न्यूरो हस्पिटलले ‘वर्ल्ड पर्पल डे’ मनाउने, सचेतनासँगै स्वास्थ्य उपचारमा सौलियत दिने
शनिबार, १० चैत, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले ‘वर्ल्ड पर्पल डे’ मनाउने भएको छ । चैत १३ गते पर्ने ‘वर्ल्ड पर्पल डे’ विभिन्न कार्यक्रम आयोजना गरी मनाउने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
‘वर्ल्ड पर्पल डे’ मा सचेतना मुलक सँगै हस्पिटलले प्रदान गर्ने उपचारमा पनि छुटसहितको सौलियत दिने भएको छ । ‘वल्र्ड पर्पल डे’ को अवसरमा पारेर शुक्रबार छारेरोग सम्बन्धी निवन्ध प्रतियोगिता आयोजना गरेको छ । यसैगरी चैत १३ गते सचेतना मुलक प्रभातफेरी आयोजना गरिने भएको हस्पिटलको आउटटिच विभागका भारत श्रेष्ठले जानकारी दिए । चैत १३ गते विहान साढे ७ बजे न्यूरो हस्पिटलबाट सुरू हुने प्रभातफेरी नगरको विभिन्न भाग परिक्रमा गरी लर्डबुद्ध कलेजमा आएर सम्पन्न हुने छ ।
यसैगरी चैत ११ गतेदेखि १६ गतेसम्म ओपीडि सेवा पनि निःशुल्क न्यूरो हस्पिटलले राखेको छ । ओपीडिमा चिकित्सकले जाँच गरेपछि ल्याब परीक्षणमा पनि छुट दिएको हस्पिटलले जनाएको छ । ‘वल्र्ड पर्पल डे’ मनाउनको लागि न्यूरोले एनसेलसँग सहकार्य गरेको छ । प्रत्येक एक सय जनामा एक जनामा छारे रोग लाग्ने गरेको विभिन्न तथ्याकहरुले देखाएको छ । हस्पिटल स्थापना भएपछि न्यूरोमा हालसम्म २५ हजार भन्दा बढी छारेरोगका विरामीको सफल उपचार गरेको छ जनाएको छ । अहिले पनि करिब ३ हजार विरामी नियमित उपचारको क्रममा रहेका छन् । न्यूरोमा छारे रोगको उपचारको लागि भरपर्दो रहेको हस्पिटलका वरिष्ठ न्यूरोलोजिष्ट डा विरेन्द्र कुमार विष्टले बताए । अस्पतालमा छारे रोगको उपचार प्रक्रियाको लागि चाहिने सम्पूर्ण उपकरण तथा दक्ष टिम रहेको उनले बताए । नियमित उपचार र औषधी सेवनले छारे रोग निको हुने पनि उनले बताए ।
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेका छन् । आइतबार बिहान प्रचण्ड र नेपालले सभामुख सापकोटासँग भेट गरेका हुन् । सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले अध्यक्षद्वयले...
विराटगगर । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको विराटनगर–१९ स्थित बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर (प्रसूति सेवा) सुचारु भएको छ । मंगलबार एक समारोहका बीच बर्थिङ सेन्टरको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे । अब बैजनाथपुर अस्पतालबाटै प्रसूति...
एजेन्सी, जेठ २७-भारतले नेपालको भूमि अतिक्रमण गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने क्रममा गैरआवासीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्रले संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत केली क्राफ्टलाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रसङ्घ सुरक्षा परिषद्को महत्वपूर्ण देश अमेरिकाको तर्फबाट राष्ट्रसङ्घका...
काठमाडौं, १३ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभाको यो कार्यकालभरि केपी शर्मा ओली नै प्रधानमन्त्री रहने र एकता महाधिवेशन नहुञ्जेल अध्यक्षमा पनि उनी कायम रहने गरी सहमतिको प्रस्ताव पेस गरेका छन् ।...
एजेन्सी, १६ पुस-चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई 'सःशर्त' अनुमति दिएको छ । चिनियाँ कम्पनी सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत छ । सिनोफार्मको खोपलाई अनुमति दिएसँगै एसियामा फैलिएको कोरोना भाइरसको...
विराटनगर, ३१ भदौ । कार दुर्घटनामा परेर मोरङको बेलबारी घर भएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका–१ घर भएकी ३० वर्षीय चन्द्रकला राई रहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता...
काठमाडौं, १९ वैशाख-बन्दाबन्दीको १ महिना बिते पनि काठमाडौंवासीको आशाको केन्द्र राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा काम जारी छ । आयोजनामा सुरुङभित्र र सुरुङबाट पानी निस्कने स्थानमा ढोका राख्ने व्यवस्था भइरहेको सुन्दरीजल...
काठमाडौं, ९ फागुन । बैंकिङ कसुरको आरोपमा ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् । काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री गर्ने रिटेल शप ग्रीनलाइनका सञ्चालन अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो । चेक बाउन्स भएपछि...