विराटनगरको जतुवामा दिनदहाडै तरवार प्रहार, दुई जना घाइते

 न्यूज विराट
विराटनगरको जतुवामा  दिनदहाडै तरवार प्रहार, दुई जना घाइते

विराटनगर । विराटनगर – १४ जतुवामा दिनदहाडै तरवार प्रहारबाट दुई जना घाइते भएका छन् । विराटनगर– १४ का पूर्व वडाअध्यक्ष बलदेव यादवको निर्देशनमा १० जनाको समूहले जग्गा विवादलाई लिएर तरवार प्रहार गर्दा ४० वर्षीया सन्तलाल यादव र ३० वर्षीय प्रकाश यादव बुधबार घाईते भएका हुन् ।

घाईते भएका सन्तलालको विराट टिचिङ्ग हिस्पटल र प्रकाशको न्यूरो हस्पिटलमा उपचार भइरहेको छ ।

तरवार प्रहारबाट सन्तलाललाई गहिरो चोट लागेको छ । उनको बाँदा हात र बायाँ औँलामा गहिरो चोट लागेको छ । सन्तलालको हातमा गिहरो चोट लागेर नशामा पनि असर पुगेको कारणले उनको भास्कुलर सर्जरी गरिनुपर्ने भएकोले थप उपचारको लागि विराट लगिएको चिकित्सकले बताएका छन् ।

उनीहरुमाथि विराटनगर १४ का जोगी भनिने योगी यादव, फुलेश्वर यादव, शंकर यादव, जय प्रकाश यादव, राजेश यादव, दिपेश यादव, विजो भनिने विजय यादव, निलु यादव, रविन भनिने शंकर यादवको समूहले आक्रमण गरेको पीडितले आरोप लगाएका छन् । घाइते मध्ये सन्तलालले पुर्ववडाअध्यक्ष बलदेवको घर छेउमा नयाँ घर बनाउँदैछन् । सन्तलालको पुरानो घर विराटनगर १४ रेलवेयदेखि पुर्वमा रहेको छ । अहिले नयाँ घर उनले विराटनगर १४ धरामवाद रोडमा बनाउँदैछन् । उनी र प्रकाश मोटसाइकलमा चढेर नयाँ घर बनाएको तर्फ बुधबार दिउँसो आउँदै थिए । ‘घरदेखि झण्डै दुई मिटर टाढा पुगेपछि बलदेवको मकैबारीमा बसेका १० जनाको समूहले तरवार लिएर आए । हामीमाथि तरवारले आक्रमण गरे । तरवारले टाउँमा पनि प्रहार गरे । हेलमेट लगाएकोले टोउँको जोगियो । धेरै पटक हामीमाथि तरवार प्रहार गरेको थिए । जोगिदा जोगिदैपनि हातमा तरवारले लागो,’ अस्पतालको शैय्यामा उपचार गरिरहेका घाइते सन्तलालले भने, ‘जग्गाको विवादलाई लिएर पुर्व वडाअध्यक्ष बलदेव यादवको निर्देशनमा उहाँकै मकैबारीमा हामीथि नियोगित रुपमा आक्रमण भएको छ । भागेर ज्यान जोगियो ।’ आक्रमणकारीले मार्ने उद्देश्यले हमला गर्न निर्देशन दिने र आक्रमण गर्नेलाई कारवाहीको लागि प्रशासनसँग जोडदार माग पीडित पक्षले गरेका छन् ।


सन्तलालको नयाँ घरको बिहीबार ढलाई रहेको थियो । तेही भएर उनी र प्रकाश निर्माणधिन घर हेर्न जाँदा आक्रमण भएकोे छ । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले घटनाको अनुसन्धान सुरु गरिएको बताए । ‘हामी घटना के भएको हो । बुझेर अनुसन्धान गर्दै आएका छौं,’ उनले भने, ‘घटनामा संलग्नलाई पक्राउ गरि कारवाहीको दायारमा ल्याउनेछौं ।’

सम्बन्धित समाचार

जानकी जन्मोत्सवमा सुनसान जन्मभूमि

जनकपुर, १९ वैशाख-धार्मिक एवं पर्यटकीय नगरी जनकपुरधाममा जानकी जन्मोत्सव आज मनाइँदै छ । त्रेता युगमा वैशाख शुक्ल नवमीका दिन देवी जानकीको जन्म भएकाले जनकपुरधाममा जानकी जन्मोत्सव प्रत्येक वर्ष विशेष उत्सवका साथ मनाइने गरिन्छ । जन्मोत्सवका...

सुदृढ एकताले राष्ट्रिय भावनालाई अझ बलियो बनाउँछ : राष्ट्रपति

अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले उक्त विश्वास व्यक्त गरेकी हुन् । उनले आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुशी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाइने यस्ता पर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको...

कपटपूर्ण तरिकाले बजेट मार्फत एमसिसि आयो: पूर्वमन्त्री मण्डल

विराटनगर जेठ १८–पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सांसद शिवकुमार मण्डलले सरकारले एमसिसि पारित गराउन छलकपट गरिरहेको आरोप लगाएका छन् । नेकपा केन्द्रीय सदस्यसमेत रहेका सांसद मण्डले सरकारले षड्यन्त्रपूर्वक ढंगले संसदमा एमसिसि ल्याउन खोजेको आरोप...

चिनियाँ र दक्षिण कोरियाली राष्ट्रपति बीच टेलिफोन वार्ता

एजेन्सी, जेठ २-चिनियाँ राष्ट्रपति सी जिनपिङ र दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनबीच कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि आपसी सहकार्य गर्ने बिषयमा टेलिफोन वार्ता भएको छ । कोभिड–१९को रोकथाम तथा नियन्त्रणका क्रममा चीन र दक्षिण...

संविधानसभाकाे रेकर्ड झिकाउन माग, प्रधानन्यायाधीशले भने- आवश्यक परे झिकाइन्छ

काठमाडौं, ४ माघ-वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटनका विषयमा संविधानसभामा भएका बहसका रेकर्ड मगाउन माग गरेका छन् । आइतबारको इजलासमा उनले संविधानसभामा संविधान बनाउँदा यो विषयमा बृहत् छलफल भएकाे भन्दै रेकर्ड झिकाउन माग गरेका हुन् । त्रिपाठीलाई...

राष्ट्रिय जनमोर्चाले सांसदबाट हटाएका कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य पदबाट हटाएका कृष्ण थापालाई सांसद पदमा पुनर्बहाली गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई सांसद पदमा पुनर्बहाली गर्न आदेश दिएको हो । थापाले आफू...

भारतमा नयाँ संक्रमित घटे, ज्यान गुमाउने बढे

एजेन्सी, ३ माघ । भारतमा बितेकाे २४ घण्टामा २ लाख ५८ हजार ८९ जना काेराेना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार याे संख्या अघिल्लाे दिनकाे तुलनामा १३ हजार ११३ ले कम हाे ।...

रिङ रोड र रेल्वेको का चाँडै अघि बढ्छः मन्त्री घिमिरे

विराटनगर, १५ मंसिर–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगरको ‘रिङ रोड’ र रेल्वेको कामले गति लिने बताएका छन् । अवरुद्ध भएको रिङ रोड र रेल्वेको कामले छिट्टै गतिलिने उनले बताए । मोरङको कटहरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्