पर्यटकीय क्षेत्रको प्रर्वद्धनमा सबैको साथ र सहयोग आवश्यक : नाट्ट अध्यक्ष भट्टराई
आइतबार, २५ चैत, २०८०,
न्यूज विराट
विराटनगर । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका अध्यक्षमा पुण्य प्रसाद भट्टराईले पर्यटकीय क्षेत्रको प्रर्वद्धनमा सबैको साथसहयोगको खाँचो रहेको बताएका छन् । झापाको दमकमा सुरु भएको दशौं दमक फुट फेस्टिबलको उद्घाटन शत्रमा बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै नाट्टाका अध्यक्ष भट्टराईले पोखरमा महानगरपालिकाले पर्यटन क्षेत्रमा मात्रै ५१ करोड रुपैयाँ बजेट बिनायोजना गरेको जानकारी गराउँदै यहाँका स्थानीय सरकारहरुले पनि पर्यटन क्षेत्रको विकासमा बजेट बिनायोजन गरिनुपर्नेमा जोड दिए ।
पर्यटन क्षेत्रको प्रर्वद्धनमा यहाँको स्थानीय सरकार पनि लाग्नुपर्ने उनले बताए । ‘खर्चको कारणले कतिपयले फुट फेस्टिबलहरु स्टल राख्न नसकेको पनि हुन्छ । सबै सामुदायहरुको पहिचान झल्कनको लागि पनि यस्तो कार्यक्रममा स्थानीय सरकारले ध्यान दिनुपर्छ,’ अध्यक्ष भट्टराईले भने, ‘अनि मात्रै धर्मसंस्कृतिको पनि जगेर्ना भएर संरक्षण हुन्छ ।’ शनिबारदेखि सुरु भएको दशौं दमक फुट फेस्टिबल १२ दिनसम्म संचालन हुनेछ ।
विराटनगर, ८ माघ । आरोहण गुरुकुल विराटनगरमा भोलिदेखि नाटक ‘सन्ध्या’ मञ्चन हुने भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा माघ १३ गतेसम्म दैनिक दिउँसो ३ बजे नाटक मञ्चन हुनेछ । सरकारले निर्धारण गरेका स्वास्थ्य सुरक्षाका...
एजेन्सी, असार १९-भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहान अचानक लेह पुगेका छन् । मोदीले १५ जुनमा भारत र चीनका सेनाबीच भएको झडपपछिको अवस्थाबारे मोदीको उपस्थितिमा समीक्षा हुने बताइएको छ । १५ जूनको राति चिनियाँ सेनासँगको भिडन्तका...
काठमाडौं, ६ जेठ-नेपालको छुटेको भूमि समेटेर भोलिसम्ममा नेपालको नक्सा सार्वजनिक हुने प्रधानमन्त्री केपी शर्मा ओली बताएका छन् । उनले हिजो मन्त्रिपरिषद्ले नक्सा पारित गरेको भन्दै उनले भोलिसम्ममा नक्सा प्रकाशित हुने बताए । उनले नक्सा प्रकाशित...
नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामा राख्न नपर्ने आदेश भएको छ। काठमाडौं जिल्ला अदालतले थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गरेको हो। न्यायाधीशले थुना बाहिर राखेर अनुसन्धान गर्न भनेका छन्।...
विराटनगर, चैत १९–विराटनगर वडा नं. १७ रानी स्थित इस्लामपुरको धुनिया वस्तीमा लक डाउनका कारण जिवन यापनमा समस्यामा परेका परिवालाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ । सामाजिक क्षेत्रमा काम गर्दै आएको ‘बर्न टु हेल्प सोसाइटी’...
विराटनगर । पुर्व प्रहरीको दक्षता र विज्ञतालाई राज्यले सदुपयोग गर्नुपर्ने विराटनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।नेपाल पूर्व प्रहरी संगठन परिवार केन्द्रीय कार्य समितिको दास्रो वार्षिक साधारणसभा तथा विराटनगर महानगर कार्यसमितिको दोस्रो अधिवेशनमा सहभागिहरुले...
पोखरा, ११ वैशाख-लकडाउनका कारण आर्थिक संकटमा परेर खाना खान नपाएकालाई पोखराका युवाले निःशुल्क खाना खुवाने अभियान चलाएका छन् ।पौरखी स्वयम् सेवक समूह बनाएर युवाले खान नपाएका विपन्नलाई खाना पकाएर घरसम्म नै निःशुल्क पुर्याइदिने अभियान चलाएका...
विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा भारत विहारको राहुल ११ नरपथगञ्जल र विभागीय टिम एपीएफले विजय सुरूवात गरेको छ । सोमबार भएको पहिलो खेलमा विभागीय टिम नेपाल आर्मीलाई ४ विकेटले निराश...