नर्सिङ अध्ययरत छात्रामाथि अमानवीय व्यवहार गर्ने होस्टल संचालक मधु रेग्मी ४१ हजार धरौटी बुझाएर रिहा

 न्यूज विराट
नर्सिङ अध्ययरत छात्रामाथि अमानवीय व्यवहार गर्ने होस्टल संचालक मधु रेग्मी ४१ हजार धरौटी  बुझाएर रिहा

विराटनगर – नर्सिङमा अध्ययनरत छात्रालाई कुटपिट गर्दै दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेकी विराटनगर — ८ मधुमारास्थित मुनलाइट गर्ल्स होस्टलकी सन्चालक ५० वर्षीया मधु रेग्मी ४१ हजार रुपैयाँ धरौटी रकम बुझाएर रिहा भएकी छिन् ।

अभद्र व्यर्वहार मुद्दामा पक्राउ परेकी रेग्मीलाई जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको इजालशले ४१ हजार रुपैयाँ धरौटी तोकेको थियो । प्रशासनले तोकेको धरौटी रकम बुझाएर मंगलबार रिहा भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले जानकारी दिए ।

विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत तीन जना छात्रामाथि हातपात गर्दै दुव्र्यवहार गरेको आरोपमा रेग्मी गत बुधबार पक्राउ परेकी थिइन् । मोरङ प्रहरीले पक्राउ परेपछि उनलाई अभद्र व्यवहारको मुद्दमा म्याद थप गरी अनुसन्धान सुरु गरेको थियो । उनी पक्राउ परेलगतै बिरामी भएको भन्दै अस्पताल भर्ना भएकी थिइन् । प्रहरीले अनुसन्धान पूरा गरेपछि मंगलबार मोरङ प्रशासनमा अभियोग बुझाएको थियो । रेग्मीले मंगलबार साँझमा तीन जना छात्रामाथि होस्टलको कोठाभित्र हातपात गर्दै रेग्मीले दुर्व्यवहार गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । त्यसपछि पीडित छात्राले उजुरी दिएपछि उनी पक्राउ परेकी थइन् ।

होस्टेलमा बसिरहेका विद्यार्थीहरुले अग्रिम रकम दिन नमानेपछि रेग्मीले विद्यार्थीहरुका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपातसमेत गरेकी थिइन् । दुर्व्यवहारमा परेका विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका जुम्ला, पाल्पा र कन्चनपुर घर भएका विद्यार्थी हुन् । उनीहरु उक्त होस्टेलमा ३ फागुनदेखि बसिरहेका थिए । उनीहरुले ३ चैतसम्मका लागि अग्रिम ८ हजार रुपैयाँ बुझाएका थिए । कलेजकै होस्टेलमा बस्नेहरुको सूचीमा भर्खरै उनीहरुको पनि नाम निस्किएको थियो । उनीहरू बुधबारदेखि कलेजको होस्टेलमा बस्ने तयारी गरेका थिए । त्यसैले उनीहरु मुनलाइट गर्ल्स होस्टल छाडेर कलेजकै होस्टेलमा सर्ने तयारीमा थिए ।

३ चैतसम्मको पैसा तिरिसकेको र त्यसअघि नै कलेजको होस्टलमा जाने बताउँदा बताउँदै पनि होस्टेल सञ्चालक मधुले ती विद्यार्थीसँग एडभान्स भन्दै थप तीन—तीन हजार रुपैयाँ मागेपछि उनीहरुले रकम नदिने बताएका थिए । त्यसपछि होस्टेल सञ्चालकले हातपात गरेकी थिइन् । मधुले हातपात गरेपछि आत्तिएका विद्यार्थीहरुले कलेजमा सम्पर्क गरेका थिए । त्यसपछि मंगलबार राति नै कलेज प्रशासनले ती विद्यार्थीहरुलाई आफ्नै होस्टलमा ल्याएर राखेको छ ।

सम्बन्धित समाचार

विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल र अर्जेन्टिना विजयी

एजेन्सी, ३ मंसिर-सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजील र अर्जेन्टिना विजयी भएका छन् । बुधबार बिहान भएको खेलमा ब्राजिलले उरुग्वेलाई २–० गोल अन्तरले पराजित गरेको हो। उरुग्वेको मैदानमा ब्राजिललाई जीत...

बालुवाटारमा नेकपाका ३ शीर्ष नेताबीच वार्ता

काठमाडौं, १ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवाद समाधानका लागि २ अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड) आज पनि वार्तामा जुटेका छन्  । बालुवाटार स्रोतका अनुसार आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल...

ग्रेडेड स्कुलमा निर्वाचनबाट नयाँ नेतृत्व चयन

विराटनगर । विराटनगर – ८ स्थि ग्रडेड स्कुलले निर्वाचन पद्धतीबाट नयाँ नेतृत्व चयन गरेको छ । स्कुल परिसरमा बिहीबार निर्वाचन गरेर स्कुल क्याप्टेन र भाइस क्याप्टेन चयन गरेको हो ।१४ जना विद्यार्थीहरु प्रजातान्त्रिक प्रकृयाबाट निर्वाचित...

निर्वाचन आयोगले एमाले र माओवादी केन्द्र दुवैलाई बोलाउने

निर्वाचन आयोगले नेकपा (एमाले) र माओवादी केन्द्रलाई पत्र पठाउने तयारी गरेको छ । सर्वाेच्च अदालतले नेकपा नामसम्बन्धी विवादको छिनोफानो गर्दै तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो । आयोगले दुई पार्टी एकीकृत भई बनेको नेपाल...

नवलपरासीमा गोली चल्यो, सशस्त्र प्रहरीका ६ जना घाइते

काठमाडौं, २५ जेठ-नवलपरासीमा गोली चलेको छ । भारत हुँदै अवैधरूपमा रासायनिक मल ल्याउन खोज्ने सवारी चेकजाँच गर्ने क्रममा चेक पोष्टमा रहेका सशस्त्र प्रहरीमाथि आक्रमण भएपछि सशस्त्र प्रहरी बलले गोली चलाएको हो । नवलपरासीको प्रतापपुर गाउँपालिका-५...

पाथिभरा गोल्डकपमा झापाको रेड स्टार क्लब सेमिफाइनलमा

ताप्लेजुङ –ताप्लेजुङमा जारी पाथिभरा गोल्डकपमा झापाको रेड स्टार क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । रेडस्टारले क्वाटरफाइनलमा गोर्खा स्पोर्टिङ क्लब दमकलाई १–० गोलअन्तरले हराएको हो। राष्ट्रिय टिमका खेलाडी भित्र्याएका झापाका यी दुई क्लबबीचको खेल निकै प्रतिस्पर्धा...

शशांक कोइरालाले जिते कोरोना

काठमाडौं,  ८ असोज-नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालामा कोरोना संक्रमणमुक्त भएका छन्। उनका स्वकीय सचिव भरत तिवारीले महामन्त्री कोइरालाको पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताएका छन् । कोरोना संक्रमण भएपछि घरमा नै होम आइसोलेशनमा...

आफूमाथिको आरोप प्रमाणित गर्न सांसदलाई मन्त्री सुनारको चुनौती

काठमाडौं, २६ जेठ-युवा तथा खेलकूदमन्त्री जगत बहादुर सुनारले एकजना सांसदले आफ्नो प्रतिष्ठामा आँच पुरयाउने अभिव्यक्ति दिएको भन्दै सो अभिव्यक्तिलाई प्रमाणित गर्न चुनौति दिएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदले राखेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्