विराटनगर । सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले चौथों संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा घरेलु टिम पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै एपीएफले उपाधित जितेको हो । जितसँगै एपीएफले नगद २ लाख ११ हजार १ सय रुपैयाँ हात पारेको छ । जितको लागि एपीएफको तर्फबाट भरत कपाली, दिसन राई र धनबहादुर श्रेष्ठले समान १–१ गोल गरे । पेमा युवा क्लबको तर्फबाट सान्तवना गोल मिलन राईले फर्काए । यसअघि २०७७ सालमा एपीएफले प्रथम संस्करणको मिल्स गोल्डकपको उपाधि जितेको थियो । त्यसबेला साइनो स्पोर्ट्स क्लव रानी मोरङलाई टाईब्रेकरमा ४–३ गोलले हराउँदै एपीएफले उपाधि जितेको थियो ।
सुरूवाती अग्रता घरेलु टिम पेमा युवा क्लबले लियो । खेल सुरु भएको ११ औं मिनेटमा मिलन लिम्बुले गोल गरी पहिलो हाफमा सुरूवाती अग्रता दिलाए । सुरज सुब्बाले निकालेको क्रस पासलाई मिलनले गोलमा परिणत गरे । घरेलु टिम पेमाले गोल गरेको दुई मिनेट बित्न नपाउँदै एपीएफले गोल गरी खेल बराबारीमा फर्काए । खेल सुरु भएको १३ औं मिनेटमा एपीएफका भरत कपालीले गोल गरी खेल बराबरीमा ल्याए । पेमाका गोलकिपर अरुणले टच गरेर रिबाउन्ड भएको बललाई भरतले आकर्षक गोल गरे । पहिलो हाफमा १–१ गोलको बराबरी भयो । दोस्रो हाफदेखि आक्रमक खेल्दै एपीएफका दिसन राईले ६० औं मिनेटमा गोल गरी अग्रता दोब्बर बनाए । हरी कार्कीले डिबक्स भित्रबाट दिएसको क्रस पासलाई दिसनले जाली चुमाए । अग्रता दोब्बर बनाएको १४ मिनेट बित्न नपाउँदै धनबहादुर श्रेष्ठले गोल गरि टिमको जित सुनिश्चत गरे । दिसन राईले निकालेको पासलाई धनबहादुरले गोल गरेका थिए । पेमा युवा क्बलले बारम्बार पाएको गोल गर्ने अवसर खेर पाल्दा उपबिजेता बन्यो । उपबिजेता बनेको पेमाले १ लाख ११ हजार १ सय ११ रुपैयाँमा चित्त बुझायो । प्रतियोगिताको प्लेयर अफ द म्याच एपीएफका दिसन राई घोषित भए । उनले नगद तीन हजार पाए । हाइस्कोर एपीएफकै हरी कार्की भए । उनले खेलभरीमा तीन गोल गरे । बेस्ट गोलकिपर एपीएफका सुजन बिक र टुनामेन्ट अफ द इयर पेमा युवा क्लबलका कोमल खवास घोषित भए । वैशाख ७ देखि १५ गतेसम्म संचालन भएको प्रतियोगितामा प्रदेश स्तरीय ‘ए’ डिभिजनका आठ टिमको सहभागि रहेको मिल्स गोल्डकप फुटबल ट्रष्टको अध्यक्ष विष्णुं डंगोलले जानकारी दिए । प्रतियोगिताको बिजेता हुने टिमलाई कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई, नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, मिल्स गोल्डकप फुटब ट्रष्टका अध्यक्ष विष्णु डंगोल, संयोजक मनोज खड्कालगायतले पुरस्कार वितरण गरेका थिए ।
काठमाडौं, ३० साउन-त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका थप ८ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ ।शुक्रबार ८ जना स्वास्थ्यकर्मीको कोरोना देखिएको हो । ‘८ जनालाई पोजिटिभ देखिएको छ,’ अस्पतालका कोभिड टिमका संयोजक डा. सन्तकुमार दासले भने,...
विराटनगर । लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मोरङ सुनवर्षी नगरपालिका वडा नं. ९ डाईनिया बजारमा रहेको बोलबम पेट्रोल पम्प अगाडीबाट लागूऔषध खैरो हिरोईनसहित दुई जनालाई पक्राउ गरेको हो । लागूऔषध ओसारपसार तथा...
काठमाडौं, २८ माघ । निर्वाचन आयोगले फागुन १ गतेबाट दैनिक पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचन सम्बन्धि जानकारी दिने भएको छ । आयोगले आज एक विज्ञिप्ती जारी गर्दै फागुन १ गतेबाट हरेक दिन अपरान्ह ४ बजे आयोगको...
विराटनगर । मोरङ कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले पार्टीका नेताहरूलाई बेवास्ता गरेको र उनीहरूको कामलाई असहयोग गरेको भन्दै कारवाहीको माग राखेका छन् । गाउँपालिकाभित्र रहेका क्षेत्रीय र प्रदेश प्रतिनिधि, पालिका सभापतिसहित पदाधिकारी, सातवटै वडाका सभापतिसहितको...
ललितपुर, ४ वैशाखगोदावरी नगरपालिकाले सुत्केरी मसला स्वरुप गुँदपाक तरण गरेको छ । कोभिड–१९ का कारण हाल मुलुक बन्दाबन्दी परेका बेला सुत्केरीलाई तागत पुर्याउन नगरपालिकाले गुँदपाक वितरण गरेको हो । गोदावरीमा प्रतिसुत्केरी आधा किलो गुँदपाकसहित अन्य...
विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा पाँच वटा स्कुल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ ।प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिताको आइतबारको खेलमा पूर्वाञ्चल, मोर्डन एरा, सिद्धार्थ, विकेभिएम र...
काठमाडाैं, ३ जेठ-धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाले जन्माएको शिशु र उनीसँगै आएका परिवारको परीक्षणका लागि स्वाब संकलन गरिएकाे छ ।मृतक महिलाको स्वाब धुलिखेल अस्पतालमा परीक्षण गर्दा पीसीआर र आरडीटी पोजिटिभ आएको थियो । त्यसपछि उनीसँगै आएका परिवार...
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी प्राध्यापक नभएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'उपकुलपति प्राध्यापक भएको भन्ने प्रमाण प्राप्त नभएकाले प्रचलित कानुन बमोजिमको...