शिक्षादीप कलेजमा जलवायु सम्मेलन, फरक विषयहमा खोज अनुसन्धान

 न्यूज विराट
शिक्षादीप कलेजमा जलवायु सम्मेलन, फरक विषयहमा खोज अनुसन्धान

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले एक दिवसीय जलवायु सम्मेलन सम्पन्न गरेको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगि रहिएको वर्तमान सन्दर्भमा कलेजले शुक्रबार जलवायु सम्मेलन गरेको हो ।

उक्त सम्मेलनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) की सह–प्राज्ञ डा.इन्द्रमणि भगतले सहभागीहरुको प्रस्तुतिकरणले वातावरण प्रदूषणका विश्वव्यापीखास मुद्दाहरुको चर्चा गरे । नेपाल पनि जलवायुको परिवर्तनको चपेटामा परेको र हिजो–आजको जस्तो गर्मी तथा यस्ता धेरै असन्तुलनहरुका साथै जोखिमहरु सहनुपरेको उनले बताइन् ।
सह–प्राज्ञ डा.भगतले सानो प्रयास सबैले गरेमा जलवायुमा नियमितता ल्याउन सकिने भएको हुँदा शिक्षादीपको यो प्रयासको प्रसंशा गरिन् ।

कलेजमा जीव विज्ञान मूल विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुले वातावरण प्रदूषण र जलवायु परिवर्तनका सवालहरु खोजी गरेर त्यसका कारण,असर र समाधानका उपायसमेत उल्लेख गरी समूहगत रुपमा प्रस्तुती गरेका थिए ।
आठ वटा समूहका ३५ जना प्रस्तोताले फरक विषयहरुमा खोज अनुसन्धान गरी अढाई सय जना सहभागीहरुकावीचमा प्रतिवेदन प्रस्तुत गरेका हुन् । उनीहरुले मिचाहा प्रजातिका जीवहरुले नेपालको इकोसिष्टम र जनजीवनमा पारेको प्रभाव, विश्वव्यापी तापमान वृद्धि, अम्लीय वर्षा, छिटो परिवर्तन भइरहने फेशन तथा खेर जाने खानेकुरालाई वातावरणीय समस्याको रुपमा व्याख्या गरेर जानकारी दिएका थिए । साथै प्लाष्टिक प्रदुषण, ओजोन तह विनाश, जैविक विविधताको क्षयीकरणजस्ता विषयवस्तुसँग सम्बन्धित तथ्यहरु समेटेका थिए ।

सम्मेलनमा बोल्दै कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले विद्यार्थीहरु किताबी ज्ञानमा मात्र सीमित नभई खोज अनुसन्धान गर्न सक्ने भएको दाबी गरे । ‘हामीले विद्यार्थीहरुलाई उनीहरुको चाहना र मनोविज्ञान अनुसार अनुसन्धान तथा आविष्कार गर्ने वातावरण निर्माण गरेका छौँ । हामी विश्वास गर्छौ आज हामीले यहाँ गरेको यो सानो प्रयासले सिंगो पृथ्वीको वातावरण संरक्षणमा ठूलो योगदान दिएको पुष्टि हुनेछ,’ उनले भने, ‘यी विद्यार्थीको दिमागमा वातावरण संरक्षण गनुपर्छ भन्ने सन्देश घुसाउन सक्दा मात्र भविष्यको वातावरण स्वच्छ हुने हो, तसर्थ हामीले यो प्रयास गरेका हौँ ।’
प्रिन्सिपल खड्काले शिक्षादीपले यस्ता अतिरिक्त क्रियाकलाप एक सालमा एक दर्जनभन्दा बढी आयोजना गर्दै आएको उनले बताए । ‘स्मल एक्ट, विग इम्प्याक्ट’ मूल नाराका साथ आयोजित सो सम्मेलनमा वनस्पति विज्ञहरु डा.ललितनारायण मण्डर, एलिजा आचार्य लगायतले बोलेका थिए ।
कलेजका अध्यक्ष तथा प्रदेश संसद भीम पराजुली, सहप्राध्यापक शैलेन्द्र शिवाकोटी, कलेजका चिफ डाइरेक्टर रमेशकुमार मण्डल, संयोजकहरु नवीनकुमार राय र शंकर भट्टराई र अरु डाइरेक्टरहरुकोे उपस्थिति रहेको थियो ।
शिक्षादीपकलेजले गतवर्षदेखि जलवायु सम्मेलन आयोजनागर्दै आइरहेको र यसलाई निरन्तरता दिँदै लगिने सम्मेलनका कन्भेनर रामचन्द्र अधिकारीले जानकारी दिए ।

सम्बन्धित समाचार

एकसाथ देखिँदै बलिउडका तीन खान

एजेन्सी, ४ मंसिर-बलिउडका स्टार तीन खानलाई एकसाथ चलचित्रमा देख्न पाइने भएको छ । आमिर खान स्टारर चलचित्र 'लाल सिंह चड्ढा'मा आमिरसँगै सलमान खान र शाहरुख खानलाई पनि देख्न पाइने भएको हो । भारतीय संचारमाध्यमका अनुसार...

असुरक्षित गर्भपतनले महिलाको मृत्यु, मेडिकल संचालक पक्राउ

विराटनगर । असुरक्षित गर्भपतन गराउने क्रमम झापाको एक जना महिलाको मृत्यु भएको छ । औषधि पसलले गर्भपतन गराउनका लागि दिएको औषधि सेवन गर्दा दमक नगरपालिका–४ की ४० वर्षीया कल्पना राईको मृत्यु भएको हो । मोरङको...

भारतीय सीमामा काँडेतार लगाउन सांसदहरूको माग

काठमाडौं, ३१ वैशाख-राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरूले नेपाल–भारत सीमाक्षेत्रमा काँडेतार लगाउनुपर्ने माग गरेका छन् । सीमाक्षेत्रमा रहेका नागरिकहरूलाई भारतीय गतिविधिले आक्रान्त बनाएको उल्लेख गर्दै सांसदहरूले काँडेतार वा पर्खाल लगाउन माग गरेका हुन् । सांसद...

प्रदेश १ मा संभावित विपद् जोखिम क्षेत्रको ‘म्यापिङ’ गर्ने निर्णय

विराटनगर । प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत विपद् कार्यकारी समितिको बैठकले गत कात्तिक २ गते आएको अविरल वर्षा र त्यसपछिको बाढी पहिरोबाट प्रदेशमा भएको क्षतिको समग्र समीक्षा गरेको छ । सोमबार समितिका...

प्रदेश १ मा आइतबार १० जनामा कोरोना पुष्टि, उदयपुरमा फेरी संक्रमण

विराटनगर, जेठ २५–प्रदेश १ मा आइतबार एकैदिन १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । आइतबार विराटनगर महानगरपालिका–३ की २२ बर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सुनसरीको इनरुवा नगरपालिका–८ का...

देशभर एकै दिन थपिए १ हजार ५३९ संक्रमित

काठमाडौं, ३१ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ५ सय ३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो अहिलेसम्मकै सर्वाधिक धेरै दैनिक कोरोन संक्रमण पुष्टि हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-...

कांग्रेसको प्रदेश कोषाध्यक्षमा गुप्ता मनोनित

विराटनगर, ५ वैशाख । नेपाली कांग्रेस प्रदेश नं १ को कोषाध्यक्षमा राजेश गुप्ता चयन भएका छन । प्रदेश कार्यसम्पादन समितिको आइतबार बसेको वैठकले प्रदेश सदस्य समेत रहेका गुप्तालाइ कोषाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको उपसभापति रमेशजंग...

अब नेपाल एयरलाइन्सकाे टिकटबाटै युरोप, अस्ट्रेलियाकाे यात्रा गर्न पाइने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को टिकटबाट युरोप, अस्ट्रेलिया र एसियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न पाइने भएको छ । नेपाल एयरलाइन्सले सिधा उडान नहुने गन्तव्यमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्