प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सद्धारा १० लाखको दाबी भुक्तानी

 न्यूज विराट
प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सद्धारा १० लाखको दाबी भुक्तानी

विराटनगर । प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनिको विराटनर शाखामा बिमा गरेका कटहरी गाउपालिका ४ का नरेश कुमार कामतका आमा जिन्दा देबि कामतलाई १० लाख ४६ हजार रुपैया दाबी भुक्तानी गरेको हो ।

कामतले १० लाखको सर्वाधिक बिमा गरेका थिए । आर्थिक बचत तथा आर्थिक सुरक्षाका लागि बिमा गराएका नरेशको बिमा गरेको केही महिना पछि आकस्मिक मृत्यु भएको थियो । बिमितको निधन पछि हकबाला रहेकी आमा जिन्दादेबि कामत लाई बिमा बापतको रकम १० लाख ४६ हजार रुपैयाँ कोशी प्रदेश प्रमुख पुष्कर भट्टराईले हस्तान्तरण गरेका हुन् ।

दाबी भुक्तानी कार्यक्रममा शाखाका प्रमुख सन्तोश राई, एजिन्सी मेनेजर निलम ढुङेल तथा कटहरी ४ का वडाका वडा अध्यक्ष जिबनेश्वर यादब साथै अन्य जनप्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो । दाबी भुक्तानी दिदै क्षेत्रीय प्रमुख भट्टराईले भवितव्य पर्दा बिमा कम्पनी ले कसरी छिटोछरितो रुपमा दाबी भुक्तानी दिन्छ र बिमाका महत्वको बारेमा प्रष्ट पारे ।

सम्बन्धित समाचार

सप्तकोशीको कटानबाट प्रभावितलाई स्थानान्तरण गर्नू:गृहमन्त्री खाण

उदयपुरको बेलका नगरपालिकाका–१, २, ८ र ९ मा सप्तकोशी नदीमा पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् । सप्तकोशीको...

प्याब्सन मोरङको साधरण सभा सम्पन्न, शिक्षक र विद्यार्थीलाई सम्मान

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको १६ औं वार्षिक साधरण सभाको अवसर पारेर शिक्षक र विद्यार्थीहरूलाई सम्मान गरिएको छ । विराटनगरमा शनिबार भएको वार्षिक साधरणसभामा उत्कृष्ट नतिजा ल्याउने ६ जना विद्यार्थी...

नोवेल साकोसद्वारा स्रष्टा सम्मान

विराटनगर । विराटनगरस्थित नोवेल साकोस साहित्यिक संस्थाको आयोजनामा सम्मान तथा काव्यगोष्ठी सम्पन्न गरेको छ । विराटनगरमा शनिबार आयोजित कार्यक्रममा साकोसले कवि जमुना पौडेललाई सम्मान गरेको छ । कार्यक्रममा अग्रज साहित्यकार बलराम पोखरेल, प्रेस युनियन कोशी...

‘बरगाछी’ पत्रिकाको १६ औं अंक विमोचन

विराटनगर, ११ माघ । गुराँस पुस्तकालय विराटनगरद्वारा प्रकाशित बरगाछी पत्रिकाको १६ औं अंकको आज विमोचन गरिएको छ । प्रजातन्त्रका कमाण्डर मुक्तिप्रसाद–यदुनाथ चापागाईं विशेषाङ्कका रुपमा प्रकाशित १६ औं अंकको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र...

एस्पायर कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगरस्थित एस्पायर कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखिकरण दिएको छ ।कलेजले विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी अभिमुखिकरण गराएको हो । अभिमुखिकरण कार्यक्रमको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले गरे । काठमाण्डौ विश्व...

कोरोनाका कारण टिकटमै गुम्यो सर्वसाधारणको करोडौँँ रुपैयाँ

वैदेशिक रोजगारीमा जान ठिक्क परेका युवा रोकिएपछि हवाई टिकटमा करोडौं रुपैयाँ फसेको छ ।सरकारले हवाई कम्पनीलाई उड्न नपाएको रकम फिर्ता गर्न निर्देशन दिए पनि त्यो रकम कहिले फिर्ता पाउने भन्नेबारे यकिन नहुँदा उनीहरुको रकम फसेको...

नेपाल, भट्टराई र पौडेल चोख्याउन गच्छदारलाई फसाइयो : कांग्रेस

काठमाडौं, माघ २३–कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दुरुपयोग गरेर सरकारले बालुवाटारको ललिता निवास जग्गा घोटाला प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गर्न लगाएको आरोप लगाएको छ । पार्टी उपसभापति बिजय गच्छदारबिरुद्ध मुद्धा दायर भएपछि रुष्ट कांग्रेस...

रातारात एकता गर्ने तयारीमा समाजवादी र राजपा

काठमाडाैं, १० वैशाख-सम्भावित विभाजनलाई रोक्न समाजवादी पार्टीले राजपा नेपालसँग एकीकरणको प्रकृया अगाडि बढाएको छ । समाजवादी पार्टीबाट सांसदहरूको एउटा समूहले भोलि अर्को पार्टी बनाउने चर्चा चलिरहेको बेला उपेन्द्र यादव र राजपा नेताबीच एकता प्रकृया सम्बन्धमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्