मापदण्ड विपरीत काम गर्नेलाई कारवाही गर्दा कटहरीका अध्यक्ष विरुद्ध खनिए काँग्रेस

 न्यूज विराट
मापदण्ड विपरीत काम गर्नेलाई कारवाही गर्दा कटहरीका अध्यक्ष विरुद्ध खनिए काँग्रेस

विराटनगर । मोरङको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले गाउँपालिका भित्र मापदण्ड विपरीत काम गर्ने ठेकेदार कम्पनीलाई कारवाहीको दायरामा ल्याउँदा काँग्रेसका स्थानी पार्टीका कार्यकर्ता असन्तुष्ट भएर उनी विरुद्ध खनिएका छन् ।

कटहरी गाउँपालिका – ६ लोहन्द्रा खोलामा दुई वटा सिंगो बस्तीलाई असर पुग्ने गरी मापदण्ड विपरीत उत्खनन गरेको प्राविधिकसहित अनुगमन गर्दा १० फिट गहिरो खाडल खनेको पाइएपछि कारवाही गरेको थियो । गाउँपालिकाको कार्यपालिका बैठकले फागुन ३० गते मापदण्ड विपरीत उत्खनन गर्ने विराटनगर – ६ स्थित श्री आर. सी. सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिलाई एक लाख रुपैयाँ जरिवना गरेको थियो । उक्त खोलामा ठेक्का लिने नेपाली काँग्रेस कटहरी गाउँपालिका २ का वडा सभापति संन्जय मण्डल रेहका थिए । पालिकाले बरामद गरेको ट्याक्टर नेपाली काँग्रेस प्रदेश प्रतिनिधी गणेश मुखियाको थियो ।

उक्त कम्पनीलाई जरिवना र अवैध उत्खनन गरेर खाडल खनेको खाडल पुर्नुपर्ने निर्णाय गरेपछि कटहरी गाउँपालिका केही काँग्रेसका नेता तथा कार्याकताहरु गाउँपालिका अध्यक्ष चौधरी विरुद्ध खनिएका हुन् ।

आईतवार पत्रकार सम्मेलन गरी चौधरीले आफ्नो पार्टी नेपाली काग्रेसका नेताहरुले लगाएको आरोपको खण्डन गरेका छन् ।
उनले नेताहरुले लगाएको सवै आरोप झुटा भएको दावी गर्दे आफ्नो होईन आरोप लगाउनेको नै कमजोरी भएको बताउदै पार्टीले तत्काल कारवाही गर्नु पर्ने बताएका छन् ।
केहि दिन अघि नेपाली काग्रेसका मोरङका काव सभापति भक्ति माझी, क्षेत्रिय सभापति बिनोद बस्नेत जिल्ला सदस्य गोपाल साह लगायतकाले नेपाली काग्रेसको उम्मेदवार भई कटहरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि चौधरीले पार्टीका नेताहरुलाई बेवास्ता गरेको र उनीहरुको कामलाई असहयोग गरेको भन्दै पार्टीलाई कारवाहीको माग गरेको थियो । उनले आफुमाथी लगाएको आरोपमा कुनै सत्यता नरहेको भन्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४को दफा ८४को उपदफा २(छ) बमोजिम आफ्नो कार्यक्षेत्रको भित्र रही प्रशासनिक काम गर्दे आएको बताए ।
पछिल्लो पटक विकासको कामलाई कार्यपालितका वैठकवाट सर्वसम्मत गराई तिव्रता दिएका बेला काग्रेस पार्टीका स्थानीय तथा जिल्ला स्तरका नेताहरुले गर्ने गरेको राजनीति हस्क्षेप अस्वीकार गरे पछि अध्यक्ष चौधरीको कारवाहीको माग गरेको बताइएको छ ।
कटहरीका स्थानीय नेपाली काँग्रेस कटहरी २ का सभापति युवा नेता सन्जय मण्डलले
दैनिक अवैध उत्खननले कटहरीको चतारी घाट र सतार बस्तीका दुई सय सय बढी घरिपरिवार उच्च जोखिममा परेको भन्दै अध्यक्ष चौधरीको नेतृत्वमा प्राविधिकसहित स्थलगत निरीक्षणको क्रममा ठेकेदार कम्पनीले कारवाहीको लागि उत्खन्नमा प्रयोग गरिएका उपकरणहरू ट्याक्टर र टिपरमा नियन्त्रणमा दिए पछि काग्रेसका नेताहरुले अध्यक्ष चौधरीलाई कारवाहीको माग गरेको थियो । चौधरीले कर्मचारी भर्नामा लगाएकोृ मिथ्या आरोपको सम्बन्धमा योग्यता प्रणालीमा आधारित खुला र समावेशी सिद्धान्तको अवलम्बन गरी प्रतिस्पर्धात्मक विधिवाट कर्मचारी धनौट हुदा प्रतिर्धात्मक परिक्षामा रहेका उम्मेदवार मध्ये अब्बल उम्मेदवारलाई धनौट तथा नियुक्ति गरिएको स्पष्ट पारे । उनले शिक्षक हटाएको सम्बन्धमा हटाएको शिक्षकहरुको हाल सम्म कुनै गुनासो नआएको दावी गरे ।
उनले नेपाली काग्रेसका कटहरी गाउँपालिका उपसभापति गोकुल भट्टटराई संग भ्रमणलाई लिएर आर्थिक सहयोग माग गरेको आरोप व्यक्तिगत चरित्र हया गर्ने प्रयास भएको बताउदै उनले भने ‘मैले उनको भाईको जागिर खाई दिने कुनै अभिव्यक्ति दिएको छैन् ।’

सम्बन्धित समाचार

नेताहरूको आलोपालोको गोप्य कागजको तमसुकले देश चल्दैन : गगन थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् । विराटनगरमा मंगलबार कांग्रेस नेता गुरूराज घिमिरेले लेखेको ‘बाटो विराएको राजनीति’ नामक विचार संग्रह विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘सरकार...

इण्डो नेपाल क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा होराइजनको विजय सुरूवात

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो नेपाल टि–२० क्रिकेट प्रतियोगिता विराटनगरको जुटमिट खेलमैदानमा सुरू रुपमा सुरु भएको छ । शनिबार भएको उद्घाटन खेलमा घरेलु टिम विराटनगरको होराइजन क्रिकेट क्लबले पाहुना टोली प्रशान्त क्रिकेट क्लब...

रतुवामाईका थप एक जनामा कोरोना, एक जनाको आरडिटि पोजेटिभ

विराटनगर, जेठ ९–भारतसँग सीमा जोडिएको मोरङको दक्षिपूर्वी रतुवामाई नगरपालिकाका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जनामा आरडिटि पाजेटिभ देखिएको छ । शुक्रबार पिसिआर परिक्षणको नतिजा अनुसार रतुवामाई नगरपालिका–२ घर्रु चोकका ४१...

रिसर्चमा आधरित विद्यार्थी उत्पादन गरिनुपर्नेमा जोड

विराटनगर । रिसर्चमा आधिरित विद्यार्थी उत्पादन गरेर विराटनगर – ३ मा रहेको पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ साईन्स एण्ड टेक्नोलोजी (पुस्याट) लाई चिनाउनुपर्नेमा एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । फुस्याट कलेजले दिएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी...

मिल्स क्रिकेट प्रतियोगिता : वाइआरसिसी र एनबीएससी सेमिफाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा वाइआरसिसी क्रिकेट क्लब विराटनगर र एनबीएससी क्रिकेट क्लब विराटनगर विजयी भइ सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको पहिलो खेलमा होराइजन क्रिकेट क्बल...

सरकारले ल्याएका २ अध्यादेश खारेज गर्न राजपाको माग

सोमबार सरकारले पास गरी राष्ट्रपतिबाट प्रमाणीकरण भएका २ अध्यादेश खारेज गर्नको लागि राष्ट्रिय जना पार्टी (राजपा) नेपालले माग गरेको छ । राजपाका संयोजक शरदसिंह भण्डारीले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । उनले...

एमाले महानगर अधिवेशन : ३०८ मत खस्यो, आजै रातीबाट गणना सुरु गर्ने

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचननमा ३०८ मत खसेको छ । ३१४ मतदाता रहेको महानगरमा ३ सय ८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।आजै रातीबाट विराटनगर–१२...

खोप लगाउन १५ माघपछि चार दिन विद्यालय खोल्ने सरकारकाे निर्णय

काठमाडौं, ५ माघ । सरकारले खोप अभियान चलाउनका लागि १५ माघपछि चार दिन विद्यालय खोल्ने निर्णय गरेको छ । मंगलबार कोभिड–१९ रोक्ने विषयमा विभिन्न मन्त्रालयका प्रतिनिधिबीच गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकले खोप अभियानका लागि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्