पत्रकार पाठक झिलकुमारी लुईटेल स्मृती पत्रकारिता पुरस्कारबाट सम्मानित

 न्यूज विराट
पत्रकार पाठक झिलकुमारी लुईटेल स्मृती पत्रकारिता पुरस्कारबाट सम्मानित

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजलाई सही बाटो देखाउन बाललिकालाई गुणस्तर शिक्षा दिनु आवश्यक रहेको बताउनु भएकोछ।
नारदमुनि– पवित्रा लुईटेल स्मृति कोष मोरङ ग्रामथान गाउँपालिका–२ द्वारा शुक्रवार झोराहाटमा आयोजित झिलकुमारी लुईटेल स्मृती पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी सुशिला पाठकलाई नगद सहित सम्मान गर्दै उनले अभिभावकले आफ्नो बावालिकालाई शिक्षाप्रति अभिप्रेरित गरेमा समाज र राष्ट्रको उन्नतिमा सहयोग पुग्ने धारणा राख्नुभयो ।
मुख्यमन्त्री कार्कीले अङ्कको आधारमा विद्यार्थी उत्कृष्ट नहुने चर्चाै गर्दै कक्षा कोठा वाहिर चौर पनि रोजगार र शिक्षाको केन्द्र भएको उद्हारण खेलाडी कुसल भूर्तेल र दिपेन्द्र ऐरीले क्रिकेटको माध्यमबाट कायम गरेको विश्व किर्तिमानबाट देखिएको बताउनुभयो ।
उहाँले कपि र कलम भन्दा वाहिरको गला र मेहनतबाट नेपालको नाम विश्वमा राख्न सफल गायिका मेनुका पौडेल रहेको गर्दै शिक्षकले कक्षा कोठामा भएका सम्पूर्ण विद्यार्थीहरुको योग्यता , शिपको सम्मानवाट मुलुकमा परिवर्तन आउने धारणा राख्नुभयो ।
एक फरक प्रसङमा मुख्यमन्त्री कार्कीले भन्नु भयो–वर्तमान प्रदेश सरकार सविधान भन्दा वाहिर एक मिनेट पनि सञ्चालन नगर्ने दुढता व्यक्त गर्दै संघमा गठबन्धन फेरिदै यो सरकार नफेरिने दावी गर्नु भयो । उहाँले प्रदेश सभा सदस्यहरुले वर्तमान कोशी सरकार संविधानको कुन धाराको आधारमा वहुमत प्राप्त भएको त्यो हेर्न समेत आग्रह गर्नुभयो ।
कोषका अध्यक्ष शंकरप्रसाद लुइँटेल र सरस्वती माविका प्रधानअध्यापक अशोक लुइँटेलले सम्पूर्ण विद्यार्थीहरुलाई समान व्यवहार र सिकाईप्रति विशेष जोड दिने गरेको विचार राख्नुभयो । सोही अवसरमा मुख्यमन्त्री कार्कीले सरस्वती विद्यालयका जेहन्दार छात्रछात्रा र उत्कृष्ट र निवर्तमान शिक्षकहरुलाई नगद सहित सम्मान गर्नु भएको थियो ।

सम्बन्धित समाचार

२६ नेपाली बोकेर म्यानमारको एयरफोर्स नेपालमा

काठमाडौं, २३ जेठ-म्यानमार सरकारले आफ्नै खर्चमा त्यहाँ रहेका २६ नेपालीलाई नेपाल पठाएको छ । नेपाली सेनाले गरेको प्रस्तावलाई स्वीकार गर्दै म्यानमारको एयरफोर्सबाट २६ नेपाली ल्याइएको हो । नेपाली लिएर आएको जहाज केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय...

गल्स अन ह्विल’ प्रतियोगितामा हुने

विराटनगर । नारी दिवसको अवसर पारेर ‘ गल्स अन ह्विल’ प्रतियोगितामा विराटनगरमा हुने भएको छ । विराटनगर प्राइम राउन्ट टेबल–१० को आयोजनामा विराटनगरमा फागुन २४ गते गल्स अन ह्विल प्रतियोगिता गरिने भएको हो । आयोजकले...

कोरोना नियन्त्रणमा केन्द्रित हुन दिगो विकास समितिको सरकारलाई निर्देशन

काठमाडौं, १२ वैशाख-राष्ट्रियसभाको दिगो विकास समितिले कोरोना महामारी नियन्त्रणमा मात्रै ध्यान केन्द्रित गर्न सरकारलाई निर्देशन दिएको छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम रहेका बेला महामारी नियन्त्रणका लागि अन्यन्त्र ध्यान नदिन...

व्यवसायीको मागलाई सहजिकरण गरेर अगाडी बढछु : मोदी

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले उद्योगी व्यवसायीहरूको समस्या सावधान गरेर अगाडी बढने बताएका छन् । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आइतबार विराटनगरमा...

लकडाउनमा पत्रकारः अधिकांशले तलब पाएनन्, धेरैलाई जागिरबाट निकालियो

काठमाडौं, २७ जेठ-नेपाल पत्रकार महासंघले गरेको एक अध्ययनले लकडाउन अवधिमा अधिकांश सञ्चारगृहका पत्रकारले विनातलव काम गरिरहेको देखाएको छ । ‘प्रमुख रूपमा नियमित तलब नपाउने समस्या देखिएको छ । केही सञ्चारमाध्यमहरूले लकडाउनभन्दा अघिकै समयदेखिको नियमित तलब...

लिखित बयान दिएपछि रामकुमारी रिहा

काठमाडौं, माघ २९-दिनभरीको ‘हाइ ड्रामा’ पछाडी लिखित बयान दिएलगत्तै प्रचण्ड–नेपाल समुहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् । पाँच घण्टाभन्दा केही बढि महानगरीय प्रहरी अपराध महाशाखामा रहेकी झाँक्रीले लिखित बयान दिएपछि रिहा भएकी हुन् ।...

प्रभुराम शर्मा प्रधान सेनापति नियुक्त

काठमाडौं, ११ भदौ । बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गरिएको । २४ भदौदेखि लागू हुनेगरी राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सो पदमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २६७...

भारत : कांग्रेस नेता शशि थरुरविरुद्ध राजद्रोह मुद्दा

एजेन्सी, १६ माघ-भारतस्थित उत्तर प्रदेशको नोएडा प्रहरीले भारतीय कांग्रेसका नेता शशि थरुरसहित केही वरिष्ठ पत्रकारविरुद्ध राजद्रोहको मुद्दा लगाएको छ ।  गणतन्त्र दिवसको दिन भएको हिंसामा संलग्न भएको भन्दै कांग्रेस नेता थरुरसहित पत्रकारहरु राजदीप सरदेसाइ, मृणाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्