विराटनग । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले चार जना पत्रकारलाई सम्मान गरेको छ ।
संघको २५ औं वार्षिक साधरणसभा तथा महिला उद्यम समितिकोे १२ जिल्ला अधिवेशनको अवसर पारेर शनिबार चार जना पत्रकारहरुलाई सम्मान गरेको हो ।
संघले पत्रकारहरू अनिल श्रेष्ठ, राकेश कर्ण, प्रेम देवान र पदम सरदारलाई सम्मान गरेको छ । सम्मानित भएका पत्रकारहरूलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री राम कुमार खत्रीले कदर पत्रले सम्मान गरे । घरेलु तथा साना उद्योगको विकास, विस्तार एवं प्रवद्र्धनमा संचारकर्मीहरूले उल्लेखिनय योगदान पुर्याएको भन्दै सम्मान गरिएको घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतनाथ निरौलाले बताए ।
सोही अवसरमा युवा समाजसेवी पेरिस सुवेदी, समाजसेवी लिला कुमार ढुंगेल, विकल्पएन अल्टरनेटिभका व्यवस्थापक बसन्त अधिकारी र सफल महिला उद्यमी मातृभूमि टि स्टेटका संचालक विनाकुमारी लिम्बुलाई पनि सम्मान गरेको थियो ।
बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनका डा. खिमलाल देवकोटा विजयी भएका छन् ।राष्ट्रियसभा सदस्यको लागि खिमलाललाई प्रदेशसभाका १०५ मध्ये ५८ र स्थानीय तहबाट १२८ मत प्राप्त गरे निकटतम प्रतिद्धन्द्धी रामबहादुर थापाले प्रदेशसभा तर्फ ...
अमेरिकी सभामुख न्यासी पेलोसी मंगलबार राति ताइवान पुगेपछि चीनले सैन्य कारबाहीको घोषणा गरेको छ । चिनियाँ रक्षा मन्त्रालयले सैन्य कारबाहीको एक शृंखला सुरु गर्ने घोषणा गरेको ग्लोबल टाइम्सले जनाएको छ । समाचारमा भनिएको छ, ‘पीएलएले...
मुग्लिन, ३०-चैत-पर्यटकीयस्थल चितवनकै सबैभन्दा अग्लो स्थान सिराइचुलीडाँडामा हरेक नयाँ वर्षमा लाग्ने मेला यस वर्षको नयाँ वर्ष २०७७ मा आयोजना नहुने भएको छ । विश्वव्यापी माहामारीका रूपमा फैलिरहेको कोरोना सङ्क्रमणको प्रभावका कारण यस वर्ष मेला आयोजना...
विराटनगर,६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी विराटनगर महानगरपालिका परिषदको आज यहाँ भएको भेलाले पूर्व प्रहरी नायव उपरीक्षक युवनारायण वैद्यको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरिएको छ। कमिटीका सदस्यहरुमा प्रह्लादप्रसाद शाह, शयेन्द्रा बान्तवा,केदार कोइराला,विश्वमोहन थापा,दिनेश शाह,नरेश...
विराटनगर । वर्षासँगै विराटनगर जलमग्न हुन थालेको छ । केही दिनयतादेखि बर्षा सुरु भएपछि विराटनगरको दक्षिण क्षेत्र अधिकांश भागहरु जलमग्न भएका छन् । विराटनगर १५ र १६ नम्बर वडाका सडक र घरहरु जलमग्न भएका छन्...
नेपाली कांग्रेसले निर्वाचन लक्षित अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउँदैछ । भदौ १० गतेदेखि सुरू हुने...
विराटनगर, ८ पुस-बलात्कारको घटनाका सम्वन्धमा प्रहरीले स्वविवेकले उजुरी दर्ता गर्नुपर्ने आज यहाँ आयोजित एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश नं १ द्वारा आज अपरान्ह विराटनगरमा आयोजित नेपाल मानव अधिकार वर्ष...
विराटनगर । विराटनगर – ३ कंञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा सात वर्षीय बालिकाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ । संखुवासभाको सावापोखरी गाउँपालिका १ लेबराङ घर भएकी सपना जोगीको ब्रेन ट्युमरको आर्या न्यूरो हस्पिटलमा सफल शल्यक्रिया...