विराटनगरमा चौथो नेवा महोत्सव सुरू, एकै ठाउँमा थरी–थरीका परिकार
शुक्रबार, १४ बैशाख, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित झीः पुचमा नेवा : त : मुँज्या र चौथो नेवा : महोत्सव सुरु भएको छ । नेपाल भाषा तथा सांस्कृतिक सङ्घ (झी पुचः) को आयोजनामा शुक्रबारदेखि नेवा : त: मुँज्या र चौथो नेवा : महोत्सव सुरु भएको हो । विराटनगर १० स्थित बङ्गलामुखी मार्गमा रहको झी पुचः मार्गमा शनिबारासम्म संचालन हुने उक्त महोत्सवमा दुई दिने तमुज्याँ कार्यक्रम पनि गरिएको छ । महोत्सवको उद्घाटन उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेश प्रसाद राजभण्डारीले गरे ।
दुई दिनसम्म संचालन हुने महोत्सवमा कोशी प्रदेश भित्रका प्राज्ञिक बुद्धिजीवी विज्ञ एवम् नेवाः सङ्घ संस्थाका प्रतिनिधिहरूको भेला गरी भाषा संस्कृतिको संरक्षण, प्रवर्द्धन र संवर्द्धनको लागि समसामयिक विषयमा छलफल अन्तरक्रिया गरिने झी : पुचका अध्यक्ष भविश श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा विभिन्न नेवाः तथा अन्य जातीय परिकारका फुड स्टल, स्वदेशी हस्तकलाका स्टल रहेको छ । महोत्सवमा सांस्कृतिक कार्यक्रम पनि हुने भएको छ । नेपाल भाषा तथा सांस्कृतिक सङ्घले सामूहिक गाईजात्रा, व्रतबन्ध, बेल विवाह, शंख्वधन साख्वा स्मारक तथा मार्ग निर्माण, लाखे नाच, झी पुचः जातीय सङ्ग्रहालय स्थापना सहितको सांस्कृतिक कार्य गर्दै आएको सङ्घका महासचिव सुभाष अमात्यले जानकारी दिए । हरेक वर्ष नेवाः नेवा महोत्सव गर्दै आएकोमा यो वर्ष चौथो महोत्सव हो ।
विराटनगर । नेकपा एमाले मोरङको जारी १० औं जिल्ला अधिवेशनबाट नया नेतृत्व चयनका लागि बुधबार विहान मतदान हुने भएको छ । आज हुने भनिएको मतदान निर्वाचन कमिटीले बुधबार विहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म निर्वाचन...
विराटनगर । मिल्स फार्क नकआउट फुटबल प्रतियोगिताको शनिबार हुने फाइनलमा उपाधिको लागि मोरङ पथरीको रेडस्टार र विराटनगरको मेरील्याण्ड स्कुल भिड्ने भएको छ ।विराटनगरको जुटमिटलको खेलमैदानमा शुक्रबार भएको सेमिफाइनल खेलमा रेडस्टारले सुन्दरहरैचाको ब्राइट फियूचर र रेडस्टारले...
काठमाडौं, १६ असार-पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्नेलगायत विषय डिजाइनअन्तर्गत भएको टिप्पणी गरेका छन् । जारी स्थायी समिति बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा मागेपछि नेकपा केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले सामाजिक...
विराटनगर । पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भारी मतअन्तरले हराउँदै मोरङको क्षेत्र नं. ३ बाट मेडिकल व्यवसायी तथा नेपाली काँग्रेसका उम्मेदवरा डा. सुनिल कुमार शर्मा विजयी भएका छन् । ढकाललाई २२ हजार ७ सय ३६ मत...
विराटनगर, १९ साउन । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिएको छ । क्लबले स्वच्छ वातावरणका लागि सुरु गरेको बृक्षारोपण कार्यक्रम अन्तर्गत दोस्रो चरणमा विभिन्न स्थानमा बृक्षारोपण गरेको हो । क्लबले उद्योग...
विराटनगर । ओबी मिडिया प्रालि र नेपाली उद्यमी युवा मञ्च विराटनगर च्याप्टरबीच दुई पक्षीय सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ । युवा उद्यमशीलता प्रवद्र्धनलाई प्राथमिकतामा राख्न दुई संस्थाबीच सम्झौता भएको हो । मञ्चका अध्यक्ष राघव कोइराला...
राधेश्याम खतिवडा, चितवन । नेकपा एमालेको दशौँ महाधिवेशनका क्रममा चितवनको सौराहामा लगातार तीन दिनसम्म झन्डै आठ हजारको सङ्ख्यामा भिड थियो । महाधिवेशन प्रतिनिधिसँगै चासो राख्ने एमालेका हजारौँ कार्यकर्ताले सौराहा भरिएको थियो । मङ्सिर १०, ११, १२...
विराटनगर । झापाबाट कपडाको तस्करी हुने गरेको पाइएको छ । मोरङ प्रहरीले उर्लाबारीदेखि ठूलो परिमाणमा तस्करीको कपडा बरामद गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।तस्करी गरेर ल्याइएको अवैध कपडासहित मारुती भ्यानलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले...