न्यूरोको ‘अनलाइन टिकटिङ्ग प्रणालीे’ सुरू, घरमै बसेर अनलाइनबाट टिकट काटन सकिने

 न्यूज विराट
न्यूरोको ‘अनलाइन टिकटिङ्ग प्रणालीे’ सुरू,  घरमै बसेर अनलाइनबाट टिकट काटन सकिने

विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशाल्टी अस्पतालले ‘अनलाइन टिकटिङ्ग प्रणालीे’ सेवा संचालनमा ल्याएको छ ।
स्वास्थ्य प्रविधि सेवा प्रदायेक संस्था आईमर्क डिजीटल प्रालीको डाफें हेल्थ सेवा अन्तर्गत उक्त सेवा आइतबारदेखि संचालनमा ल्याएको हो ।

यस प्रणालीबाट, बिमारी तथा अस्पतालको सुविधा लिन चाहने जोसुकैले अब घरमै बसी–बसी चाहेको चिकित्सको टिकट सजिलै काट्न सक्ने अस्पतालले बताएको छ । अनलाइन टिकटिङ्ग प्रणाली भित्र ‘न्यूरो हस्पिटल’ मोवाइल एप र वहेपसाइट पनि रहेको छ । आफुले चाहेको चिकित्सको सेवा शुल्क पनि अनलाइन खल्ती र इसेवाबाटै सहज भुक्तानी गर्न सकिने व्यवस्था अस्पतालले बनाएको छ । समयको महत्वपूर्ण बचतका साथै चिकित्सकीय टिकटिङ्ग प्रक्रिया सम्पन्न हुने गरी बिमारीहरुले अनलाइन बाटै सहज आवेदन दिने व्यवस्था गरिएको छ । यो साझेदारीले न्युरो अस्पतालको सेवाहरूलाई अझ प्रभावकारी बनाउने उद्देश्यले रहेको अस्पतालका निर्देशक राजेश भट्टराईले बताए । ‘हाम्रो उद्देश्य स्वास्थ्य सेवा प्रदान गर्ने प्रक्रियाहरूलाई अझ सुविधाजनक बनाउनु हो । यो अनलाइन टिकटिङ्ग प्रणालीले बिरामीहरुको जीवनमा सहयोग प्रदान गर्नेछ । नेपाल मात्र नभई भारतबाट आउने बिरामीहरुका लागि पनि यो सेवा अझ फल्दाही हुने हामीले विश्वास ठानेका छौ,’ निर्देशक भट्टराईले भने ।

डाफें हेल्थका प्रमुख कार्यकारी अधिकृत युबराज पराजुलीले बिगत १६ वर्ष देखि संस्थाले हेल्थ टेकमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको र अझ परिस्कृत हेल्थ सोलुसन् प्रधान गर्ने उद्देश्यका साथ यस साझेदारी गरिएको बताए ।
यो अनलाइन प्रणाली सुरु भएपछि बिरामीहरूले सजिलै र तत्काल तथा सुविधाजनक रुपमा आफुले चाहेको चिकित्सकीय सेवा आफुले चाहेको मिति र समयमा बुकिङ गर्न अस्पतालले जनाएको छ । यसैगरी बिरामिको विवरण र नोटः न्युरो हस्पिटल एप मार्फत सिधै डाक्टरहरूले बिरामीको सम्पूर्ण विवरणहरू एकीकृत हस्पिटल व्यवस्थापन प्रणालीमा देख्न र नोट राख्न सक्नेछन् । विशेष सेवाहरूको अधिकार र पहुँचः बिरामीहरूले ल्याब रिपोर्ट सिदै न्युरो हस्पिटल एप बाट प्राप्त गर्न सक्ने बताइएको छ ।

सम्बन्धित समाचार

कोरोना संक्रमण मुक्त हुने दरको ग्राफ उकालो, आज ७२२६ निको

काठमाडौं, जेठ १३-नेपालमा आज कोरोना संक्रमणबाट मुक्त हुने दरको ग्राफ उकालो लागेको छ । नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने संख्या धेरै भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ७ हजार २२६ संक्रमित...

एभरेष्ट कलेजले गर्यो कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरुलाई विदाई

विराटनगर । विराटनगर – ५ मा रहेको एभरेष्ट कलेजले कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ । कलेजमा अध्ययनरत कक्षा १२ को आठौं ब्याचको १ सय ७४ जना विद्यार्थीहरुलाई...

कोशीको मेसुमा पुन : डाक्टर रविराज सिंह, झाको सरुवा नारयणी अस्पताल

विराटनगर । पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा सह प्राडा. रविराज सिंहले पुन : नियुक्ति भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले कोशी अस्पतालको मेसु डा. चन्द्रभाल झालाई हटाएर...

आज देशभर ७ सय ६८ जनाले जिते कोरोना

काठमाडौं, १६ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस (कोभिड- १९) संक्रमणमुक्त ७ सय ६८ जना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विधिन्न संस्थागत...

एसईईको प्रश्नपत्र नष्ट गरिने

माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र नष्ट गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र नष्ट गर्ने निर्णय गरेको हो । गत ६ चैतका लागि तोकिएको परीक्षा कोभिडका कारण स्थगित गरिएको थियो । बोर्डका सदस्य-सचिव दुर्गा अर्यालले...

मकवानपुरमा हावाहुरी, २ जनाको मृत्यु 

मकवानपुर, १३ जेठ-मकवानपुरको राक्सिराङ गाउँपालिकामा हावाहुरीले रूख ढल्दा च्यापिएर १ महिला र १ बालकको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले पनि २ नाको मृत्यु भएको र २ जना घाइते भएको पुष्टि गरे...

सीमावर्ती ६ स्थानीयतहमा भदौ १७ गतेसम्म लकडानलाई निरन्तरता

विराटनगर, १० भदौ–समुदायस्तरमा कोरोना भाईरसको संक्रमण फैलिन नदिन दक्षिणपूर्वी मोरङकास्थानीयतहले एकरुपता कायम गर्दै आगामी भदौ १७ गतेसम्मका लागि बन्दाबन्दीलाई निरन्तरता दिने भएका छन् । मोरङको रंगेली नगरपालिकामा बसेको दक्षिणी हुलार्की राजमार्ग अन्तर्गतका सवै ६ वटै...

राजस्थानमाथि बैंगलोरको जित

एजेन्सी, १ कात्तिक-एबी डी भिलियर्सको शानदार पारीसँगै रोयल च्यालेञ्जर्स बैंगलोरले युएईमा जारी आइपीएल-१३ को ३३औँ म्याचमा राजस्थान रोयल्सलाई सात विकेटले पराजित गरेको छ । डी भिलियर्सले मात्र २२ बलमा अविजित ३३ रन बनाए । उनले एक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्