विराटनगर गोल्डकप फुटबल प्रतियोगिता भोलीदेखि सुरु हुँदै, उद्घाटन खेलमा भूटान र नेपाल पुलिस क्लब भिड्दै

 न्यूज विराट
विराटनगर गोल्डकप फुटबल प्रतियोगिता भोलीदेखि सुरु हुँदै, उद्घाटन खेलमा भूटान र नेपाल पुलिस क्लब भिड्दै

विराटनगर । विराटनगरको गौरवका रुपमा हेरिँदै आएको विराट गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । बिहीबार देखी  विराटनगरको शहिद मैदानमा विराट गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

यस अघि समिति मार्फत हुँदै आएको फुटबल प्रतियोगिताको यस वर्ष विराट गोल्डकप ट्रष्टले आफै आयोजना गर्दैछ । ट्रष्टले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरेर फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ ।

ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले २०८० साल चैत्र १५ देखि २४ गतेसम्म विराटनगर स्थित शहिद रंगशालमा आयोजना हुन लागेको फुटबल प्रतियोगितामा नेपालका ७, भारतका २ र भुटानका १ गरी ३ देशका १० टोलीको सहभागिता रहने जानकारी दिए । 

प्रतियोगिताको विजेता टोलीले ११ लाख र उपविजेता टोलीले ५ लाख ५० हजार नगद सहित शिल्ड प्राप्त गर्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार, उत्कृष्ट गोल रक्षकलाई नगद २१ हजार, सर्वाधिक गोल कर्तालाई नगद २१ हजार, प्रत्येक दिन खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार र सर्वोकृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार प्रदान गर्ने अध्यक्ष शाहीले बताए । 

प्रतियोगिता सम्पन्न गर्न १ करोड १८ लाख ३४ हजार रुपैयाँ खर्च हुने जनाइएको छ । विराट गोल्डकप ट्रष्टले टिकट बिक्रीबाट ५० देखि ६० लाख कोशी प्रदेश सरकारबाट २५ लाख, विराटनगर महानगरपालिकाबाट १२ लाख, राष्ट्रिय खेलकुद परिषद्बाट ५ लाख र विभिन्न प्रयोजकबाट ३० देखि ३५ लाख रुपैयाँ प्राप्त हुने ट्रष्टका कोषाध्यक्ष अनुज बानियाले बताए ।

विराट गोल्डकप ट्रष्टले फुटबल प्रतियोगिताको दुई मुख्य प्रायोजक एसियन थाइफुड्स र एनआईसी एसिया बैंकबाट ६÷६ लाख, प्रायोजक पेपे पिज्जाबाट ५ लाख, सहप्रायोजकबाट २ लाख र उपप्रायोजकबाट १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

पत्रकार सम्मेलनमा विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाही, उपाध्यक्ष किशोरबहादुर तिम्सिना, महासचिव विनेश बस्नेत, सचिव ध्रुर्व सिग्देल, कोषाध्यक्ष अनुज बानिया, सहकोषाध्यक्ष बिमल राज भण्डारी, लगायत सदस्यहरूको सहभागिता रहेको थियो । बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराट गोल्डकप डे नाइट फुटबल प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार

बलात्कारको आरोपमा देवर नाता पर्ने पक्राउ

धरान, कात्तिक १७–धरानमा २२ वर्षीय दलित महिलामाथि सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । महिलाका श्रीमान् घरबाहिर मजदुरीमा गएको मौका छोपेर नाताले देवर पर्ने दुई जनाले बलात्कार गरेको इलाका प्रहरी कार्यालय...

विराटनगरमा रानी मिनी महोत्सव सुरू, पहिलो दिन स्थानीय कलाकारको दमदार प्रस्तुती

विराटनगर । विराटनगरको मिल्स एरियामा रानी मिनी महोत्सव सुरु भएको छ । मिल्स भेट्रान्स् क्बलको आयोजनामा विराटनगरमा आजबाट महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन विराटनगर १५ का प्रकाशत साह र १६ का वडाअध्यक्ष उद्धव...

बुढानिलकण्ठ स्कुलको उत्कृष्ट नतिजा, सिरिन भट्टराइले ल्याइन ४ जीपीए

विराटनगर । बिराटनगर – २ स्थित बुढानीलकण्ठ अ. मा. वि. का विद्यार्थीहरुले एईईको परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएका छन् । बुढानिलकण्ठ स्कुलबाट ८९ जना विद्यार्थीले दिएको एसईई परीक्षामा सिरिन भट्टराईले ४ जीपीए ल्याएर सतप्रतिशत विद्यार्थी उत्तिर्ण...

हिरासतमा रहेका कैदीमा कोरोना संक्रमण पुष्टि, प्रहरी कार्यालय सिल

डडेल्धुरा, ९ जेठ-बैतडीका एक जनाको कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । शिवनाथ गाउँपालिका– २ का ती पुरुष गत ६ चैतमा भारतको नयाँ...

नेपालमा थप २९७७ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

नेपालमा थप २ हजार ९ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍....

कोरोनामुक्त भइन् अभिनेत्री निरिशा

काठमाडौं, ७ असार-अभिनेत्री निरिशा बस्नेत कोरोनामुक्त भएकी छन् । २ सातादेखि भारतको एउटा अस्पतालमा उपचारत उनले कोरोनालाई जितेकी हुन् । अहिले उनी कोरोनामुक्त भएर घर फर्किसकेकी छन् । मुम्बईमा रहेकी निरिशाले स्वस्थ्यमा समस्या आएपछि कोरोना...

एनआइसी एसिया बैंक ‘पीडीत’ समुह गठन, बैंकविरुद्ध आन्दोलन गर्ने

काठमाडौं, ३० कात्तिक । एनआइसि एसिया बैंकबाट पीडीत ग्राहक तथा ऋणीहरुले आन्दोलन गर्ने भएका छन् । केहीदिन अघि काठमाडौंमा भेला भएर बैंकबाट पीडित भएको भन्दै उनीहरु आन्दोलित हुने भएका हुन् । सो बैंकले पीडित बनाएको...

राष्ट्रिय झण्डा जलाउने समूहका ४ पक्राउ, अन्यको खोजी तीव्र

काठमाडौं, ३ भदौ-नेपालको राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो युट्युबमा राख्ने समूहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।सोमबार अपलोड गरिएको गरिएको भिडियो भाइरल भएपछि उनीहरूलाई कारबाही गर्न दबाब बढेको थियो ।  महानगरीय अपराध महाशाखा प्रमुख...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्