मिल्स गोल्डकपको फाइनल : पहिलो हाफमा १–१ गोलको बराबरी

 न्यूज विराट
मिल्स गोल्डकपको फाइनल : पहिलो हाफमा १–१ गोलको बराबरी

विराटनगर । विराटनगरमा जारी चौथों संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पहिलो हाफमा १–१ गोलको बराबरी भएको छ ।
विराटनगर जुट मिलको खेलमैदानमा जारी फाइनल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी र पेमा युवा क्लब विराटनगरबीच भएको फाइनलमा पहिलो हाफममा १ –१ गोलको बराबारी भएको हो ।

प्रतिस्पर्धात्मक खेलमा सुरूवाती अग्रता घरेलु टिम पेमा युवा क्लबले लियो । खेल सुरु भएको ११ औं मिनेटमा मिलन लिम्बुले गोल गरी पहिलो हाफमा सुरूवाती अग्रता दिलाए । सुरज सुब्बाले निकालेको क्रस पासलाई मिलनले गोलमा परिणत गरे ।
घरेलु टिम पेमाले गोल गरेको दुई मिनेट बित्न नपाउँदै एपीएफले गोल गरी खेल बराबारीमा ल्याए । खेल सुरु भएको १३ औं मिनेटमा एपीएफका भरत कपालीले गोल गरी खेल बराबरीमा ल्याएका हुन् । पेमाका गोलकिपर अरुणले टच गरेर रिबाउन्ड भएको बललाई भरतले आकर्षक गोल गरे ।
पहिलो हाफमा १–१ गोलको बराबरी भयो ।

पेमा युवा क्लब पहिलो पटक र सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी दोस्रो पटक उपाधि हात पार्ने दाउमा रहेको छ । दुवै टोली उपाधि हात पार्न आत्मविश्वासी देखिएका छन् ।

दोस्रो पटक मिल्स गोल्डकपको फाइनलमा पुगेको एपीएफले महोत्तरीको नगर खेलकदुर विकास समिति बर्दिवास र टिडब्लुवाइसि विराटनगरलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । पहिलो पटक फाइनल पुगेको घरेलु टिम पेमा युवा क्लबले फियर फुटबल क्लब धरान सनसरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई हराउँदै उपाधि नजिक पुगेको हो ।

यसअघि २०७७ सालमा एपीएफले प्रथम संस्करणको मिल्स गोल्डकपको उपाधि जितेको थियो । त्यसबेला साइनो स्पोर्ट्स क्लव रानी मोरङलाई टाईब्रेकरमा ४–३ गोलले हराउँदै एपीएफले उपाधि जितेको थियो ।

वैशाख ७ देखि १५ गतेसम्म संचालन भएको प्रतियोगितामा प्रदेश स्तरीय ‘ए’ डिभिजनका आठ टिमको सहभागि रहेको मिल्स गोल्डकप फुटबल ट्रष्टको अध्यक्ष विष्णुं डंगोलले जानकारी दिए । प्रतियोगिताको बिजेताले २ लाख ११ हजार १ सय रुपैयाँ र उपबिजेताले १ लाख ११ हजार १ सय रुपैयाँ पाउनेछन् ।

सम्बन्धित समाचार

एसईई २०७७ को नतिजा प्रकाशित

काठमाडौं, २३ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो । बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले...

सामान्य अंकले नेप्से बढ्दा पनि ५६ कम्पनीले कमाए नाफा

काठमाडौं, ७ असोज । यो साताको अन्तिम कारोबारको दिन नेप्से सूचक सामान्य अंकले बढेपछि ५६ कम्पनीले नाफा कमाएका छन् । बिहीबार कारोबारमा आएका २ सय २८ कम्पनीको १ करोड ५७ लाख १४ हजार २ सय ६६...

विराटनगरमा ४ सहित प्रदेश १ मा १० जनामा कोरोना संक्रमण

विराटनगर, १५ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रण भएको छ । ३३५ जनाको पीसीआर परीक्षण गर्दा ९ र १११ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास...

हत्या गरिएको अवस्थामा उखुबारीमा युवतीको शव फेला

विराटनगर, माघ २४–सुनसरीको दुहवीकी एक महिलाको हत्या गरी विराटनगर महानगरपालिका–१२ बखरीको मलहनवास्थित उखुघारीमा फालेको अवस्थामा शव फेला परेको छ । सुनसरीको दुहवी नगरपालिका–६ कालि मन्दिरनजिकै बस्दै आएकी ३२ वर्षीया सम्झना खत्री परियारको शव हत्या गरी...

चौथो मिल्स गोल्डकपको फाइनल आज : एपीएफ दोस्रो पटक र घरेलु टोली पेमा पहिलो पटक उपाधि जित्ने दाउँमा

विराटनगर । चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा घरेलु टोली पेमा युवा क्लब विराटनगर पहिलो पटक र सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी दोस्रो पटक उपाधि हात पार्ने दाउमा रहेको छ । दुवै टोली...

शनिबार सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि

काठमाडौं, ३१ जेठ-सुदूरपश्चिममा शनिबार एकै दिन थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीको कोरोना परीक्षण प्रयोगशालामा थप ६४ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।...

विराटनगरमा कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने, माओवादी र समाजवादीमा छट्पटी

विराटनगर, २५ चैत । विराटनगरमा एक्लै बलियो अवस्थामा रहेको भन्दै नेपाली कांग्रेसले गठबन्धनमा आवद्ध कुनै दलसँग चुनावी तालमेल नगर्ने निर्णय गरेपछि गठबन्धनकै अरु दलमा छट्पटी सुरु भएको छ । कांग्रेससँग गठबन्धन गरेर भागवण्डा पाइने आशमा...

मोरङमा ट्राफिक प्रहरीको ‘लापसे’ अभियान तिव्र, लापसे गरेर सवारी चलाउने ८ जना पक्राउ

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले लापसे ( लागू पदार्थ सेवन ) गरेर सवारी साधन चलाउने ८ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङ, ईलाका प्रहरी कार्यलय रानी र लागु औषध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्