तीन दिनभित्र तेक्वान्दो खेलको प्रशिक्षक नियुक्त हुन्छ : सदस्य सचिव वाग्ले

 न्यूज विराट
तीन दिनभित्र तेक्वान्दो खेलको प्रशिक्षक नियुक्त हुन्छ : सदस्य सचिव वाग्ले

विराटनगर । खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव हंशराज वाग्लेले आइटिएफ तेक्वान्दो खेलको प्रशिक्षक तीन दिन भित्रमा नियुक्त गर्ने बताएका छन् ।

विराटनगरमा शनिबार सम्पन्न भएको छैटौं कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता बोल्दै सदस्य सचिव वाग्लेले ढिलोमा १६ चैतसम्ममा तेक्वान्दो खेलको प्रशिक्षक सरकारले राख्ने बताएका हुन् ।

कोशी प्रदेशमा अन्य विभिन्न खेलका प्रशिक्षक नियुक्ति भएर खेलाडीहरुले अभ्यास गर्दै आएका थिए । तर, प्रदेशबाट राष्ट्रिय प्रतियोगिताहरुमा सबैभन्दा बढी मेडल जितेर ल्याउने तेक्वान्दो खेलको प्रशिक्षक सरकारले राखेको थिएन । तेही भएर आइटिएफ तेक्वान्दो खेलको विकासको लागि प्रदेश सरकारले प्रशिक्षक नियुक्त गरेर अगाडी बढने जानकारी गराए । ‘अहिले नियुक्ति हुने प्रशिक्षक तीन महिनाको करार अवधि हुनेछ । यस अवधिमा प्रशिक्षकको काम हेर्नेछौं । प्रतियोगितमा रिजल्ट दिनु परो । दिन नसक्ने सादा लगाएर बिदाइ गरिदिन्छ ,’ सदस्य सचिव वाग्लेले भने ।
कार्यक्रममा बोल्दै नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्कीले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आइटिएफ तेक्वान्दो खेलबाट खेलाडीहरुले थुपै्र मेडल जितेकोले यस खेलको विकासमा राज्यले ध्यान दिनुपर्ने बताए । ‘राष्ट्रिय र प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो निजी क्षेत्रबाट थुप्रै गरियो । सरकारले पनि आइटिएफलाइ सहयोग गर्दै आएको छ । आगमी दिनमा पनि निरन्तराता दिनुपर्यो,’ अध्यक्ष कार्कीले भने ।

सम्बन्धित समाचार

अनुसन्धानमा अब्बल प्रहरी सहयाक निरीक्षक विष्ट प्रहरी दिवसमा पुरस्कृत

विराटनगर । अपराध अनुसन्धानमा अब्बल ठहरिएका जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक भक्त बहादुर विष्ट पुरस्कृत भएका छन् । ६७ औँ प्रहरी दिवसको अवसरमा विराटनगरमा सोमबार एक भव्य समारोहमा विष्टलाई ५० हजार रुपैयाँ...

माधव नेपाल समीकरण भन्दा बाहिर नजाने प्रचण्डको दावी

विराटनगर । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल वर्तमान समीकरण भन्दा बाहिर नजाने स्पष्ट पारेका छन् । बिहीबार बिहान आफूसँग कुराकानी हुँदा नेपालले समीकरण भन्दा बाहिर नजाने भनेर...

विराटनगरमा बल्ल सुरु भयो मतगणना

प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरको मतगणना सुरु भएको छ । विहान ८ बजेबाट सुरु गर्ने भनिएपनि केहीबेर अघिदेखि सुरु भएको हो । उम्मेदवारहरुले मतगणना प्रतिनिधि पठाउन ढिलाई गर्दा मतगणना पनि ढिलो सुरु भएको...

‘कोही अलपत्र हुनुहुन्छ भने सम्पर्क गर्नुहोला, हामी भोकै मर्न दिने छैनौँ’

भक्तपुर, ६ वैशाख-सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले कोरोना भाइरसका कारण कोही अलपत्र परेमा तत्काल आफूलाई सम्पर्क गर्न आह्वान गरेका छन् ।अलपत्रलाई भोकै हुन नदिने बताउँदै उनले सरकारले कोरोनाको सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनका...

रविदानन्द चौधरी स्मृति कप , रंगशाला भेट्रान्स सेमिफाइनलमा

विराटनगर । प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगितामा विराटनगरको रंगशाला भेट्रान्स फुटबल क्लब सेमिफाइनलमा पुगेको छ । ग्रामथान गाउँपालिका ७ गणेश माविको खेल मैदानमा बुधबार भएको खेलमा जनता भेट्रान्स क्बललाई ४–२ गोलले टाइब्रेकरमा...

अमेरिकी निर्वाचनः मतदान सम्पन्न, प्रारम्भिक नतिजा आउन सुरु

एजेन्सी, १९ कात्तिक-अमेरिकी राष्ट्रपति पदका लागि मतदान सम्पन्न भएको छ । मानिसहरूलाई केही दशकयताकै सबैभन्दा धेरै विभाजित बनाएको राष्ट्रपतीय चुनावमा अब मतपरिणामको पर्खाई सुरु भएको छ । मतदान सम्पन्न भएलगत्तै मतगणना समेत सुरु भएको छ...

कोरोना संक्रमणको डर हराउँदै गएकोमा स्वास्थ्य मन्त्रालयको चिन्ता

काठमाडौं, १५ असार-नेपालमा सबैले लकडाउन खुलेको महसुस गरेर भीडभाड गराएको प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमित लगातार बढिरहेको समय सांस्कृतिक क्रियाकलापहरू विवाह, भोज, भतेर गरेर भीडभाड बढाएको...

उदयपुरकी थप एक महिलामा काेराेना पाेजेटिभ, देशभर संक्रमितकाे संख्या ११० पुग्याे

काठमाडाैं, २७ वैशाख-उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । विराटनगरस्थित काेसी अस्पतालकाे प्रयोगशालामा गरिएको परीक्षणमा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको हो। यसअघि शनिबार बिहान भुल्केकै तीन महिलामा संक्रमण पुष्टि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्