‘समयमानै उपचार गरौं, छारे रोगबाट मुक्त हौँ’ भन्दै न्यूरो हस्पिटलले निकालो सचेतनामुलक प्रभातफेरी

 न्यूज विराट
‘समयमानै उपचार गरौं, छारे रोगबाट मुक्त हौँ’ भन्दै न्यूरो हस्पिटलले निकालो सचेतनामुलक प्रभातफेरी

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले ‘वर्ल्ड  पर्पल डे’ को अवसर पारेर सेचतनामुलक प्रभातफेरी निकालेको छ । न्यूरोले मंगलबार विहान प्रभातफेरी निकालेको हो ।

न्यूरो अस्पतालबाट सुरु भएको प्रभातफेरी नगरको विभिन्न भाग परिक्रमा गरेर सोही ठाउँमा आएर सम्पन्न भएको थियो । प्रभातफेरीमा सहभागिहरुले समयमा नै उपचार गरौं, छारेरोगबाट मुक्त हौं, अन्धविश्वसलाई हटाऊ सबैमा जनचेतना जगाऊ, छारे रोग रोग होइन यो नशा रोगको लक्ष्ण हो, छारे रोग वारे घर घर टोल टोलमा कुरा गरौं, अन्धविश्वासलाई हटाऊ, सबैमा जनचेतना जोगाऊ भन्ने मुख्य नारासहित प्लेकाट बोकेर प्रभातफेरीमा सहभागि थिए । प्रभातफेरीमा चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी र सर्वसाधरणहरुको उपस्थिती रहेको थियो ।

न्यूरोले वल्र्ड पर्पल डेमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । ‘वल्र्ड पर्पल डे’ को अवसरमा पारेर शुक्रबार छारेरोग सम्बन्धी निवन्ध प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा विराटनगरको आर्दश स्कुल कक्षा ९ का श्रेय शर्मा, द्धितीय दिल्ली पब्लिक स्कल कक्षा ९ की श्रृती यादव र तृतीय मेरील्याण्ड कलेजका कक्षा ११ की सेमान्तिका पराजुली घोषित भइन् । उनीहरुलाई पुरस्कार वितरण न्यूरो अस्पतालका अध्यक्ष तथा वरिष्ठ विशेषज्ञ न्यूरोलोजिष्ट डा. वीरेन्द्र कुमार विष्ट, एनसिएलका प्रतिनधी अमर भट्टचार्यले वितरण गरे ।

चैत ११ गतेदेखि १६ गतेसम्म ओपीडि सेवा पनि निःशुल्क न्यूरो हस्पिटलले राखेको छ । ओपीडिमा चिकित्सकले जाँच गरेपछि ल्याब परीक्षणमा पनि छुट दिएको हस्पिटलले जनाएको छ । ‘वल्र्ड पर्पल डे’ मनाउनको लागि न्यूरोले एनसेलसँग सहकार्य गरेको छ ।
प्रत्येक एक सय जनामा एक जनामा छारे रोग लाग्ने गरेको विभिन्न तथ्याकहरुले देखाएको छ । हस्पिटल स्थापना भएपछि न्यूरोमा हालसम्म २५ हजार भन्दा बढी छारेरोगका विरामीको सफल उपचार गरेको छ जनाएको छ । अहिले पनि करिब ३ हजार विरामी नियमित उपचारको क्रममा रहेका छन् । न्यूरोमा छारे रोगको उपचारको लागि भरपर्दो रहेको न्यूरो अस्पतालका अध्यक्ष तथा वरिष्ठ विशेषज्ञ न्यूरोलोजिष्ट डा. वीरेन्द्र कुमार विष्टले बताए । अस्पतालमा छारे रोगको उपचार प्रक्रियाको लागि चाहिने सम्पूर्ण उपकरण तथा दक्ष टिम रहेको उनले बताए । नियमित उपचार र औषधी सेवनले छारे रोग निको हुने पनि उनले बताए ।

सम्बन्धित समाचार

वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेटको उपाधि सूदुरपश्चिम प्रदेशलाई

विराटनगर । साविक विजेता सूद्रपश्चिम प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइ वाइ पुरुष यु–१९ राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सूद्रले बुधबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको फाइनल खेलमा लुम्विनी प्रदेशलाई...

बेलायतमा मंगलबार कोरोनाबाट एक हजारभन्दा बढीको मृत्यु

बेलायतमा केही महिना अघिदेखि सुरु भएको कोरोना भइरसको दोस्रो लहर तथा पछिल्ला केही हप्तामा देखिएको कोरोनाको नयाँ स्वरूपको भाइरसपछि मृत्यु हुनेको संख्या बढेको छ । यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या करिब सात माहिना पछिकै...

संचार क्लबको अध्यक्षमा खड्का र महासचिबमा नेपाली निर्वाचित

विराटनगर । संञ्चार क्लब नेपाल उर्लाबारी मोरको अध्यक्षमा कुमार खड्का निर्वाचित भएका छन् । आज आएको मत परिमाण अनुसार खड्काले २१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । खड्का प्रतिस्पर्धी घनश्याम भण्डारीले १७ मत पाए...

वीपीमा थप एक पुरुषको संक्रमणबाट मृत्यु

विराटनगर, २२ असोज–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान १० का ३९ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार...

देशभर आज थपिए २७९ कोरोना संक्रमित, हालसम्म ४ हजार ३६४ संक्रमण पुष्टि

काठमाडौं, २८ जेठ-नेपालमा थप २ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घण्टाको अवधिमा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ७९ जनामा...

झापामा कपडा व्यापारीको हत्या

विराटनगर, ९  साउन-झापाको मेचीनगर नगरपालिकाका १ व्यापारीको हत्या भएको छ । वडा-२ भृकुटीचोकका ५० वर्षीय व्यापारी नारायण आचार्यको हत्या भएको हो । आफ्नै कपडा पसलमा सामान बेच्दै गरेको उनीमाथि ग्राहक बनेर आएका व्यक्तिले धारिलो हतियार...

विराटनगरमा गुरूङ सामुदायको सदभावपूर्ण म्याराथन दौड

विराटनगर । तुम लोसार २०१८ को अवसर पारेर विराटनगरमा सदभावपुर्ण म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको छ । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद महानगर इकाइको आयोजनामा विराटनगरमा शनिबार विहान उक्त प्रतियोगिता आयोजना गरिएको हो...

विराट मेडिकल कलेज प्रशासकिय अधिकृतसहित दुई जना पक्राउ

विराटनगर, १३ माघ । फर्जी कर्मचारी देखाएर मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको लाखौं रुपैयाँ अपचलन गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित दुई जना पक्राउ परेका छन् । विराट मेडिकल कलेजका प्रमुख प्रशासकीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्