विराटनगर । ‘बीएलएस र एसीयलएस’ तालिमको लागि न्युरो हस्पिटल र सेन्टर फर इमर्जेन्सी मेडिकल एडभान्समेन्ट (सेमा) बीच सम्झौता भएको छ । आगमि दिनमा उक्त तालिमको लागि दुई पक्षबीच सहमति भएको हो ।
सेमा र न्यूरोबीच सम्झौता भएपछि आउँदा दिनमा यस्तो तालिम न्युरो हस्पिटलको तालिम केन्द्रमा गर्ने सहमति भएको छ ।
उक्त सम्झौता पत्रमा सेमाको तर्फबाट निर्देशक डाक्टर अजय सिंह थापा र हस्पिटलको तर्फबाट संरक्षक, संस्थापक तथा प्रबन्ध निर्देशक डा. विरेन्द्र कुमार बिष्टले हस्ताक्षर गरेका छन् । यो सम्झौता पछि चाँडै स्वास्थ्यकर्मीको लागि तालिम गर्ने बताइएको छ ।
जोखिमपूर्ण कक्षमा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि यो तालिमले ठूलो सहयोग पुग्नेछ । उक्त तालिम लिएपछि संसारको जुनसुकै देशमा मान्यता पनि पाउनेछ । विशेष गरी अस्पतालको जोखिमपूर्ण कक्षमा कार्यरत स्वास्थ्यकर्मीको लागि उक्त तालिम दिने गरिएको सेमाले जनाएको छ ।