दोस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारबाट, उद्घाटनमा ग्रामथान र उर्लाबारी भिड्दै

 न्यूज विराट
दोस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारबाट, उद्घाटनमा ग्रामथान र उर्लाबारी भिड्दै

विराटनगर जुट मिलको खेल मैदानमा हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा ग्रामथान भेट्रान्स र उर्लाबारी भेट्रान्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

मिल्स भेट्रान्स फुटबल क्बल रानीले बिहीबार पत्रकार सम्मेलन गरी चैत १७ देखि २४ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ ।

प्रतियोगितामा कोशी प्रदेश भित्रका १४ वटा भेट्रान्स फुटबल क्लबहरुको सहभागि रहेको मिल्स भेट्रान्सफ क्बलका अध्यक्ष इन्द्रराजा थापा (राजु) ले जानकारी दिए । प्रतियोगिताको बिजेता टिमले नगद ६१ हजार र उपबिजेताले नगद ३१ हजार रुपैयाँको साथै ट्रफि पाउने क्लबका सचिव सुमित डंगोलले बताए । 

प्रतियोगिताको प्रत्येक दिनको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद १ हजार १ सय रुपैयाँ पाउँनेछन् । फाइनलमा बेस्ट स्कोर र म्यान अफ श्रीरिज हुने खेलाडीलाई जनही ३ हजार १ सय रुपैयाँ पुरस्कार दिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्दा करिब पाँच लाख खर्च हुने अनुमान आयोजकको छ । 

आयोजकले खेल तालिका पनि सार्वजानिक गरेको छ । समूह ‘क’ मा ग्रामथान, उर्लाबारी, जनता, मिल्स भेट्रान्स ‘ए’ र गछिया भेट्रान्स फुटबल क्बल रहेको छ । समूह ‘ख’ मा हाम्रो इटहरी, साविक बिजेत दमक लखनपुर भेट्रान्स क्लब, मिल्स भेट्रान्स ‘बी’, मर्निङ र हाम्रो धरान भेट्रान्स फुटबल क्लब रहेको छ ।  

प्रथम संस्करणको मिल्स भेट्रान्सको झापा दमकको लखनपुर भेट्रान्स फुटबल क्बलले उपाधि जित्दा विराटनगरको हाटखोला भेट्रान्स क्लब उपबिजेता भएको थियो । 

प्रतियोगितामा दुई जना खेलाडी अनिवर्या ५० वर्ष पुरा भएको हुनेपर्ने र अन्य ९ जना खेलाडीहरु ४० वर्ष पुगेको हुनुपर्ने नियम आयोजकको रहेको छ ।

मिल्स भेट्रान्स फुटबल क्बलले नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले स्कुल अध्ययरत बालवालिकाहरुलाई प्रशिक्षण दिदै आएको छ । ‘यो प्रतियोगिताबाट मुनाफा भएको रकम नयाँ खेलाडी उत्पादन र खेलकुद क्षेत्रको विकासमा खर्चिनेछौं,’ अध्यक्ष थापाले भने । मिल्स भेट्रान्स प्रत्येक वर्ष नियमित तालिका अनुसार हुँदै आएको प्रतियोगिता हो । 

सम्बन्धित समाचार

रतुवामाईमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिनै तस्करीमा संलग्न

विराटनगर, फागुन १९–रतुवामाई नगरपालिकाका एक जनप्रतिनिधिनै तस्करीमा संलग्न हुँदै आएको पाइएको छ । नेपाली कांग्रेसबाट रतुवामाई नगरपालिका–१ को वडा सदस्यमा निर्वाचीत मो. सदिर मियाँ तस्करीमा संलग्न हुँदै आएको पाइएको हो । आइतबार अपराहन्न ३ बजे...

महिलाहरूले पुरुषसँग बसेर पढ्न नपाउने तालिबानको घोषणा, नयाँ नियम लागू

एजेन्सी, २८ भदौ । तालिबानले अफगानिस्तानका विश्वविद्यालयहरूलाई लिंगका आधारमा विभाजित गरी अध्ययन अध्यापन गराइने घोषणा गरेको छ । साथै विश्वविद्यालयलमा नयाँ इस्लामी ड्रेस कोडको सुरुवात गरिने पनि तालिबानले जनाएको छ । नवनियुक्त शिक्षामन्त्री अब्दुल बकी हक्कानीले...

विराटनगरमा धुमधामका साथ मनाए तमु ल्होसार

विराटनगर । गुरूङ समुदायले सोमबार तमु ल्होसार धुमधामका साथ मनाएका छन् । गुरुङ समुदायले गरुङ वर्गलाई बिदाइ गर्दै नाग वर्गलाई स्वागत गरी ल्होसार पर्व मनाउने गर्दछन् ।तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिवार तमुस्यो महानगर...

कोशी ग्यासको शिलप्याक चार सिलन्डेरमा १६ केजी भन्दा बढी तौल कम,ढुलाएर विक्री गर्ने दुई नाबालक पक्राउ

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – ४ नेमुवास्थित कोशी ग्यास उद्योगले बिक्रीका लागि बजारमा पठाएको सिल नतोडिएको चार वटा शिलिण्डरमा कम ग्यास भएको पाइएको छ । विराटनगर ३ बुद्धचोक घर भएका राजेन्द्र खनालले खरिद गरेको...

पछिल्लो २४ घण्टामा देशभर ३९० संक्रमित थपिए

काठमाडौं, २ माघ-पछिल्लो २४ घण्टामा थप ३९० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६० हजार ५६७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल...

प्रदेश २ का प्रमुख अहिराजले दुई विधेयक प्रमाणीकरण गरे, दुई फिर्ता पठाइए

प्रदेश- २ का प्रमुख डा राजेश अहिराजले आज दुई विधेयक प्रमाणीकरण गरेका छन् भने दुई फिर्ता पठाएका छन् । प्रदेशसभाबाट पारित भई आएका ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८’ र ‘विनियोजन विधेयक...

विराटनगरमा प्लाज्मा थेरापी उपचार सेवा सुरु

विराटनगर, २७ असोज–प्रदेश १ सरकारद्धारा सञ्चालित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मंगलबारदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको छ । कोरोना भाईरस (कोभिड १९) का कडा विरामीका लागि आजदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको हो...

विवादित दुवै अध्यादेश राष्ट्रपतिद्वारा खारेज

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले जारी गरेका २ अध्यादेश खारेज गरेकी छन् । शुक्रबार राष्ट्रपतिले मन्त्रिपरिषद्ले सिफारिस गरेका २ अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशरप्रसाद घिमिरेले जानकारी दिए । राष्ट्रपति भण्डारीबाट संवैधानिक परिषद् (काम,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्