थारु कल्याणकारीणि सभा मोरङको अध्यक्षमा विश्वास, आधिकारीक नभएको भगत समूहको आरोप

 न्यूज विराट
थारु कल्याणकारीणि सभा मोरङको अध्यक्षमा विश्वास, आधिकारीक नभएको भगत समूहको आरोप

विराटनगर । थारु कल्याणकारीणि सभा मोरङको अध्यक्षमा प्रदिप कुमार विश्वास निर्वाचित भएका छन् । मोरङको बुढीगंगा गाउँपालिका २ मा रहेको भवनमा बुधबार भएको १० औं जिल्ला अधिवेशनबाट विश्वासले १५४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रदिप कुमार भगतले समूहले भने उक्त निर्वाचनमा भाग लिएन । आन्तरिक विवादको कारणले विगत ९ महिना थारु कल्याणकारणी सभाको निर्वाचन भएको थिएन् । थारु अगुवाहरुको पहलमा सवै कानुनी प्रक्रिया पुरा गरेर बिहीबार निर्वाचन गरेको उनीहरुको दाबी छ ।

थारुकल्याणकारीणि सभाको २७२ मतदाता मध्ये ५८ प्रतिशत अर्थात १५७ मत खसेको थियो । सो मतदानमा तीन मत वदर भएको थियो । अधिवेशनले ८ जना केन्द्रिय पार्सद समेत चयन भएका छन् ।
तीन जना उपाध्यक्ष मध्ये महिला उपाध्यक्षमा जयन्ती खाँ १३७ मत, जागेश्वर बिश्वासले १४१ मत र बाबुराम चौधरीले १२० मत सहित उपाध्यक्षमा विजय भएका छन् ।

यसैगरी सचिबमा प्रसान्त चौधरी १३९ मत, सह–सचिबमा मनोज कुमार विश्वास १३६ मत र कोषाध्यक्षमा ललित कुमार चौधरीले १३९ मत सहित विजय भए ।
त्यसैगरी सदस्यहरुमा आशावती थारु , अनिता देवि विश्वास , इन्दुदेवी चौधरी , ज्ञानचन्द्र गच्छदार , चुढामणी धामी थारु , बन्नालाल चौधरी , सुनिता चौधरी, रम्भा धामी थारु , महेश प्रसाद चौधरी , शिवराम थन्दार ,सुनिता कुमारी माझी , रखीलाल चौधरी रहेका छन् । केन्द्रिय प्रतिनिधिमा ८ जना निर्विरोध भएका छन् । कन्नुलाल चौधरी , भक्तीनाथ माझी , चुमनारायण तवदार , बालचन्द्र माझी , दुखाराम गच्छदार , भुखनी देवि चौधरी , गेना देवि चौधरी र सरस्वती चौधरी निर्विरोध भएको निर्वाचन अधिकृत जयराम पंजियारले जानकारी दिए ।
निर्वाचित सभापति प्रदिप कुमार विश्वासले आधिवेशनमा देखिएको विवाद समान्य भएको बताए । अधिवेशन सम्पन भएसंगै सवै संग सहकार्य गरेर संस्थाको हितका लागि प्रतिवद्ध भएर कामगर्ने बताए ।

थारु कल्याणकारीणि सभाको मोरङ अर्को सभापतिका उम्मेदवार प्रदिपकुमार भगत थारूले संस्थाको मर्म र भावना विपरित अधिवेशन भएको आरोप लगाए । पत्रकार सम्मेलनको आयोजना गरेर थारु कल्याणकारणी सभाको केन्द्रिय कमिटिले विघटन गरेको निर्वाचन मण्डलका निर्वाचन अधिकृत जयराम पंजियारले आफु खुशी सम्पन गराएको अधिवेशन आफुलाई मान्य नभएको बताए । आफु नै अधिकारी अध्यक्ष भएको दावी गर्दे उनले भने,‘ केन्द्रिय कमिटिको निर्देशन विपरित भएको अधिवेशले चयन गरेका पदाधिकारी गैरकानुनी हो । ’

सम्बन्धित समाचार

दार्चुलाको त्रिदेशीय सीमामा ७ महिनापछि अवरुद्ध फोन सेवा सुचारु

डडेल्धुरा, ८ असार-दार्चुलाको व्यास गाउँपालिका-१ छांगरुमा स्काई फोन सेवा सुरु भएको छ । ७ महिनादेखि अवरुद्ध रहेको व्यास गाउँपालिका-१ छाङ्गरुको स्काई फोन सेवा सोमबारदेखि सुचारु भएको हो । हिमपातका कारणअवरुद्ध बनेको फोन सेवा सुचारु भएको...

नारायणी एफएममा कार्यरत पत्रकार तिवारी पक्राउ

जनकपुर, २८ वैशाख-रेडियो नारायणी एफएममा कार्यरत पत्रकार तिवारी यादवलाई पर्सा प्रहरीले आज पक्राउ गरेको छ । वीरगञ्जको लिंकरोडस्थित एफएम स्टेसनकै प्रवेशद्वारबाट आज दिउँसो २ बजे पत्रकार यादवलाई प्रहरीले पक्राउ गरेको हो । एफएम स्टेसनको प्रवेशद्वार...

भीम रावलका सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण

काठमाडौं, ३१ वैशाख-नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पूर्व गृहमन्त्री समेत रहेका रावलको सुरक्षामा खटिएका ती जवान भक्तपुरको दुवाकोटमा बस्दै आएका थिए । उनी टेकु...

इलाममा सुख्खा पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध

सुख्खा पहिरो खसेपछि मेची राजमार्ग अन्तर्गत इलामको जिरो–धोबिधारा सडक खण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि गन्तव्यका लागि हिँडेका सर्वसाधारण बाटोमै अलपत्र परेका छन् । इलाम नगरपालिका–८ मा पर्ने यो सडकखण्डमा शनिबार बिहान सुख्खा...

काश्मीरमा १३१ वर्षपछि उर्दुको एकछत्र राज समाप्त, ५ भाषालाई मान्यता

एजेन्सी, १८ भदौ-श्रीनगर केन्द्र सरकारले जम्मू काश्मीरमा पाँच भाषालाई आधिकारिक भाषाको मान्यता दिने घोषणा गरेको छ । यसका साथै त्यहाँ १३१ वर्षपछि उर्दु भाषाको एकछत्र राज समाप्त भएको छ । भौगोलिक र सामाजिक रुपमा विविधता...

२४ घण्टामा थपिए १८६ कोरोना संक्रमित, १७३ जना डिस्चार्ज

काठमाडौं, ५ साउन-पछिल्लो २४ घण्टाको अवधिमा १८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि...

प्रदेश १ मा १६ जना कोरोना संक्रमित थपिए

विराटनगर १ माघ । प्रदेश १ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८, झापा र सुनसरीमा ३–३, धनकुटा र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।...

मान तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

विराटनगर । मानव तस्करीमा जोडिएका कोशी प्रदेश सांसद तथा पुर्व मन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।आइतबार अपराह्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले दुई दिन हिरासतमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्