थारु कल्याणकारिणीमा विवाद, ‘विश्वास नेतृत्वको समूहले गरेको काम मान्य हुदैन’ : अध्यक्ष थारु

 न्यूज विराट
थारु कल्याणकारिणीमा विवाद, ‘विश्वास नेतृत्वको समूहले गरेको काम मान्य हुदैन’ : अध्यक्ष थारु

विराटनगर । थारु कल्याणकारिणी सभाको केन्द्रीय कमिटिको नीति निर्देशन बेगार एकपक्षीय तरिकाले गरेको निर्वाचनमाबाट निर्वाचित भएको कार्यसमितिले मान्यता नपाउने बताएका छन् ।

केन्द्रीय कार्यालयको पत्रको अवज्ञा गर्दै निलम्बित निर्वाचन अधिकृतले गरेको निर्वाचनबाट निर्वाचित भएका प्रदिप कुमार विश्वास नेतृत्वको समितिले गरेको काम कारवाहीले कुनै पनि मान्यता नपाउने थारु कल्याणकारिणी सभा मोरङका सभाति प्रदिप कुमार भगत थारुले बताएका हुन् ।

जिल्ला प्रशासन कार्यालय मोरङमा शान्ति सुरक्षाको माग राख्दै अध्यक्ष थारुले अघोषित अवैधानिक कार्य समितिलाई थाकसको भवनमा कुनै पनि गतिविधी नर्गन र मुठभेटको स्थिती सृजना हुन सक्ने भएकोले आवश्यक सहकार्य गरी शान्ति सुरक्षाको व्यवस्था गरी दिन माग गरेका छन् । १६ चैतमा थाकस मोरङका सभापति प्रदिपक कुमार भगत थारुले प्रशासनलाई पत्र लेख्दै यस्तो माग राखेका हुन् ।
थारु कल्याणकारिणी सभा केन्द्रिय कार्यालयले निर्वाचन अधिकृत जयराम पंजियारलाई एक पक्षीय रुपमा निर्वाचन गर्न लागेपछि कारवाही स्वरुप निलम्बन गरेको थियो । केन्द्रको पत्रलाई वेवास्था गर्दै पन्जियारले विधि र विधान विपरित एकपक्षीय रुपमा १५ चैतमा निर्वाचन गराएको थियो । उक्त एकपक्षिय निर्वाचनबाट प्रदिप कुमार विश्वासलाई अध्यक्षमा निर्वाचित गराएको थियो ।
केन्द्रीय कार्यालयले प्रदिप कुमार भगत थारुको नेतृत्वको जिल्ला कार्य समितिलाई जिम्मेवारी तोकिएकोमा एउटै संस्थामा सामानन्तर रुपमा अर्को कार्य समिति हुन नसक्ने अध्यक्ष थारुले बताए । ‘एकपक्षीय निर्वाचन गराएकोे अघोषित अवैधानिक कार्य समितिलाई थाकसको भवनमा यस्तो खालको कुनै गतिविधि गर्न अधिकार छैन,’ सभापति थारुले भने, ‘बल प्रयोग गरे मुठभेटको स्थिती सृजना हुन सक्ने भएकोले आवश्यक सहकार्य गरी शान्ति सुरक्षाको व्यवस्था गरी दिनु हुन हामीले प्रशासनमा पत्र पठाएको हो ।’

सम्बन्धित समाचार

मनसुन थप सक्रिय : धेरै ठाउँमा वर्षा, यो हप्ताभरि नै बाढी-पहिरोको जोखिम उच्च

काठमाडौँ, ७ भदौ । मनसुन थप सक्रिय भएकाले यो हप्ता देशका धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेको मौसमविद्ले बताएका छन् ।यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा भइसकेको छ । यसअघि नै धेरै ठाउँमा जमिन गल्ने गरि...

पहिलो याक्खा हाक्पारे ‘ओम्माङ्बा’ सार्वजनिक

विराटनगर । याक्सिगुम मिडिया प्रालिको ब्यानरमा निर्मित पहिलो याक्खा हाक्पारे भिडियो ‘ओम्माङ्बा’ सार्वजनिक भएको छ । सोमबार सुनसरीको धरानमा एक कार्यक्रम आयोजना गरी उक्त भिडियो सार्वजनिक गरिएको हो । गोकुल सोम्याहाङ्गद्वारा निर्मित उक्त भिडियोमा देउ...

तुलसी सहकारीमा अपचलन प्रकरण : अध्यक्ष शर्मासहित आठ संचालक विरुद्ध ठगी मुद्दा

विराटनगर । सर्वसाधरणले बचत गरेको अर्वो रुपैयाँ हिनामिना गरेको आरोपमा विराटनगर – ३ मा मुख्य कार्यालय रहेको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित ८ जना संचालक विरुद्ध मोरङ प्रहरीले ठगी मुद्दामा जाहेरी दर्ता गरेर...

नेइमारमाथिको रंगभेदी टिप्पणीबारे छानविन हुने

एजेन्सी, १ असोज-फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) का स्ट्राइकर नेइमारमाथि दुई खेलमा प्रतिबन्ध लगाइएको छ । मार्सेलीसँग भएको खेलका क्रममा विवाद गरेपछि रातो कार्ड पाएका नेइमारमाथि दुई खेलको प्रतिबन्ध लागेको हो। उनले आफूमाथि...

झापामा हात्तीको आक्रमणबाट भारतीय युवकको मृत्यु

झापा, १३ जेठ-दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका-२ लालमाटीमा जंगली हात्ती लखेट्न आएका १ भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ। डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी...

बजेटका कमजोरी सच्याउने मुख्यमन्त्री राईको प्रतिबद्धता

विराटनगर,  १७ असार-प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा केही कमजोरी रहेको हुन सक्ने स्वीकार गरेका छन् ।आगामी दिनमा ती कमजोरी सच्याउने दिशामा आफू केन्द्रित भएको उनले बताए । प्रतिपक्षी...

मोहनअधिकारीको शब्द र कमल खत्रीको स्वरमा ‘म तिम्रै हुँ’

मोहन अधिकारीको शब्द रचना र कमल खत्रीको स्वर रहेको गित सार्बजनिक भएको छ । लामो समयदेखि साहित्यमा कलम चलाउँदै आएका अधिकारीको शब्दमा खत्रिले स्वर दिएको गित ‘म तिम्रै हुँ’ को लिरिकल भिडियो सार्वजनिक भएको हो...

अक्सिजन ल्याउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारबाही हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारबाही गर्ने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै अक्सिजन जस्तो अत्यावश्यक विषय बिरामी वा आफन्तलाई नै लिएर आउनू भन्नै नहुनेमा कहीँकतै यस्तो गर्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्