विराटनगर । विराटनगर नर्सिङ क्याम्पसमा स्नातकोत्तर पढाइ हुनुपर्नेमा यहाँ आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले माग गरेका छन् । विराटनगर नर्सिङ क्याम्पसले राखेको नर्सिङमा नयाँ विधि र ढाँचा विषयमा सुरु गरिएको दुई दिवसीय अनुसन्धान सम्मेलनको उद्घाटन कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै त्रिवि चिकित्साशास्त्र अध्ययन संस्था (आईओएम) की डीन प्राडा दिव्या सिंह शाहले विराटनगर नर्सिङ क्याम्पसमा नर्सिङ सम्बन्धी स्नातकोत्तर पढाइ सुरु गर्दा उपयुक्त हुने भए पनि केही नियम र शर्तका कारणले गर्दा स्वीकृति नदिएको बताइन् । शाहले विराटनगरमा स्नातकोत्तर कक्षा सञ्चालन गर्दा जनशक्ति अभाव रहेका बताइन् ।
विराटनगर नर्सिङ क्याम्पसकी प्रमुख मेनुका भण्डारीले इतिहास बोकेको विराटनगर नर्सिङ क्याम्पसलाई स्नातकोत्तरसम्म पढाइ हुनु पर्नेमा सबैको सहयोग गरिनुपर्ने बताइन् । ६० वर्षको इतिहास बोकेको विराटनगर नर्सिङ क्याम्पसमा स्नातक तह अन्तर्गत बीएन र बीएससी नर्सिङ पढाइ हुँदै आएको छ । उनले विराटनगर नर्सिङ क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन ‘क्यूएए’ पनि प्राप्त गरेको बताउँदै क्याम्पसको शैक्षिक विकास एवम् अनुसन्धानमुलक कार्य गर्नका लागि आर्थिक अवस्था पर्याप्त नरहेकोले बताइन् ।
सो अवसरमा मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार डा दिलनाथ फूयाल, महेन्द्र मोरङ क्याम्पसका प्रमुख डा रामावतार शरण, भौतिक शास्त्र विभागका प्रमुख प्राडा देवेन्द्र अधिकारी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राडा रामशशरण मेहता, कोशी प्रदेश उच्च शिक्षा महाशाखा प्रमुख फडिन्द्र खत्री, नोबेल अस्पतालका प्राडा गेहनाथ बराल, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई लगायतले अनुसन्धान निरन्तर कार्य भएकोले यसले व्यक्तिगत जीवन र संस्थागत कार्यमा ज्ञान र सीप वितरण गर्न सहज हुने बताए ।
सो अवसरमा क्याम्पसकी विद्यार्थी कल्याण विभाग प्रमुख दिपिका खड्गीले व्यक्तिको वृत्ति विकासका साथै समग्र क्षेत्रका विकासका लागि अनुसन्धान कार्य महन्तपूर्ण कार्य भएकोले नर्सिङ क्याम्पसले अनुसन्धान सम्मेलन गरेको बताइन् । सोही अवसरमा जर्नल पनि बिमोचन गरिएको छ ।
विराटनगर । सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रीला मोरङ एफए आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।विराटनगरस्थित सहिद रंगशालामा बुधबार राती सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफललाई सडनडेथमा...
विराटनगर, १२ असोज–प्रदेश १ मा सोमबार ८३ जनाकोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३६, मोरङमा ३०, ओखलढुङ्गामा ४, खोटाङ र झापामा २÷२, धनकुटा र इलाममा १÷१ र प्रदेश १ बाहिर ७ जनामा संक्रमण देखिएको सामाजिकविकास...
विराटनगर । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कोशी प्रदेशले होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । समाजले विराटनगरमा एक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेको हो । सोही अवसरमा क्यालेन्डर विमोचन पनि...
विराटनगर। २२ वैशाख । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले छात्रा र महिलाहरुलाई साइकल वितरण गरेको छ । क्लबले विराटनगरको खार्जी, बखरी, जहदा गाउँपालिकाको बुधनगर र सुनसरीको बर्जु गाउँपालिकाका छात्रा र महिलाहरुलाई एक÷एक थान साइकल वितरण...
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण निजी स्वास्थ्य संस्थाले बिरामीलाई परीक्षण नगरी फर्काउने गरेपछि प्रदेश २ सरकारले इजाजत रद्द गर्ने निर्देशन दिएको छ ।बिरामी नजाँची फर्काउने निजी अस्पताल र नर्सिङहोमको इजाजत रद्द गर्न...
काठमाडौं, १८ माघ । सोमबार दोहोरो अंकले घटेको शेयरबजार परिसूचक नेप्से कारोबारको तेस्रो दिन मंगलबार १९.२९ अंकले बढेको छ । आज बजार बढेसँगै सेन्सेटिभ इन्डेक्स पनि ३.९८ अंकले बढेर ५४२.९० बिन्दुमा पुगेको छ । सोमबार २८७५.०५...
विराटनगर । प्याब्सन विराटनगरको अध्यक्षमा अर्जुन श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् । विराटनगरमा बुधबार भएको तेस्रो महानगर अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । अध्यक्षमा चयन भएका श्रेष्ठ विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन...
काठमाडौं, ३१ जेठ-नेपालको संविधान दोस्रो संशोधन विधेयक आज प्रतिनिधि सभाबाट पारित हुँदैछ । १८ जेठमा प्रस्तुत विधेयकमा शुक्रबारसम्म संशोधन दर्ताको समय थियो । संशोधनको अवधि सकिएसँगै पारितको प्रक्रिया अघि बढाइएको हो । सङ्घीय संसद् सचिवालयले आज दिउँसो...