विराटनगर । विराटनगरमा ३७ औं गणगौर पूजा महोत्सव २०८० मनाएको छ । नेपाल मारवाडी गणगौर पूजा महोत्सव समितिले विविद्य कार्यक्रम आयोजना गरी गणगौर पूजा महोत्सव सोमबार मनाएको हो ।
महोत्सवको अवसर पारेर फेन्सी डे«स, सोह्र श्रृंगार, मारवडी पत्र लेखन प्रतियोगिता आयोजना गरिएको नेपाल मारवाडी गणगौर पूजा समिति अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए । उक्त प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार पनि वितरण गरिएको थियो ।
सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान पनि गरियो । सम्मानित व्यक्तिहरुलाई कार्यक्रमको प्रमुख अतिथिआर्थिक मामिला तथा योजना राज्य मन्त्री इन्दिरा थापाले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै राज्यमन्त्री थापाले यस्ता कार्यक्रममा भाषा, धर्मसंस्कृतिको संरक्षण ठुलो सहयोग पुग्ने बताइन् ।
महिलाहरुले घरपरिवारमा सुख शान्तिका लागि गणगौर पूजा गर्छन् । यो पूजा माडावारी महिलाहरुले परापूर्व कालदेखि नै मनाउँदै आइरहेको छ । घर परिवारमा सुख, शान्ति राख्नका लागि महिलाहरुले गणगौर पूज गर्ने चलन रहेको अध्यक्ष राठीले बताए ।
३७ औं गणगौर पूजा महोत्सवको मुख्य संयोजक शितल बाहेती र संस्थापक अध्यक्ष मुलचन्द तापडिया हुन् ।