज्ञान प्राप्त गरेको हुनुपर्दछ,’ उहाँले भन्नुभयो, ‘किताबी ज्ञानसँगै बाहिरका व्यवहारिक ज्ञान पनि दिनुपर्छ । पढेर जागिर नै खानुपर्छ भन्ने पनि छैन । अन्य पेशा व्यवसाय गरेर आत्मनिर्भर पनि हुन सकिन्छ । अबको शिक्षा रोजगारमूलक हुनुपदर्छ ।’
विदेशतिर निश्चित उमेरसम्म मात्रै अभिभावकले छोराछोरीको दायित्व निर्वाह गर्ने गरेको स्मरण गर्नुभयो । ‘त्यसपछि छोराछोरी आफैंले जागिर गर्ने हो कि, व्यापार व्यवसाय गर्ने हो कि के गर्ने हो उनीहरु आफैंले डिसाइट गरेर आत्मनिर्भर हुनुपर्दछ,’ मेयर कोइरालाले थप्नुभयो, ‘किनभने उनीहरुले व्यवहारिक, सीपमूलक र प्राविधिक शिक्षालाई जोड दिएका छन् । हामीकहाँ सैद्धान्तिक शिक्षालाई मात्रै जोड दिएका कारण हरेक वर्ष बेरोजगारी समस्या बढ्दै गएको छ ।’
अधिकांश शैक्षिक संस्थाले घोकन्ते शिक्षालाई मात्रै प्राथिमकता दिएको उहाँले बताउनुभयो । विद्यालयस्तरदेखि नै पाठ्यक्रममा आमूल परिवर्तन गर्नु जरुरी रहेको उहाँको कथन थियो । ‘किताबभन्दा बाहिर पनि अर्को संसार छ भनेर विद्यार्थीलाई बुझाउनु जरुरी छ । हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानभन्दा बाहिरको ज्ञान ग्रहण गर्न सहज हुने देखिन्छ । अझ विद्यार्थीको ज्ञानको भण्डारलाई थप फराकिलो बनाउनुका साथै बौद्धिकस्तरलाई पनि बढाउँछ,’ उहाँले भन्नुभयो ।
जुनियर जेसीजले विगत २८ वर्षदेखि टेष्टीटेष्टी विस्कुटको प्रायोजनमा प्रतियोगिता गर्दै आएको छ । प्रतियोगितामा विराटनगरको एभरेष्ट स्कुल प्रथम, जनता मावि इटहरी द्वितीय र सगरमाथा स्कुल विराटनगरले तृतीय स्थान हासिल गरेका छन् । विजेता विद्यालयलाई प्रमुख अतिथिसमेत रहनुभएको मेयर कोइराला, काबरा ग्रुपका प्रबन्ध निर्देशक नवलकिशोर काबरा, श्याम काबरा, प्रतियोगिता सञ्चालक (क्वीज मास्टर) डा. सन्देशदास श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष गौरव कर्णलगायतले विजेयता स्कुललाई क्रमशः ११, ७ र ५ हजार नगदका साथ ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रतियोगिताको फाइनलमा ६ वटा विद्यालयबीच प्रतिस्पर्धा गराइएको कार्यक्रम संयोजक श्रीयम सुवेदीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन, विपदमा परी मृत्यु भए २ लाख राहत

काठमाडौं, ७ साउन-सरकारले प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गरेको छ । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड-२०६४ लाई संशोधन गरी विपद् पीडित उद्धार र राहतसबन्धी मापदण्ड २०७७ स्वीकृत...

स्वास्थ्य सेवा विभागलाई खारेज गरिने

काठमाडाैं, २ जेठ-रकारले स्वास्थ्य सेवा विभागलाई खारेज गर्ने भएकाे छ । त्यसकाे ठाउँमा महामारी नियन्त्रण तथा रोग नियन्त्रणको मूल जिम्मेवारीसहितको (एनसीडीसी) स्थापना गर्ने  घोषणा सरकारले गरेको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७७/०७८...

मिल्स क्रिकेट प्रतियोगिता सुरु, होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा विराटनगरको होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा विराटनगर जुट मिल्सको खेलमैदानमा बुधबार भएको उद्घाटन खेलमा भारत जोगवनीको प्रशान्त क्रिकेट...

युवा सामाजिक अभियन्ताद्वारा विराटनगरमा दुई सय परिवारलाई खाद्यान्न वितरण

विराटनगर, २३ जेठ । निषेधाज्ञाको अवधिमा दैनिक मजदुरी गरी जीवनयापन गर्नेलाई हातमुख जोड्न समस्या भएको अवस्थामा विराटनगरका सामाजिक अभियन्ताहरुले आज यहाँ खाद्यान्न वितरण गरेका छन् । म्याप ट्राभल एण्ड टुर्स विराटनगर–११ र विजय ट्रेर्डस –६...

अप्रेसनमा खटिएका प्रहरीमाथि सुनसरीको बर्जुमा आक्रमण, अज्ञात समूहले लुटे हतियार

विराटनगर । सुनसरीको दक्षिण क्षेत्रमा विशेष अप्रेसनमा खटिएका दुई जना प्रहरीलाई आक्रमण गरी अज्ञात समूहले हतियार लुटेका छन् । सुनसरीको बर्जु गाउँपालिका १ शुक्रबारेमा डियुटिमा रहेका सादा पोसाकका प्रहरीलाई शुक्रबार राती १२ बजे आक्रमण गरी...

भत्ता लिन बैंक पुगेका वृद्धको मृत्यु

धादिङ, ८ जेठ-धादिङको गंगाजमुना गाउँपालिकाका १ वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोश भएर मृत्यु भएको छ । गङ्गाजमुना–४ ठकुरीडाँडाका दमको रोगी ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता झिक्न जाँदा फूलखर्कमा रहेको एसबीआई बैंकमा बेहोश...

मिल्स गोल्डकप फुटबल ट्रस्टको अध्यक्षमा पुन ः किशोर शाही निर्वाचित

विराटनगर । मिल्स गोल्डकप फुटबल ट्रस्ट रानी विराटनगरको अध्यक्षमा पुनः किशोर बहादुर शाही निर्विरोध निर्वाचित भएका छन् । ट्रस्टको विराटनगरमा शनिबार भएको छैटौं साधरण सभा तथा पहिलो अधिवेशनबाट शाही अध्यक्षमा पुन ः निर्वाचित भएका हुन्...

गुद्रीमा घर, टहरा र सटर खाली गर्न महानगरले निकाल्यो सुचना

विराटनगर, १६ कात्तिक । ५ अर्ब रुपैयाँ भन्दा बढीको लगानीमा विराटनगर–९ स्थित गुद्रीमा निर्माण हुने व्यापारिक कमप्लेक्सका लागि महानगरपालिकाले सुचना निकालेको छ । विराटनगर–९ स्थित गुद्रीबजार क्षेत्रको १४ कट्ठा जग्गामा बन्ने सो व्यापारिक कमप्लेक्सका लागि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्