चौथो मिल्स गोल्डकपको फाइनल आज : एपीएफ दोस्रो पटक र घरेलु टोली पेमा पहिलो पटक उपाधि जित्ने दाउँमा

 न्यूज विराट
चौथो मिल्स गोल्डकपको फाइनल आज : एपीएफ दोस्रो पटक र घरेलु टोली पेमा पहिलो पटक उपाधि जित्ने दाउँमा

विराटनगर । चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा घरेलु टोली पेमा युवा क्लब विराटनगर पहिलो पटक र सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी दोस्रो पटक उपाधि हात पार्ने दाउमा रहेको छ । दुवै टोली उपाधि हात पार्न आत्मविश्वासी देखिएका छन् ।
विराटनगर जुट मिलको खेलमैदानमा आज शनिबार दिउँसो चार बजे हुने फाइनलमा दुवै टिम उपाधि जित्ने गरी खेल्दैछन् ।

दोस्रो पटक मिल्स गोल्डकपको फाइनलमा पुगेको एपीएफले महोत्तरीको नगर खेलकदुर विकास समिति बर्दिवास र टिडब्लुवाइसि विराटनगरलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । पहिलो पटक फाइनल पुगेको घरेलु टिम पेमा युवा क्लबले फियर फुटबल क्लब धरान सनसरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई हराउँदै उपाधि नजिक पुगेको हो ।

यसअघि २०७७ सालमा एपीएफले प्रथम संस्करणको मिल्स गोल्डकपको उपाधि जितेको थियो । त्यसबेला साइनो स्पोर्ट्स क्लव रानी मोरङलाई टाईब्रेकरमा ४–३ गोलले हराउँदै एपीएफले उपाधि जितेको थियो ।

वैशाख ७ देखि १५ गतेसम्म संचालन भएको प्रतियोगितामा प्रदेश स्तरीय ‘ए’ डिभिजनका आठ टिमको सहभागि रहेको मिल्स गोल्डकप फुटबल ट्रष्टको अध्यक्ष विष्णुं डंगोलले जानकारी दिए । प्रतियोगिताको बिजेताले २ लाख ११ हजार १ सय रुपैयाँ र उपबिजेताले १ लाख ११ हजार १ सय रुपैयाँ पाउनेछन् ।

सम्बन्धित समाचार

दसैँमा घर आउँदा १४ दिन क्वारेन्टाइन बस्नुपर्ने‍

तनहुँ, १९ असोज-दसैँमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नपर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो ।  चाडपर्वमा देश तथा विदेशबाट धेरै...

विराटनगरमा बैंकभित्रै कर्मचारीद्धारा विषादी सेवन गरी आत्महत्या

विराटनगर, साउन २१–विराटनगर–७ स्थित सनराइज बैंकको शाखा कार्यालयमा कार्यरत एक महिला कर्मचारीले बुधबार आत्महत्या गरेकी छन् । विराटनगर महानगरपालिका–८ घर भएकी बैंकको कर्जा शाखामा कार्यरत ३० वर्षीय सनाज खतिवडाले मुसा मार्ने बिष सेवन गरि आत्महत्या...

औषधि तथा बिक्री प्रतिनिधि संघको राष्ट्रिय महाधिवेशन विराटनगरमा

विराटनगर, माघ २३–नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको २७औँ राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने भएको छ । शुक्रबार र शनिबार हुन लागेको महाधिवेशनमा देशभरिबाट ५ सय जना एमआरहरू सहभागी हुने संघका केन्द्रीय सचिव सुनीलकुमार श्रेष्ठले जानकारी...

बलात्कार आरोपी पक्राउ

विराटनगर, बैशाख २८–मोरङको मिक्लाजुङकी दलित बालिका बलात्कार गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन् । गत वैशाख १९ गते मिक्लाजुङकी १४ बर्षीय दलित बालिका बलात्कार गरेर फरार रहेका स्थानाीय २२ वर्षीय धिरेन मगर आइतबार...

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, २२ जेठ-लकडाउनबारे छलफल गर्नका लागि आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री सरकारी निवास अपरान्ह ४ बजे बस्ने बैठकमा कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनको मोडालिटी परिवर्तनबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री...

डाक्टर र नर्समा कोरोना देखिएपछि कोशी अस्पतालको ‘पोस्टनेटल वार्ड’ शिल

विराटनगर, साउन १२–विराटनगरस्थित कोशी अस्पतलामा कार्यरत एक जना डाक्टर र एक जना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको ‘पोस्टनेटल वार्ड’ शिल गरिएको छ । आइतबार रातिदेखि कोशीकोे पोस्टनेटल वार्ड शिल गरि संक्रमति नर्सको सम्र्पकमा रहेकाहरूको...

सरकारले सुविधा सम्पन्न थप ३५ सय वेड आइशोलनसन निर्माण गर्दै

विराटनगर, २७ कात्तिक–स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले प्रदेश नं १ को सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सक्रियतामा निर्माण भईरहेको ‘नागरिक केयर सेन्टर’को आज अनुगमन गरेका छन् । मन्त्री ढकालले कोरोना संक्रमितको उपचारका लागि एचडियु...

प्रहरीमा घट्यो शान्ति मिसन आकर्षण

काठमाडौं, फागुन २६–नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जान २०४८ फागुन २९ बाट सुरु ग¥यो। तत्कालीन युगोस्लाभियाबाट सुरु भएको यो क्रम अहिले पनि छ। प्रहरीमा जागिर खाएपछि कम्तिमा एकपटक शान्ति मिसन गएर आर्थिक जोहो टार्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्