नेवाः खलः कास्कीलाई २ लाख सहित सुर्दशन– कपिला सिरपा ११४४ सम्मान प्रदान
शुक्रबार, ०२ चैत, २०८०,
न्यूज विराट
विराटनगर । नेपाल भाषा तथा संस्कृति संघ (झी पुचः ) ले नेवाः खलः कास्कीलाई २ लाख रुपैयाँसहित सुर्दशन– कपिला सिरपा ११४४ सम्मान प्रदान गरेको छ ।
नेपाल भाषा संस्कृति संरक्षण र जगेर्नामा लामो समयदेखि विशेष योगदान पु¥याएको भन्दै नेवा : खल कास्कीलाई झी : पुचले विराटनगरमा शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी उक्त सम्मान प्रदान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि कांग्रेस नेता एव पूर्व गृहमन्त्री विजयकुमार गच्छदार, कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेतीले नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेलाई सुर्दशन– कपिला सिरपा ११४४ सम्मान हस्तान्तरण गरेका हुन् ।
नेपाल भाषा तथा संस्कृति संघ विराटनगरका अध्यक्ष भविष कुमार श्रेष्ठले नेपाल भाषा संस्कृति संरक्षण र जगेर्नामा लामो समयदेखि योगदान पु¥याएकाले नेवाः खलः कास्कीलाई नगद २ लाख सहितको सुर्दशन– कपिल सिरपा ११४४ बाट सम्मानित गरिएको बताए । सुर्दशन– कपिला ट्रष्टले स्थापना गरेको सम्मान नेपाल भाषा तथा संस्कृति संघ विराटनगर मार्फत नेवाः खलः कास्कीलाई हस्तान्तरण गरिएको जनाइएको छ ।
नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा दुई दशक भन्दा लामो समयदेखि अनवरत रुपमा क्रियाशील संस्था नेवा खलः कास्कीलाई उक्त सम्मानबाट सुशोभित गरिएको झी पुच : विराटनगरका अध्यक्ष श्रेष्ठले बताए । उक्त कार्यक्रममा सांस्कृतिक स्मारिका समेत विमोचन गरिएको छ । ४४ वर्ष अगाडी नेपाल सम्वत् ११०१ (वि.सं. २०३८) सालमा स्थापना भएको झी पुचःले नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा योगदान पुर्याउने व्यक्ति एवं संस्थालाई कदर स्वरुप प्रत्येक २–२ वर्षमा सुर्दशन–कपिला सिरपा (सम्मान) बाट सुशोभित गर्दै आएको छ । झी पुचःका संरक्षक एवं समाजसेवी सुर्दशन श्रेष्ठद्वारा स्थापित उक्त सिरपाबाट यसअघि २०७६ साल फाल्गुण २ गते संस्कृतिविद सत्यमोहन जोशी सम्मानित भईसकेका छन् । यसअघि २०७८ सालमा भारतको गान्तोकस्थित सिक्किम नेवा गुठीलाई पनि सम्मान गरिसकेको छ । पहिलो पटक काठमाडौँ नक्सालमा आयोजित एक भव्य समारोहका बीच नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संस्कृतिविद सत्यमोहन जोशीलाई सम्मान गरेपछि झी पुचः ले उक्त पुरस्कारलाई निरन्तरता दिँदै आएको झीः पुचका अध्यक्ष श्रेष्ठले बताए । ‘सुदर्शन–कपिला सिरपा’ विराटनगर–१० निवासी सुर्दशन श्रेष्ठ र उनको परिवारद्वारा स्थापित पुरस्कार हो । २०७६ सालको नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रमबीच श्रेष्ठ र उनको परिवारद्वारा नेपाली भाषा एवं संस्कृतिको जगेर्ना गर्ने व्यक्ति वा संस्थालाई झी पुचः मार्फत् प्रत्येक २–२ वर्षमा कदर स्वरुप ‘सुदर्शन–कपिला सिरपा’ द्वारा सुशोभित र नगद रु. २ लाखको सिरपा थैली प्रदान गर्ने घोषणा गरिएको थियो । त्यसका लागि २० लाखको अक्षय कोष खडा गरिएको छ । प्रत्येक १० वर्ष पछि सिरपा थैली रकममा ५० –५० हजारका दरले थप गरी एकमुष्ठ वृद्धी गर्ने योजना रहेको झी पुचः ले जनाएको छ ।
बैतडी दोगडाकेदार गाउँपालिका– ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या आरोपमा पक्राउ परेका किशोर नाबालक नै रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बैवडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नारायण अधिकारीले...
काठमाडौं, १ कात्तिक ।सरकारले कार्तिक २ गते मुस्लिम समुदायलाई बिदा दिने निर्णय गरेको छ । सरकारले १४९६ औं मोहम्मद जयन्तीको अवसरमा बिदा दिने निर्णय गरेको हो । सोमबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले...
विराटनगर, ८ जेठ । प्रदेश १ मा आज ८८८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २७४, मोरङमा २४३, सुनसरीमा १६१, संखुवासभामा ५६, खोटाङमा ४७, इलाममा ३०, धनकुटामा १८, सोलुखुम्वुमा १६, उदयपुरमा ६, ओखलढुङ्गा र...
विराटनगर । गरिबीरहित नेपालको परिकल्पनासहित ३१ जिल्लामा वित्तीय र सामाजिक सेवा प्रवाह गरिरहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले रमेश रायलाई ‘जीवन विकास गोल्डेन अवार्ड २०८१’ प्रदान गरेको छ । उनी लघुवित्तको सूचना प्रविधि विभागको प्रमुख...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषिलाई प्रथमिकता दिन प्रदेशवासीलाई आग्रह गरेका छन् । खाद्य सुरक्षाको लागि देशकै प्रमुख अन्नबालीका रुपमा रहेको धानको उत्पादन बृद्धि गर्नु पर्ने आवश्यक्ता रहेको भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले...
विराटनगर, १० चैत । झापा बुद्धशान्ति गाउँपालिका-४ बर्ने स्थित राजमार्गबाट अबैध रुपमा ल्याएको भारतिय मदिरा बरामद गरिएको छ । सोमबार राती ११ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले मे१ज ३३५१ नम्बरको भेन नियन्त्रणमा...
विराटनगर । विराटनगर – ५ स्थित किड्स भिलेज स्कुल र बुढीगंगा गाउँपालिका – १ पुष्पलाल चोकमा रहेको मारिया किड्स मन्टेश्वरी स्कुलबिच गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा सहकार्य भएको छ ।अब दुवै विद्यालयले विराटनगरको शिक्षालाई प्रि–प्राइमरी...
विराटनगर, ५ असोज । मोरङमा राष्ट्रिय जनगणना अन्र्तगत सुपरिवेक्षकले पहिलो चरण अन्तर्गत भदौ ३० देखि असोज १८ गतेसम्म २० दिन प्रत्येक घरपरिवार एक चुलो एक परिवारको सूचीकरण गर्ने कार्य सुरु गरेको छ। प्रदेश जनगणना कार्यालय...